×

सन्दर्भ : जनप्रतिनिधिले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको घटना

२६ वर्षअघि कार्यकक्षबाट राजाको फोटो फ्याँक्ने तत्कालीन जिविस सभापतिको बकपत्र

काठमाडाैं | पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले ।

जिल्ला विकास समिति बागलुङको सभापति निर्वाचित भई शपथ लिएपछि उनले सभापतिको कार्यकक्षबाट तत्कालीन राजा वीरेन्द्र शाहको फोटो हटाए । फोटो हटाउनुपर्ने परिस्थितिमा उनी किन पुगे ? थापा मगर भन्छन्, ‘राजनीतिक दृष्टिकोणको बुझाइ र निरन्तर वर्ग संघर्षको एउटा परिघटना हो त्यो ।’


Advertisment

थापा त्यो बेला नेपाल कम्युनिस्ट पार्टी (मसाल)को वैधानिक मोर्चा अखिल नेपाल राष्ट्रिय जनमोर्चाबाट सभापति चुनिएका थिए । थापाको राजनीतिक गतिविधि, पृष्ठभूमि र राजाको फोटो फ्याँक्नेसम्मको कथा निकै लामो छ । 


Advertisment

भर्खर २९ वर्ष लाग्दै गर्दा २०५४ मा बाग्लुङको दक्षिणी भेगमा पर्ने हुग्दिसिर गाउँ विकास समिति वडा नम्बर ८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए, थापा मगर । राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तालमेलबाट उनी सभापति निर्वाचित भएका थिए ।

मुद्दै–मुद्दाबाट मुक्तिपछि सभापति 

लीला जिल्ला विकास समिति सभापति बन्नुसँग उनको लामो राजनीतिक यात्राको सम्बन्ध छ । उनी गाउँबाट २०४० सालमा मजदूरीका लागि भारत पुगे । चौकीदारीका लागि भनेर मद्रास पुगेका थिए ।

बागलुङ जिल्लामा नेकपा (मसाल)को बलियो पकड थियो । त्यसको प्रभाव उनीमा नहुने कुरै भएन । दिउँसो पार्टीको काम, साँझ चौकीदारी गर्थे । त्यससँगै सितिरियो कराँते खेल्न शुरू गरे । मसालको प्रवासी संगठन अखिल भारत नेपाली एकता समाजमा उनी आबद्ध थिए । त्यहीबेला उनी एकता समाजको भगिनी संगठन वामपन्थी युवक मोर्चाको सदस्य बने ।
 
२०४५ सालको अन्त्यतिर पूर्णकालीन कार्यकर्ता बनेर नेपाल पाठाइनेमध्ये थापा मगर पहिलो टोलीमा परे । गाउँमा आउँदा उनको परिचय लडाकूको रूपमा बनेको थियो । कारण हो, कराँते । उनी खाइलाग्दा, औसत युवाभन्दा हृष्ट–पुष्ट र अग्ला थिए । थापा बरेङ आइपुग्दा आफ्ना नेता तथा कार्यकर्तालाई बरेङ प्रहरी चौकीले ज्यादती गरिरहेको थाहा पाए । जनआन्दोलन नजिकिँदै जाँदा थापा मगरकै नेतृत्वमा २०४६ फागुन २२ गते बरेङ प्रहरी चौकीलाई घेराबन्दीमा पारियो ।

घेरामा परेका प्रहरीले आत्मसमर्पण त गरे, तर थापा मगरकै नेतृत्वमा उक्त घटना भएकाले उनलाई सर्वस्वहरणसहित राज्यद्रोहको मुद्दा लगाइयो । तर त्यसको एक महिनापछि प्रजातन्त्र आएकाले उक्त सजाय मिनाहा भयो । ‘सशस्त्र संघर्ष’ गर्ने पार्टीको नीतिमा मुख्य हतियार अखिल नेपाल युवक संघ थियो । 

‘अहिले जनताका छोरा–छोरी राष्ट्र प्रमुख बनेको अवस्था छ । कि यो व्यवस्थाको नयाँ विकल्प दिन सक्नुपर्‍यो, हैन भने स्वतन्त्रताका नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फ्याँक्नु अराजकता हो । यो कार्यले पश्चगामी शक्तिलाई मलजल पुगेको महसुस गरेको छु,’ उनले भने ।

