×

NMB BANK
NIC ASIA

कारबाही गरेका बाबुरामलाई उपेन्द्रको सन्देशः गेट बन्द भए पनि ताल्चा भने लगाएका छैनौँ

असार ३१, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) लगभग विभाजित भइसकेको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले अलग–अलग केन्द्रीय समिति बैठक सम्पन्न गरिसकेका छन् । 

Muktinath Bank

डा. भट्टराई पक्षको बैठक असार २८ र २९ गते काठमाडौंमा र यादव पक्षको बैठक २९ र ३० गते वीरगन्जमा सम्पन्न भएको छ । यादव पक्षले संघीय परिषद् अध्यक्ष रहेका डा. बाबुराम भट्टराईसहितका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । यादव पक्षले डा. भट्टराईको ठाउँमा संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई मनोनयन गर्ने निर्णय गरिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीबाट निष्कासनको कारबाही गरिसकेका यादवले डा.भट्टराईलगायतका नेताहरूलाई पार्टीमा फर्किन आह्वान गरेका छन् । केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले डा. भट्टराईलगायतका नेताहरूका लागि गेटमा ताल्चा नै भने नलगाएको बताएका छन् । डा. भट्टराईसहितका नेताहरूले पुनर्विचार गरेमा पार्टी एक हुनसक्ने उनको भनाइ छ । ‘त्यो गलत बाटो, सोच, चिन्तनलाई त्याग्नुस्, मूलधारको राजनीतिमा आउन चाहनुभयो भने त्यसका लागि गेटमा ताला लगाएका छैनौँ,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले डा. भट्टराईसँग विचार र कार्यशैली नमिलेकाले सहमति मै अलग भएको पनि बताएका छन् । तर, जसपा फुटाउने उनीहरूको सपना पूरा हुन नदिइने यादवको भनाइ छ । उनले भने, ‘हाम्रो बैठकमा दुईतिहाइ सदस्य सहभागी भएपछि पार्टी विभाजन गर्ने उहाँको सपना चकनाचुर भएको छ ।’

Vianet communication

अध्यक्ष यादवले हालको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिइने बताएका छन् । आगामी संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन कायम राख्ने निर्णय भएको उनले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x