×

NIC ASIA

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए ।

Muktinath Bank

लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको बागडोर ब्लेयरको हातमा आएपछि भएको त्यस निर्वाचनमा लेबर पार्टीले प्रचण्ड बहुमत ल्याएको थियो । त्यसको एउटै कारण थियो, लेबर पार्टीलाई समयको आवश्यकता अनुरूप न्यु लेबरमा परिणत गर्ने ब्लेयरको अठोट एवं ऐतिहासिक सफलता र नीति तथा कार्यक्रममा व्यापक परिमार्जन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबेला बेलायतको समग्र राजनीति र दलभित्रको प्रभुत्व सीमित व्यक्तिहरूको हातमा थियो । ब्लेयरले बेलायती राजनीति र लेबर पार्टीलाई सरोकारी बनाउने र पार्टीभित्र सबै सदस्यको स्वामित्व स्थापित गर्ने घोषणा गरेका थिए र त्यसका निम्ति प्रभावकारी कार्यक्रम समेत अघि सारेका थिए । जसको परिणाम स्वरूप पार्टीले उत्साहजनक जीत हासिल गरेको थियो । र, कन्जरभेटिभ पार्टीको वर्चस्व तोड्दै बेलायतको राजनीतिमा नयाँ युग प्रारम्भ भएको थियो । यसको कारण तथा केन्द्रबिन्दु स्वयं ब्लेयर र उनको बुद्धिमत्ता एवं दुरदर्शी नेतृत्व थियो ।


Advertisment
Nabil box
Kumari

उनले बेलायती राजनीतिको मूल समस्या पहिचान गरेका थिए र लेबर पार्टीलाई कसरी जनभावना अनुरूप पुनर्जीवन दिन सकिन्छ भनेर कस्सिएका थिए ।

Vianet communication

उनको आवाजलाई पार्टीका साथीहरूले सुने, साथ दिए र बेलायतका सचेत जनताले पत्याए । त्यसैको परिणामस्वरूप लेबर पार्टी सत्तारुढ भयो । झण्डै दुईदशक राजनीतिको किनारामा धकेलिएको पार्टीलाई टोनी ब्लेयरले केन्द्रमा पुनःस्थापित गरी छाडे र निरन्तर २००७ सम्म प्रधानमन्त्री बने । विश्व राजनीतिका निम्ति बेलायतको यो कालखण्ड निकै शिक्षाप्रद र अनुकरणीय रहेको छ ।

सामान्यतया कुनै पनि व्यक्तिको जीवनमा अनपेक्षित ठूलो घटना घट्न पुगेमा त्यसले स्वयं व्यक्तिलाई स्तब्ध र मर्माहत तुल्याउँछ । यसले उसको परिवारमा सन्नाटा छाउँछ । केही समयका लागि जीवनसँगै विरक्ति पैदा हुन्छ र मर्माहत व्यक्ति तिल्मिलाउँछ पनि । यही विषय संस्थाको हकमा के हुन्छ त ? संस्थाको हकमा पनि चोट त पुग्छ, तर संस्था तिल्मिलाउँदैन, न त त्यसभित्र सन्नाटा छाउँछ, बरु संस्था प्रभावकारी योजनाका साथ सम्हालिएर अघि बढ्छ ।

जसले पर्याप्त अवसर लिएका छन् र दलको मुख्य भूमिका निभाएका छन्, त्यहीँ समस्या छ । दलका सम्पूर्ण सदस्यले पहिचान गरेको प्रमुख समस्या यही हो । अस्वस्थ गुटबन्दी र मनोगत मूल्यांकन प्रणालीले दलको आन्तरिक जीवनलाई थिलथिलो बनाएको छ । न्याय र विवेक हराएको छ । कांग्रेस सीमित व्यक्तिको प्रभुत्वमा छ ।

भर्खरै सम्पन्न उपनिर्वाचनको नतिजापश्चात नेपाली कांग्रेसभित्र अनपेक्षित सन्नाटा छाएकोजस्तो देखिन्छ । इलाम र बझाङमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको उपनिर्वाचनमा कांग्रेस पराजित भयो । दुवै ठाउँमा चुनाव हार्नु दुःखद् राजनीतिक घटना हो, तर सम्पूर्ण हार भने होइन ।

