२८ जेठ २०८३, बिहीबार

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना, न्यूनतम् र अधिकतम् तापक्रम पनि बढ्ने

जेठ १, २०८१
काठमाडौं
यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना, न्यूनतम् र अधिकतम् तापक्रम पनि बढ्ने

यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जनाएको हो ।

सुदुरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भू-भाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भू-भाग, मधेश प्रदेशको मध्य भू-भाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने विभागको आँकलन छ । 

यस्तै, अधिकतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ । देशका अधिकांश स्थानमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ । 

कर्णाली प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको मध्य भू-भाग तथा कोशी प्रदेशको उत्तर-पूर्वी भू-भागको तापक्रम सरदर रहने छ । 

त्यसैगरी न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । 

गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ) र अन्तर्राष्ट्रिय विज्ञहरूको समेतको सहभागितामा दक्षिण एसियाली देशहरुको मनसुन प्रक्षेपण गरिन्छ । त्यसकै आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको सम्भावित मनसुनी अवस्थाबारे जानकारी गराएको हो । विगत दुई दशकको अभिलेख हेर्दा नेपालमा मनसुन आगमन र बहिर्गमन ढिलो हुँदै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्