०८ साउन २०८३, शुक्रबार

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

साउन ६, २०८३
काठमाडौं
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । बाढीमा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्युज’ले बुधबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पु¥याएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

राष्ट्रसङ्घ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्याङ्कन गर्दै आपत्कालीन सहायता परिचालन गरिरहेका छन् । प्रभावित परिवारका लागि अस्थायी आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा, अत्यावश्यक घरायसी सामग्री तथा मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

मानवीय सहायता संस्थाहरूले राहत सामग्री पु¥याउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेका छन् । तर क्षतिग्रस्त सडक र कठिन भौगोलिक अवस्थाका कारण केही बढी प्रभावित समुदायसम्म सहायता पु¥याउन कठिनाइ भइरहेको राष्ट्रसङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्