२३ असार २०८३, मंगलबार
कांग्रेसको अडान

कांग्रेसको रणनीति: राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, त्यसपछि फेरि संसद् अवरुद्ध गर्ने

जेठ १, २०८१
काठमाडौं
कांग्रेसको रणनीति: राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, त्यसपछि फेरि संसद् अवरुद्ध गर्ने
फाइल तस्वीर

नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आए पनि कांग्रेसले नीति कार्यक्रमलाई नरोक्ने तयारी गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक कुराकानी गरेर आन्तरिक छलफलमा जुटेको कांग्रेसले नीति कार्यक्रम प्रस्तुत गर्न नरोके पनि संसद्मा अरु गतिविधि अगाडि बढ्न नदिने एक सांसदले जानकारी दिए । ‘औपचारिक निर्णय संसदीय दलको बैठकले गर्छ तर, आज दिउँसो संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति कार्यक्रमलाई नरोक्ने तर, त्यसपछिका सबै कार्यक्रममा अवरोध गर्ने तयारी कांग्रेसको छ,’ ती सांसदले भने । 

आज बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग भेट गर्दै नीति कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । सहकारीका समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगर्न आग्रह गरेका थिए । 

तर, सत्तारूढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी प्रकरणमा छानबिन समिति गठनको लागि इच्छुक छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्