२०४७ मा राज्य र जो कोहीको पहुँच नपुग्ने स्थानमा मसालले राजनीतिक, सांगठनिक र शारीरिक प्रशिक्षण शुरू गर्‍यो । बागलुङ र प्यूठान गरी झण्डै एक सय ठाउँमा प्रशिक्षण चलायो । बन्द शिविर र प्रशिक्षणबाट पूर्णकालीन जनमिलिसिया हुँदै पछि सशस्त्र संघर्षका लागि ‘सेना’ निर्माण गर्ने भनी शिविर सञ्चालन गरिएको थियो । २०४८ को आमचुनाव नेकपा (मसाल)ले बहिष्कार गर्‍यो, जसका कारण मसालले ‘सशस्त्र संघर्ष’ शुरू गर्छ भन्ने भाष्य निर्माण भयो । 

राजनीतिक सक्रियतासँगै थापा २०४८ मा धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा भर्ना भए । खुला राजनीतिमा भर्खर प्रवेश गर्दा २०४८ माघ १ गते ठूलो घट्ना भयो । त्यसपछि थापाको भूमिगत राजनीतिक यात्रा फेरि शुरू भयो । कालिगण्डकीको किनार स्थानीय भाषामा जिमिरीघाट (पछि जैमुनीघाट)मा माघे संक्रान्तिमा ठूलो मेला लाग्छ । त्यही मेलामा शारीरिक रूपमा प्रशिक्षित सयौं युवालाई ड्रेससहित मार्चपास गराइयो । मार्चपाससँगै आमसभा पनि गरियो ।

राजतन्त्र र त्यतिबेलाको कांग्रेस सरकारविरुद्ध थापाले चर्को भाषण गरे । प्रहरी निरीक्षक ज्ञानेश्वर वैद्यको नेतृत्वमा जिल्लाबाट ५० जना प्रहरी टोलीले सभास्थल घेरा हाल्यो । जिल्लाबाट आएको प्रहरी टोलीले बाटोमाथि रहेको ठाँटीमा अस्थायी शिविर खडा गरेको थियो । साँझ सभा समापनपछि त्यसको वरपर युवाको विभिन्न समूहबीच झडप भयो । त्यही झडप नियन्त्रण गर्न जाँदा प्रहरी टोलीको नेतृत्व गरेका निरीक्षक वैद्यको मृत्यु भयो ।

त्यतिखेर सूचना र सञ्चारका माध्यम अहिलेजस्तो थिएनन् । बिहान मिर्मिरे नहुँदै मेलास्थल र वरपरका बस्ती तथा जिल्लाबाट आएका प्रहरी र सेनाको झण्डै ५ सय जनाको टोलीले घेरा हाल्यो ।

सुरक्षा निकायको अपरेसनका क्रममा कुटपिट हुने र पक्राउ पर्नेमा प्रायः मसाल समर्थक र केही एमालेका कार्यकर्ता परे । दोस्रो दिन थापाको नाममा वारेन्ट जारी भयो । मार्चपासको नेतृत्व र भाषण गरेको भनी थापालाई मुख्य योजनाकारका रूपमा दोषी करार गरिएको थियो ।

‘सुरक्षा निकायले अपरेसन चलाउँदै गयो । मलाई जनताले बचाए र त्यहाँबाट बाहिर निस्कन सफल भएँ । अनाहकमा दलबहादुर विक, राम पौडेल, प्रेम राना, भीमबहादुर थापा, कोपिल मल्ल, राजु थापा, जीतबहादुर रानालगायत पक्राउ परे । उनीहरूलाई यति यातना दिइयो कि जिउँदै खुट्टा जलाइयो’, चर्चित जैमुनी घटना सम्झँदै थापा भन्छन् ।

२०४८ पछि फेरि मुद्दा लाग्दा उनी पार्टीको आन्तरिक काममा भूमिगत रूपमा सक्रिय भए । २०५१ मा बागलुङमा जनमोर्चाले एमालेसँग तालमेल गर्‍यो । तालमेलसँगै क्षेत्र नम्बर १ मा गोविन्द अधिकारी र ३ मा परि थापाले चुनाव जिते । चुनावपछि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो । 

निर्दोषलाई मुद्दा लगाइएको भनी धौलागिरीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले मन्त्रिपरिषद् समक्ष निवेदन दिए । सोही निवेदनका आधारमा मुद्दा खारेज भयो । थापा पनि खुला राजनीतिमा आए ।

मसाल पटक-पटक चिरा पर्‍यो । त्यसैको एउटा चिरा माओवादीले १० वर्ष ‘सशस्त्र संघर्ष’ चलायो । मसालबाट राजनीतिक यात्रा शुरू गरेका थापा यतिखेर गण्डकी प्रदेश सभाको सदस्य छन् । 

