१७ असार २०८३, बुधबार

काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’

जेठ १५, २०८१
काठमाडौं
काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ ।

   टानले आफ्नो ४६औँ स्थापना दिवसका अवसरमा आज दक्षिणकाली नगरपालिका-१ बोसनदेखि चम्पादेवी डाँडासम्म हाईकिङ गरेको हो । उक्त हाइकिङको काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले शुभारम्भ गरे ।

कार्यक्रममा नेता केसीले नेपाल आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यसको विकासमा सरकार लाग्नुपर्ने बताए । 

उनले पर्यटन व्यवसायले राष्ट्रको आयआर्जनमा समेत ठूलो सहयोग पुगेको उल्लेख गरे । नेपाल हाईकिङका लागि सुरक्षित गन्तव्य भएको उनको भनाइ थियो । पूर्वमन्त्री केसीले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण काठमाडौँ वरपरको क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन व्यवसायीहरु लाग्नुपर्ने बताए ।

      टानका अध्यक्ष निलहरि बाँस्तोलाले प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको धनी काठमाडौँ वरपरको क्षेत्रलाई मण्डला सर्किटका रुपमा विकास गर्न सके राजधानी काठमाडौँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्