×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

मैले जितें भने पहिलो काम बनेपालाई डुब्नबाट बचाउँछु– शान्तिरत्न शाक्य [अन्तर्वार्ता]

बैशाख १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेको बनेपा नगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका शान्तिरत्न शाक्य मेयरको उम्मेदवार बनेका छन् ।

Muktinath Bank

अघिल्लोपटक एमालेले जितेको बनेपामा उसको विरासत पल्टाउने लक्ष्यमा कांग्रेसलाई गठबन्धन सहयात्री दलहरूको पनि साथ मिलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष भएका शाक्य व्यापारसँगै राजनीतिमा पनि सक्रिय छन् ।


Advertisment
Nabil box
Kumari

अहिले चुनावी अभियान र घरदैलोमा व्यस्त शाक्यसँग लोकान्तरकर्मी अजय अनुरागीविश्वास खनालले कुराकानी गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :​

घरदैलो अभियान शुरू गर्नुभएको छ । मत माग्न जाँदा मतदाताले के भनिरहेका छन् ?

घरदैलो अभियानमा जाँदा मतदाताहरूले खुशी व्यक्त गरिरहनुभएको छ ।

विगत ५ वर्षमा उहाँहरूले जे आशा गर्नुभएको थियो त्यो शायद पूरा नभएर पनि होला, उहाँहरूले परिवर्तन खोज्नुभएको जस्तो हामीलाई आभास भएको छ ।

उहाँहरूलाई चाहिने भनेको घरदैलोसम्म खानेपानीको व्यवस्था हुनुपर्‍यो, बाटोको सुविधा हुनुपर्‍यो, फोहोरमैलाको राम्रो व्यवस्था गर्न सकियोस् भन्ने चाहनुभएको छ ।

नगरको ग्रामीण भेगमा हामी पुग्दा अधिकांश बासिन्दा कृषिमा आश्रित हुनुहुन्छ । खेती गर्न सिञ्चाइको समस्या छ । अहिलेसम्म नगरभित्र त्यो विषय व्यवस्थित हुन सकेको छैन। मलखादको समस्या पनि उस्तै छ ।

तपाईं व्यापार व्यवसायमा पनि स्थापित भएको मानिस मेयर बन्न किन खोज्नुभएको हो ?  

जसरी म व्यापारमा लागेको छु, त्यसैगरी राजनीतिमा पनि सक्रिय भएको ३२ वर्ष  भइसकेको छ ।

२०५४ सालदेखि २०५९ सालसम्म यही पुरानो नगरमा नेपाली कांग्रेसबाट नै वडा नम्बर ९ को वडाध्यक्ष भएर पनि काम गर्ने मौका पाएँ । त्यो जिम्मेवारी सफलतापूर्वक पूरा गरें । त्यसपछि माओवादी द्वन्द्वकालमा चुनाव नै भएन ।

२०७४ सालमा भएको स्थानीय चुनावमा पनि म मेयरको आकांक्षी थिएँ।  टिकटका लागि प्रयास गरें, तर मभन्दा अर्को साथी (राम जोशी)लाई पार्टीले टिकट दियो । तर त्यो रेसमा म पनि थिएँ । हाम्रो पार्टीको तर्फबाट टिकट पाउनुभएको साथीलाई साथ दिएको थिएँ ।

नगरको अधिवेशनमा म आफैं पनि नगर सभापतिका लागि उम्मेदवार बनेको थिए । केही प्राविधिक कारणले गर्दा म पराजित भएको थिएँ । मेरा प्रत्यासी महेशजीको भन्दा १ मत मात्र कम भएको थियो । त्यसबेला मैले आफ्नो पराजय स्वीकार गर्दै महेशजीलाई समर्थन गरेको हो।

त्यसो भए राजनीति र व्यापार सँगसँगै लागिरहनुभएको छ ?

