०५ साउन २०८३, मंगलबार

कार्य समितिपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

जेठ १, २०८१
काठमाडौं
कार्य समितिपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

संसदीय दल कार्यसमितिको बैठकपछि नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा शुरू भएको छ । संसद्‌को संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुनुअघि कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न कांग्रेसले दलको बैठक आह्वान गरेको हो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले बैठक अवरुद्ध नगर्न कांग्रेसलाई आग्रह गर्दै आएका छन् । तर, सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयलाई बटमलाइन बनाएको छ । सत्तारूढ दलले सहजै संसदीय समिति गठन गर्ने मानसिकता बनाएका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले केही लचतकता देखाउँदा नेता विशेषको नाम नलिई समिति गठन गर्न सकिने संकेत गर्दै आएका छन् । तर, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले समिति गठनमा इच्छा देखाएका छैनन् ।

प्रधानमन्त्रीले कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग मंगलबार बिहान पनि आज दिउँसो संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा अवरोध नगर्न कांग्रेसलाई आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोशिश गरिरहेको र म समस्या समाधानतर्फनै उन्मुख छु भन्नुभएको छ’, बैठकपछि रमेश लेखकले भने, राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिनुस् भनेर आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले गरेको यस्तो आग्रहबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्ने उनले बताएका थिए । प्रधानमन्त्रीले सहकारीमा देखिएका समस्या समाधान गर्न पहल गर्ने आश्वासन कांग्रेस नेताहरूलाई दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्