२९ जेठ २०८३, शुक्रबार

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

जेठ २८, २०८३
काठमाडौं
संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।

संविधान संशोधनका विषयमा सुझाव संकलन गर्ने क्रममा कार्यदलको टोली बिहीबार ललितपुरको मानभवनस्थित दाहाल निवास पुगेको थियो। 

संयोजक शाहसहितको टोलीले पूर्वप्रधानमन्त्री दाहाल, नेपाल र खनालसँग सामूहिक रूपमा भेटवार्ता गर्दै संविधान संशोधनका सम्भावित विषय, राजनीतिक सहमति र आगामी प्रक्रियाबारे सुझाव तथा धारणा लिएको जनाएको छ ।

कार्यदलले संविधान संशोधन बहस पत्र तयार गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक दलका नेता, पूर्वपदाधिकारी तथा सरोकारवालासँग परामर्श र सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्