तथापि परिणाम आएको यत्रो समयसम्म पनि पार्टीभित्र छाएको संस्थागत मौनता साँच्चै अस्वाभाविक देखिन्छ । हिजो तनहुँ र चितवनमा पराजित हुँदा तथा बारामा उम्मेदवारी नदिँदा पनि गम्भीरता देखिएको थिएन । यसको कारण के हुनसक्छ ? आजको बहस यसैमा केन्द्रित गर्नु उपयुक्त र सान्दर्भिक हुनेछ ।

बहुदलीय संसदीय व्यवस्थामा आवधिक निर्वाचन नियमित संवैधानिक प्रबन्ध र अभ्यास हो । यसबाट गठन हुने व्यवस्थापिका संसदले  नै राज्य सञ्चालनको मार्गदर्शक आधार तयार पार्छ । सरकार, न्यायालयलगायतका राज्यका महत्त्वपूर्ण अंगहरूको निर्माण, सञ्चालन र नियन्त्रणको व्यवस्थापन गर्छ । यसको अभावमा संसदीय प्रणालीको परिकल्पना गर्न सकिँदैन ।

यस संस्थाको निरन्तरताको क्रममा यदाकदा उपनिर्वाचनको प्रयोजन समेत रहन्छ । र, दलहरूले पुनः एकपटक आफूलाई प्रतिस्पर्धामा उतार्नुपर्छ । यसको विश्वव्यापीरूपमा अभ्यास हुँदै आएको छ र नेपालले पनि नियमितरूपमा अभ्यास गर्दै आएको छ । यस्ता उपनिर्वाचनमा कतिपय दलको पुरानो वर्चस्व कायम रहन्छ, कतिपयले कायम राख्न सक्तैनन् । वर्चस्व कायम नरहनुमा उम्मेदवार, व्यवस्थापन र परिचालन, समसामयिक मुद्दा तथा आमनिर्वाचनपछिको भूमिका कारक रहन्छन् ।

सशक्त चुनावी व्यवस्थापन, परिचालन र उपयुक्त मुद्दा उठाउन सक्दा जो कोही उम्मेदवार बनाउँदा पनि पार्टीले निर्वाचन जित्छ । यस्ता दृष्टान्तहरू धेरै नै पाइन्छन्, तर निर्वाचन हारेपछि दक्षिण एसियाको राजनीतिमा खासगरी नेपालजस्तो देशमा अनेकथरी लान्छना र आरोपप्रत्यारोप शुरू हुन्छ । चुनाव हारिसकेपछि यस्तो द्वन्द्वको कुनै उत्पादकत्व हुँदैन । यो सबै राजनीतिक व्यवस्थापनको कमजोरी हो । दलभित्र हावी भएको गुट विशेषले राख्ने पूर्वाग्रहका कारण योग्य र लोकप्रिय भएपनि प्रतिस्पर्धी सहकर्मीको भूमिकाको कसैले चिन्ता गर्दैन । यो ठूलो कमजोरी हो ।

कतिखेर कसले कसलाई सिध्याउने भन्ने होड चल्छ । नेतृत्वले यस्तो प्रवृत्ति विस्तारै हटाउँदै लगेर अन्ततः निर्मूल गर्नुपर्छ । राजनीतिक दल हरेक सदस्यको योग्यता, श्रम र निष्ठाको जगमा उभिएको हुन्छ । प्रजातन्त्रमा विश्वास गर्ने दलमा त झन् कोही मालिक र कोही सेवक हुँदैन, सबैले आ–आफ्नो क्षमता र लगानीअनुसारको भूमिका खोज्छन् ।

यसको विवेकसम्मत व्यवस्थापन गर्नु नेतृत्वको कर्तव्य र दायित्व दुवै हो । त्यसैले दलभित्रका व्यक्तिहरूको असन्तुष्टि संगठित भयो भने शक्तिको रूप लिन्छ र यसले प्रतिकूलता थप्छ । तसर्थ नेतृत्वले समय मै होश पुर्‍याएर व्यवस्थापकीय कुशलता प्रदर्शन गर्न सक्नु पर्दछ । दलको नेता सबै सदस्यको भरपर्दो अभिभावक हो भन्ने विश्वास स्थापित गर्न सक्नुपर्छ । तर, कांग्रेसभित्र यस्तो अवस्था हराउँदै गएको छ र जसको शक्ति उसको भक्ति स्थापित हुँदैछ । यस प्रवृत्तिले निःसन्देहरूपमा विनाश मात्र निम्त्याउने कुरामा दुई मत छैन ।

