×

NMB BANK
NIC ASIA

परराष्ट्रमन्त्रीको चीन भ्रमणको बेला जीएसआईको कुरा भएको भन्दै सुजाताले मागिन् संसदमा सरकारको जवाफ

भदौ २१, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बेला ग्लोबल सेक्युरिटी इनिसेटिभ (जीइसआई)बारे कुरा भएको भन्ने चिनियाँ पक्षको भनाइबारे कांग्रेसकै नेताबाट सरकारको जवाफ माग गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै कांग्रेस नेतृ सुजाता कोइरालाले सरकारको जवाफ माग गरेकी हुन् । 

Muktinath Bank

‘परराष्ट्रमन्त्री चीन भ्रमणमा जानु भएको थियो । चिनियाँ पक्षबाट जारी विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसेटिभबारे कुरा भएको उल्लेख छ । चिनियाँ राजदूतले लेखेको लेखमा त्यो आशयका कुरा छन्’, कोइरालाले भनिन्, ‘राष्ट्रिय सभाका अध्यक्षले चीन सरकारका उच्च राजनीतिक सल्लाहकार नेपालले ग्लोबल सेक्युरिटीमा प्रतिबद्धताको लागि धन्यवाद दिएको कुरा आएको छ, यसबारे सरकारको जवाफ माग गर्दछु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै पनि सैन्य एलायन्समा सहभागी नहुने नेपालको परराष्ट्र नीति रहेको भन्दै जनचासोको विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराउन खोजेको उनले बताइन । ‘नेपाल कुनै देशको सेक्युरिटी एलायन्समा सहभागी हुनुहुँदैन । कुनै सुरक्षा गठबन्धनमा नफस्ने नीति रहेकोमा आश्चर्य लागेर संसदमा बोलेकी हुँ’, पूर्व परराष्ट्रमन्त्री कोइरालाले भनिन् । 


Advertisment
Nabil box
Kumari

चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)लाई कतिपयले नयाँ सैन्य गठबन्धन भनेर आलोचना गरेका छन् । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x