त्यो किन पनि आवश्यक छ भने विना पैसा यो समयमा राजनीति गर्न सजिलो छैन । खर्च त हुन्छ नै। जसले जेसुकै भने पनि, कुरा लुकाए पनि खर्च त हुन्छ नै । साथीभाई भेट्नुपर्छ, जम्मा गर्नुपर्छ, चिया खाइन्छ, हरेक कुरामा खर्च हुन्छ । राजनीति गर्दा जनतामा पनि के चाहना हुन्छ भने अलिअलि यसले गर्छ भन्ने सोच पनि छ। धेरै आदर्शको कुरा मात्र गरेर पनि हुँदैन ।

पैसा त चाहिन्छ नै त्यसलाई लुकाउनु भएन । त्यसैले राजनीति र व्यापार दुवै काम सँगैलाँदा सफल भइन्छ जस्तो मलाई लाग्छ ।

मेयरको टिकटका लागि तपाईंकै पार्टीभित्र धेरैजना आकांक्षी हुनहुन्थ्यो। एक जना उपसचिवले त टिकटका लागि जागिर नै छाडेका थिए। आफ्नै पार्टीभित्रका असन्तुष्ट आकांक्षीहरूका साथै गठबन्धनका साथीहरूलाई पनि सम्हालेर कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

चुनौती त सधैँ हुन्छ । चुनौती नभएको दिन त कुनै हुँदैन । हाम्रै पार्टीभित्र पनि धेरै संख्यामा साथीहरू आकांक्षी हुनुहुन्थ्यो । १६-१७ जना साथीमध्ये यो पटक शान्तिलाई दिँदा यो ठाउँमा पार्टीको मजबुती हुन्छ भन्ने ठानेर नै टिकट दिनुभयो ।

अर्को कुरा देश, काल परिस्थितिले गर्दा केन्द्रको निर्देशनअनुसार नगरमा गठबन्धन गर्ने भन्ने कुरा शुरुमै हाम्रो पार्टीको प्रदेश बैठकबाट नै नीति बनेको थियो।  नेपाली कांग्रेसको नेतृत्वमा मेयर र नेकपा एकीकृत समाजवादीको उपमेयर बनाउने सहमतिअनुसार कांग्रेसबाट म मेयर र नेकपा एसबाट रघुवर प्रधानजी उपमेयरका गठबन्धनको साझा उम्मेदवार भएका छौं। हामी सँगै घरदैलो अभियानमा लागेका छौं।​

वडा तहमा गठबन्धनबीच तालमेल हुन सकेन । सबैले आ-आफ्नै उम्मेदवारी दिनुभएको छ । त्यसले समस्या हुँदैन ?

धेरै वडामा त्यस्तो समस्या छैन । केही वडामा मात्र त्यस्तो समस्या भएको हो। ८ वटा वडामा तालमेल भए पनि बाँकी वडामा हुन सकेन । आपसी छलफल गर्दै अन्यमा मिलाउने प्रयास जारी राखेका छौं ।​

माथिबाट जबर्जस्ती तालमेल गराइएकाले गठबन्धनमा समस्या छ भन्ने पनि सुनिन्छ नि !  

नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार नै छैन। त्यस्तोमा हामीले आफ्नै प्रतिद्वन्द्वी एमालेको उम्मेदवारलाई त पक्कै पनि भोट हाल्दैनौं।  गठबन्धनको दलका भोटरले अर्को पक्षलाई भोट त पक्कै हाल्दैनन् । त्यसमा अविश्वास गर्ने ठाउँ छ, अन्यथा आशंका गर्ने ठाउँ नै छैन ।

एमालेले यसपटक पनि हामी जित्छौं भनिरहेको छ, के भन्नुहुन्छ ?

त्यो त सबैले जित्छु भनिहाल्छन् नि ! पहिलेदेखि नै यो ठाउँ नेपाली कांग्रेसको गढ हो । अस्ति २०७४ को स्थानीय निर्वाचनमा हामी पछाडी पर्‍यौं । तर जनताले त्यो कुरा देखेका छन् कि ५ वर्षमा कस्तो काम भयो वा भएन । संसद्, प्रदेश, नगर सबैमा एमालेले नै जितेको थियो । जनतालाई चित्त बुझाएर काम गरेको भए हामी अगाडि बढ्ने नै थिएनौं । जनताको काम गर्नुपर्नेमा गरेनन् ।

एकदुई मात्र होइन, उनीहरूले धेरै वाचा पूरा गरेनन् । एमालेबाट जित्नुभएका मेयरसा'बले हिजो भर्खर मात्र मेयर सा'बले पार्टी परित्याग गर्नुभयो । आन्तरिक कुरा केही थियो होला । नगर सञ्चालन गर्नमा पनि पार्टी र उहाँबीच केही असमझदारी थिए कि, मानसिक दबाब परेको थियो कि, किनभने १०-१५ दिन मात्र कार्यकाल बाँकी रहेको अवस्थामा किन राजीनामा गर्नुपर्थ्यो?