बेलायतको लेबर पार्टी र टोनी ब्लेयरको प्रसंग किन उद्धृत गरिएको हो भने लामोसमय निर्वाचन हारेर किनारामा धकेलिएको पार्टीलाई कसरी उनले शासनको केन्द्रमा पुनःस्थापित गरे, यो हाम्रा लागि शिक्षाप्रद छ कि छैन ? हाम्रा समस्या के हुन् ? यद्यपि हामी सधैं हारेका छैनौं, निरन्तर हारिरहेका पनि छैनौं, तर ०५६ सालयता अर्थात् २५ वर्षदेखि बहुमत आएको छैन । यसको अर्थ हारको पर्याप्त अनुभव छ । यसले प्रजातान्त्रिक शासन प्रणालीलाई सुदृढ हुन दिएको छैन र जनअपेक्षा अनुसार काम हुन सकेको छैन । राज्यको साधन स्रोतको अधिकतम सदुपयोग भएको छैन । भौतिक विकास अन्त्यन्त न्यून छ ।

सीमित पुँजीगत खर्च समेत खर्चिन सक्ने क्षमता हामीसँग छैन । दलहरूबीचको द्वन्द्वले समाजमा निराशा र तनाव बढाएको छ । देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढेको छैन । छिमेकीहरूसँग सुमधुर सम्बन्ध छैन । यसको मुख्य कारण राजनीतिक अस्थिरता, दलीय स्वार्थ र नेतृत्वको अदूरदर्शिता हो । अझ यसको गहिराइमा पुग्ने हो भने दलभित्रको निरन्तरको विग्रहका कारण जनमत भएर पनि बेलाबेला कांग्रेस राजनीतिको केन्द्रीय भूमिकाबाट किनारमा धकेलिने गरेको छ । यसको पनि कारण दलबाहिर छैन । समस्या आफैंभित्र छ । यो समस्या केन्द्रभन्दा तल पनि छैन । केन्द्रमा पनि उच्च तहमा मात्र छ । जसले पर्याप्त अवसर लिएका छन् र दलको मुख्य भूमिका निभाएका छन्, त्यहाँ मात्र समस्या छ । दलका सम्पूर्ण सदस्यले पहिचान गरेको प्रमुख समस्या यही हो । अस्वस्थ गुटबन्दी र मनोगत मूल्यांकन प्रणालीले दलको आन्तरिक जीवनलाई थिलथिलो बनाएको छ । न्याय र विवेक हराएको छ । कांग्रेस सीमित व्यक्तिको प्रभुत्वमा छ ।

यहाँ न दलका आमसदस्यलाई सांगठनिक साझा स्वामित्वको अनुभूति छ, न दल सरोकारी छ । मूलतः प्रजातान्त्रिक पार्टी सरोकारी हुनै पर्छ । हाम्रो पार्टी भन्ने मनोभावना पैदा नभएसम्म कुनै सदस्यले मन लगाएर काम गर्दैन । अरूले जुन बाटो हिँडेर पद प्रतिष्ठा प्राप्त गरेका छन्, उनीहरू पनि त्यही बाटो हिँड्न खोज्छ । यस कार्यशैलीका कारण पार्टीमा नयाँ सदस्य थपिँदैनन् । अनि परम्परागत मतदाताले मात्र चुनाव जितिन्छ र ! जबसम्म पार्टीले नयाँ मतदाता आकर्षित गर्ने सक्तैन, तबसम्म प्रतिकूल परिणाम आइरहन्छ । खासगरी नयाँ पुस्तालाई पार्टीमा नजोडेसम्म प्रतिद्वन्द्वीसँग सशक्त मुकाबिला गर्ने तागत पैदा हुँदैन र हरेक निर्वाचनको परिणाम अनुकूल हुन सक्तैन । यसका निम्ति पार्टीप्रति जनविश्वास कसरी बढाउने? मूल प्रश्न यही नै हो ।