तात्कालीन नेकपा विभाजन हुँदा एमाले रोजेका थापा अहिले पार्टीको पोलिटब्यूरो सदस्य छन् । आफूसहितको मुद्दा फिर्ता गराउन २०५१ मा गृहमन्त्री रहेका केपी ओलीलाई भेट्दाको स्मरणमा थापा मगरले भने, ‘भूमिगत शैलीमा गाउँबाट आएर गृह मन्त्रालय गइयो । १५/२० मिनेट प्रतिक्षा गरेपछि उहाँ (ओली) आउनुभयो । शरीर चटक्क परेको थियो, अहिलेजस्तो थिएन । हात मिलाइयो । उहाँले हैन चिनेजस्तो लाग्यो नि ? भन्नुभयो । अनि मैले कमरेड व्यवस्था परिवर्तनका लागि लडेको योद्धा हुँ । संघर्षमा होमिएको छु भनें ।’ 

सभापति भएपछि जिल्लाका सबै प्रमुखलाई परिचालन गर्ने पदमा पुगे थापा मगर । ‘सभापतिको शपथ लिएँ । अहिलेजस्तो फ्लेक्स र फोटोको चलन थिएन । आर्टिसलाई माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको फोटो पेन्टिङ गर्न लगाएको थिएँ । वर्ग संघर्ष, विश्व दर्शन, क्रान्तिको हेतुले राजाको फोटो हटाएर माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको फोटो राख्न लगाएँ । सामान्तवादको नाइके राजसंस्था भएको मेरो चेतमा थियो । त्यसकारण राजाको फोटो हटाएको हुँ, त्यतिबेला’, थापा मगरले राजाको फोटो हटाउनुको कारण खुलाउँदै भने । 

पुरानो संरचनामा रहेका यन्त्रहरूलाई उनले गरेको यो कार्यप्रति चित्त बुझेन । त्यसबेला पार्टीको नीति ‘पुरानो व्यवस्थाविरुद्ध संघर्ष’का निम्ति जनप्रतिनिधि बन्ने भन्ने थियो ।

पुराना राजनीतिक गतिविधि, उनको पृष्ठभूमिसँगै ‘राजतन्त्र नमान्ने सभापति’ भनेर कर्मचारीहरूसँग ‘लडाइँ’ शुरू भयो । कतिपय समय थापा मगरले कार्यालयका अधिकारीहरूमाथि जाइ लागे । 

जिल्लाभरिको विकास निर्माण, खानेपानी, कृषि, विद्युतलगायत समस्या समाधानमा ३४/३५ वटा समितिको नेतृत्व जिविस सभापतिले गर्ने व्यवस्था थियो । त्यसकारण उनले कसैसँग सम्झौता नगरी राजाको फोटो फ्याँकेर आफ्नो कार्यकाल सके ।

‘सशस्त्र संघर्ष हुन्छ, राजसंस्था जान्छ, जनवादी क्रान्ति हुन्छ भन्ने विश्वासमा त्यो काम गरियो । त्यही कारण प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी लगायतलाई घेराबन्दीमा पारें’, उनले भने, ‘त्यो विद्रोह सामन्तवादको नाइके राजसंस्थाविरुद्ध थियो । जानीबुझी गरेको थिएँ ।’

अहिले हर्क साम्पाङसहित केही स्वतन्त्र जनप्रतिनिधि र राजावादीले फोटो फेरेको सन्दर्भ र त्यो बेलाको परिघटना बिल्कुल फरक भएको थापा मगर बताउँछन् ।

‘अहिले जनताका छोरा–छोरी राष्ट्र प्रमुख बनेको अवस्था छ । कि यो व्यवस्थाको नयाँ विकल्प दिन सक्नुपर्‍यो, हैन भने स्वतन्त्रताका नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फ्याँक्नु अराजकता हो । यो कार्यले पश्चगामी शक्तिलाई मलजल पुगेको महसुस गरेको छु,’ उनले भने ।

फेरि राजतन्त्र र सामान्तवादको कुरा गर्नु पश्चगामी हुने उनले बताए ।

‘अहिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद भएर जनताका समस्या ठीक–ठीक ढंगले समाधान गर्न नसकेको साँचो हो । वितृष्ण भएकै हो । तर, त्यसको विकल्प फेरि पनि राजतन्त्र, राणातन्त्र र सामान्तवाद हो भन्नु गलत हुन जान्छ । फोटो फेरेर मात्र छुट्टै चिनारी दिन खोज्नु पश्चगमनलाई टेवा दिनु हो ।’

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x