स्रोतको कुरा पनि होला । नगरपालिका ठूलो भएको छ, तर त्यसअनुसार बजेट छैन । एउटा वडालाई जम्मा ३५-४० लाख वर्षमा बजेट दिएर के विकास हुन्छ ?​

तपाईं जित्नुभयो भने ५ वर्षमा बनेपा नगरपालिकामा के गर्छुहुन्छ ? एक,दुई, तीन गरेर भनिदिनुस् न ।

नगरमा काम गर्ने मौका पायौं भने बनेपालाई डुबानबाट बचाउछौं। हिजो अस्ति विनामौसममा पनि पानी पर्दा बनेपा शहर डुबानमा पर्‍यो ।

बाहिरको मानिसको नजरमा बनेपा डुबान क्षेत्र नै हो कि भन्ने इमेज बनिसक्यो । तर वास्तवमा बनेपा डुबान क्षेत्र त होइन नि ! सानो खोल्साजस्तो खोला छ, सानो पानी पर्दा पनि डुबान जस्तो हुन्छ । त्यो खोलालाई लेभलिङ गरेर सफा गरेको भए जाम खुलाउने प्रयत्न गरिएको भए त्यस्तो हुँदैनथ्यो । मैले नगरको सेवा गर्ने मौका पाए बनेपामा डुबान हुने छैन ।

काभ्रे, पनौती र धुलिखेलको एकीकृत खानेपानी योजना छ। त्यो योजनामा ९९ प्रतिशत काम सकियो भन्ने सुनेको ५ वर्ष बित्यो । पाइपलाइन सबै बिछ्याइसकिएको अवस्था छ। एकपटक ट्रायल पनि गरिसकिएको अवस्था छ। तर पानी आएन।  हाम्रो प्रश्न त्यति मात्र हो कि सबै भएपनि पानी किन आएन? हामी जितेर आयौं भने त्यो खानेपानीको समस्या समाधान गर्छौं।

स्वास्थ्यको विषयमा पनि ठूलो काम गर्नुछ। कोभिड आएको बेला व्यवस्थापन गर्न चुनौती थियो तर सामन्य गर्न सकिने काम पनि गरिएन । हाम्रो अस्पतालमा अक्सिजन सिलिन्डर थिएन । भेन्टिलेटर पाइएन । बिरामी घरमा बस्दाबस्दै त्यतिकै मर्नुपर्ने अवस्था आयो। खोप आए पनि जनप्रतिनिधिले आफ्ना मान्छेलाई सजिलै लगाइदिने, अन्यलाई नदिने समस्या देखियो ।

ठाउँमा पुगेपछि प्राय:ले यसै गरिरहेका छन्, म फरक छु भनेर तपाईंले के आधारमा दाबी गर्नुहुन्छ?

म त्योभन्दा फरक छु, त्यसैले त फरक किसिमले प्रस्तुत पनि भइरहेको छु । तपाईंले भनेजस्तो कुनै पनि काम भोलि हुने छैन, किनकी म त्यस्तो काम गर्दिनँ। म आफूलाई चिन्छु । म त्यस्तो काम गर्दिनँ त्यसैले अरूलाई पनि सकेसम्म गर्न दिन्नँ ।

तपाईंले जितेर सुविधाबापत पाउने पारिश्रमिक  तलब/भत्ता लिनुहुन्छ कि लिनुहुन्न?

त्यो पदमा पुगेबापत राज्यले दिने सेवा सुविधा मैले लिदिनँ भन्दिनँ। तर त्यो पैसा लिई म अर्को ठाउँमा प्रयोग गर्छु । जस्तो कि अपांगता भएकादेखि अशक्तहरूको संरक्षण गरिरहेका संघ संस्थालाई सहयोग गर्छु । वृद्धाश्रम चलाइरहेका संघ-संस्थालाई दिन्छु । आर्थिक रूपले कमजोर, विपन्न व्यक्तिका लागि काम गर्ने संघ संस्थालाई मैले पाउने सानो रकम दिए पनि त्यहाँ उनीहरूको हितमा काम आउँछ । त्यस्तो ठाउँमा मैले पाउने पैसा प्रयोग गर्छु ।

चुनाव लड्दा करोडौं खर्च हुन्छ भन्ने गरिन्छ। तपाईंले कति खर्च गर्दै हुनुहुन्छ ?