मानिस आफ्ना कर्मका कारण सफल र लोकप्रिय हुन्छ । तर, कर्म कस्तो ? हाम्रा गौरवमय परम्परा र संस्कृतिको जगेर्ना गर्दै जनतालाई कुनै प्रकारको हानी नपुर्‍याउने, समाजको प्रचलित कानून व्यवस्थामा प्रतिकूल प्रभाव नपार्ने र सबैको उत्थानमा खासगरी राष्ट्र निर्माणमा सहायक बन्ने आदि । अहिलेको युगमा यसको सच्चा प्रतिनिधि राजनीतिक दलहरू हुन् । हाम्रो देशमा २००७ सालदेखि यसको अभ्यास हुँदै आएको छ । यसको प्रमुख नेता हो, कांग्रेस पार्टी । अघि नै चर्चा भइसकेको छ कि राजनीतिक दलको नेताले अघि सार्ने नीति र कार्यक्रमले नै देशलाई डोर्‍याउने हो र दलहरूलाई पनि सान्दर्भिक बनाइराख्ने हो ।

निर्वाचनको संघारमा पुगेर हडबडाउने सनातन रोग र बानीले गर्दा कांग्रेसले बारम्बार मार खाएको छ । के अब पनि कांग्रेस यही बाटोमा हो ? आजको ज्वलन्त प्रश्न यही हो ।

यसको दृष्टान्त प्रस्तुत गरिरहनुपर्दैन, तर आजसम्मका हाम्रा कतिपय कर्महरू जनभावना अनुकूल भए भएनन्, घामजत्तिकै छर्लङ्ग छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने यतिबेला नेपाली जनता हामीसँग सन्तुष्ट छैनन् । यसको कारण हामी र हाम्रो क्रियाकलाप हो । यसको ज्ञान हामीलाई हुनुपर्छ, अनि मात्र सुधारको गुञ्जायस रहन्छ ।

गत उपनिर्वाचनले कांग्रेसलाई गतिलो पाठ सिकाएको छ । र, ०८४ का लागि राम्रो तयारी गर भन्ने सन्देश पनि दिएको छ । यसलाई बुझ्नुपर्ने कसले हो ? आजको चिन्ता यही हो । अब के गर्ने त ? आफ्नो सम्पूर्ण प्रयास लगाएर गठबन्धन भत्काउने र सरकारमा जाने या आवश्यक पर्दा सरकारमा पनि जाने, तर ०८४ को आमचुनावको पूर्ण तयारी गर्ने ।

अब कांग्रेसले भावी चुनावको तयारीलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ, संसद्को समीकरण बन्ने/भत्किने खेल त चलिरहन्छ । सबैभन्दा ठूलो दल भएको नाताले सरकार बनाउने र नेतृत्व गर्ने पहिलो हक कांग्रेसकै हो । नेपाली जनमतको संकेत पनि यही हो । तर, यस कार्यमा मात्र ध्यान दिएर अहिल्यैबाट भोलिको तयारी नगर्ने, त्यसमा कम ध्यान दिने वा उदासीन रहने हो भने भावी निर्वाचन र त्यसका नतिजाका पूर्वसंकेतहरू देखिन थालेकै छन् ।

निर्वाचनको संघारमा पुगेर हडबडाउने सनातन रोग र बानीले गर्दा कांग्रेसले बारम्बार मार खाएको छ । के अब पनि कांग्रेस यही बाटोमा हो ? आजको ज्वलन्त प्रश्न यही हो । मुख्य कुरा त विश्वको प्रजातान्त्रिक जनमतको अपेक्षा कांग्रेस पार्टीबाट नै हो । तर यतिबेला यो पार्टी इतिहासका सम्पूर्ण जिम्मेवारीप्रति बेखबर देखिनु निकै उदेकलाग्दो छ ।

आफूसँग भएका सम्पूर्ण क्षमताको संगठित उपयोग किन गर्दैन कांग्रेसले ? ल ठीक छ, पुरानो पुस्ता त अलि थाकेको र अवकाशको मनोविज्ञानमा होला, नयाँ पुस्ताचाहिँ के गर्दैछ ? उसले आजसम्म गर्दै आएको कामको फेहरिस्त र आगामी कार्यसूची के हो ? यसमा सबैको चासो छ । तसर्थ इतिहासको नयाँ घुम्तीमा उभिएको कांग्रेसले भोलिका चुनौती र आजको जिम्मेवारीलाई राम्रोसँग मनन गर्ने बेला आएको छ । यसका निम्ति विगतका सम्पूर्ण कटुता भुलेर बलियो आन्तरिक एकतासहित अघि बढ्नुको विकल्प छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x