×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

संसदले बेवास्ता गर्‍यो राष्ट्रपतिको सुझाव, चुनावी एजेण्डा बन्ने भयो नागरिकता विधेयक

भदौ २, २०७९

NTC
फाइल फोटो
Premier Steels

राष्ट्रपतिले प्रतिनिधि सभामा फर्काइदिएको नागरिकता विधेयक फेरि हुबहु संसदबाट बहुमतले पारित भएको छ ।

Muktinath Bank

संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ध्वनि मत विभाजन नमान्ने भनेपछि मतदानबाट विधेयक पारित गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा पठाएको १५ बुँदे सुझावलाई संसदले बेवास्ता गरिदिएको छ । 


Advertisment
Nabil box
Kumari

बिहीवार बसेको प्रतिनिधिसभा बैठकबाट विधेयक जस्ताको तस्तै पारित गरिएको छ ।

Vianet communication

राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक गृहमन्त्री बालकृष्ण खाँणले हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले संसदमा विरोध गरेको थियो । एमालेले विधेयकलाई सर्वदलीय बैठक बोलाएर सहमति कायम गराउन माग गरेको थियो । यसअघि सत्तारुढ गठबन्धनको बैठकले विधेयक हुबहु पारित गर्ने सहमति गरेको थियो ।

मत विभाजन हुँदा विधेयक पारित गर्नुपर्छ भन्ने पक्षमा १३५ मत परेको थियो भने विपक्षमा ६० मत परेको थियो ।

नागरिकता विधेयकको पक्षमा सत्ता गठबन्धनका ४ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी उभिएका थिए ।

नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विधेयकको विपक्षमा मत हालेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी निर्वाचनमा एमालेलाई चुनावी एजेण्डा बनाइदिने गरी नागरिकता विधेयक संसदमा फिर्ता गरेको गठबन्धनमा रहेका दलहरूले आरोप लगाएका थिए । 

कतिपयले भने नागरिकता विधेयकमा उल्लेख भएका कतिपय प्रावधान दीर्घकालीन रूपमा राष्ट्रलाई अहित गर्ने खालका भएकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताउने गरेका छन् । 

तर संसदमा भने सत्तारूढ गठबन्धनले नागरिकता विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गराएर आगामी चुनावमा मत तान्ने प्रयास गरेको आरोप एमालेका नेताहरूले लगाउने गरेका छन् । 

प्रतिनिधि सभाबाट जस्ताको त्यस्तै पारित भएको नागरिकता विधेयक अब राष्ट्रिय सभामा पठाउने कि सिधै राष्ट्रपति कार्यालय पठाउने भन्नेबारे सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गर्नेछन् । 

संसदले दोस्रोपटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले रोक्न वा फिर्ता गर्न नमिल्ने संवैधानिक प्रावधान छ । दोस्रोपटक पनि संसदबाट जस्ताको त्यस्तै पारित भएर आएमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११२ मा उल्लेख छ । 

सभामुखले प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

के छ नागरिकता विधेयकमा ?

अहिले संसदबाट जारी पास भएको विधेयकमा त्यसबेला अध्यादेशमा भएका व्यवस्था हुबहुँ छन् । विधेयकमा व्यवस्था भएको विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेमा चाहेको बखत अंगीकृत नागरिकता लिनसक्ने व्यवस्थामा धेरैले प्रश्न उठाउने गरेका छन् ।

त्यसबाहेक जन्मका आधारमा नेपालको अंगीकृत नागरिकता लिएका बुवाआमाका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान विधेयकमा समेटिएको छ । विगतमा धेरैले झूटो प्रमाणको आधारमा अंगीकृत नागरिकता लिएको चर्चा हुने गरेको छ । त्यसरी नागरिकता लिएका व्यक्तिहरूमाथि छानबिन गरेर उनीहरूका सन्तानलाई वंशजको नागरिकता दिनु नहुने माग पनि स्वतस्फूर्तरूपमा उठिरहेको छ ।

अर्कोतर्फ बाबुको ठेगान नभएका महिलाले कुनै प्रमाण नदेखाई स्वघोषणा गरेको भरमा उनका सन्तानलाई वंशजको नागरिकता दिने खुकुलो प्रावधान पनि अहिलेको नागरिकता विधेयकमा उल्लेख गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x