२६ जेठ २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखेर सर्वोच्चमा रिट दर्ता

जेठ १४, २०८१
काठमाडौं
गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखेर सर्वोच्चमा रिट दर्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

अधिवक्ता अनुपम भट्टराई समेतले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उक्त रिटको पेशी यही जेठ १६ गते बुधबारलाई तोकिएको छ ।

रिटमा  रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग समेत गरिएको छ ।

शुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो ।

सोही आदेशबमोजिम सोमबार रिट दर्ता भएको हो । लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ ।

सुप्रिमसहित विभिन्न सहकारीका बचतकर्ताको रकम रविसमेतको संलग्नतामा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्