यतिउति नै भन्ने हिसाब गरेका छैनौं। करोड नै हुन्छ भन्ने हामीलाई लागेको छैन किनकि मैले त्यसरी खर्च गरिरहेको छैन । साथीभाइहरू चुनावमा खट्नुभएको छ। चिया खानुपर्‍यो । खाजा खानुपर्‍यो । सामान्य खर्च त हुन्छ नै ।

निर्वाचन आयोगले के पनि व्यवस्था गरिदिएको छ कि प्रचारका सामग्री हामीले प्रयोग गर्न पाउदैनौं । त्यसकारण धेरै हदसम्म खर्च कटौती पनि भएको छ। कसैले आफू जित्छु भनेर यदि भनिरहेका छन् भने पैसा खर्च गरेर जित्छु भनेर आँट गरेको हुनसक्छ । तर मैले खर्च गरेको छैन।

तपाईं व्यापार पनि गर्नुहुन्छ। भोलि मेयर हुँदा काम गर्ने बेला कतिपय अवस्थामा स्वार्थ बाझिन सक्छ नि !

मेरो सबैभन्दा ठूलो स्वार्थ भनेकै बनेपा बनाउनु छ । त्यसमा मेरो व्यक्तिगत स्वार्थ जोडेर काम छैन । मेरो स्वार्थ जोड्ने हो भने त मेरो व्यापार व्यवसाय ठूलै छ । म आफैँ कमाउन सक्छु, कमाइरहेको छु ।

तर मलाई बनेपा बनाउनु छ । यो ठाउँमा सेवा गर्नु छ । बनेपा अहिलेको जस्तो लथालिंग हालतमा छोड्नु भएन नि ! दिनमा दशौंहजार गाडी बनेपाको हाइवेमा गुड्छन् । कस्तो अस्तव्यस्त छ यो ठाउँ, त्यसलाई व्यवस्थित गर्न हाम्रो टीमले काम गर्छ । बनेपाको मुहार फेर्नुपर्छ । राम्रो ठाउँमा बस्ने कि नराम्रो ठाउँमा, च्वाइस त हाम्रै हातमा छ ।

अहिले जताततै प्लटिङको काम भइरहेको छ। कृषियोग्य जग्गादेखि डाँडासम्ममा डोजर लगाएर घडेरी बनाइएको छ । यस विषयमा तपाईंको धारणा के हो ?

सरकारले स्वीकृति दिएर गरिने प्लटिङको काम रोक्ने कुरा हुँदैन । आफ्नो निजी जग्गालाई टुक्रा गरेर बेच्छु भने त्यो पाइन्छ । तर बेच्दा बस्ती नै बसाउने गरी भयो भने ल्यान्डपुलिङ गरेर गर्‍यो भने राम्रो हुन्छ । तर ६ फिट, ८ फिट, १० फिटको साँगुरो बाटो बनाएर प्लटिङ गरिरहेका छन्, त्यो ठीक होइन।

भोलि त्यो ठाउँमा फेरि नगरले सुविधा दिनुपर्ने हुन्छ । केही दुर्घटना भइहाल्यो भने एम्बुलेन्स, बारुण यन्त्र जाने बाटो त कम्तिमा हुनुपर्छ । कम्तिमा ६ मिटरको बाटो त हुनुपर्‍यो नि ! घरसँगै त्यहाँ फूटपाथ पनि चाहिएला ।

सडक बत्ती राख्न पोल कहाँ राख्ने ? त्यस कारण एक्सेस त हुनुपर्‍यो नि ! त्यो किसिमको व्यवस्था गरेर प्लटिङ गर्‍यो भने ठीक छ । जग्गा टुक्रा गरेर खण्डीकरण गरेर बेच्न नपाउने भन्ने मालपोतको व्यवस्था छ । तर मालपोतमा कसरी खण्डीकरण स्वीकृत हुन्छ, त्यो थाहा छैन । त्यसरी अनियमित तरिकाले हुने काम हामीले रोक्नुपर्छ । त्यसमा जनताले पनि साथ दिनुपर्छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x