बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
विगत लामै समयदेखि पश्चिमी सञ्चारमाध्यमहरूमा चीनको अर्थतन्त्र कमजोर बन्दै गएको विश्लेषणहरू आइरहेका छन् ।
विशेषगरी कोभिड महामारीपछि चीनको अर्थतन्त्र सुस्त बनेको र राष्ट्रपति सी चिनपिङका गलत नीतिका कारण अर्थतन्त्र सुधार हुने सम्भावना मरेको पश्चिमाहरू दाबी गरिरहेका छन् ।
सीले सन् २०२० को अन्त्यतिरबाट निजी क्षेत्रमाथि लगाम कस्ने कदमहरू चालेको अनि कोभिड शून्य नीतिलाई कठोरताका साथ लागू गरेकाले अर्थतन्त्र तथा रोजगारी क्षेत्रमा नकारात्मक असर परेको उनीहरू चित्रण गर्छन् ।
सीएनएनकी लाउरा हका अनुसार, विगत दुई वर्षमा अलीबाबा र टेन्सेन्ट जस्ता ठूला प्रविधि कम्पनीहरू चिनियाँ नियामकको वक्रदृष्टिमा परेपछि १० खर्ब डलर बराबरको उनीहरूको बजारमूल्य नष्ट भएको छ ।
प्रविधि क्षेत्रमा बिक्रीहरू घटेका छन् अनि दशौं हजार कर्मचारीहरूलाई जागिरबाट निकालिएको छ । यसले गर्दा अहिले चीनमा कीर्तिमान रूपमा युवा बेरोजगारीको स्थिति रहेको ह लेख्छिन् ।
अन्य विश्लेषकहरूले विगत एक दशकमा चीनले ऋणमा आधारित आर्थिक विस्तारलाई निकै जोड दिएकाले वित्तीय प्रणालीमा जोखिमहरू बढेको र अहिलेको आर्थिक प्रणालीमा सुधार ल्याउनैपर्ने बताएका छन् ।
त्यसमाथि हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनमा सीले पेश गरेको प्रतिवेदनमा आर्थिक भन्दा पनि सुरक्षा पाटोलाई बढी ध्यान दिइएकाले निजी क्षेत्रमाथिको दमन थप बढ्ने र चिनियाँ अर्थतन्त्रलाई अमेरिकी अर्थतन्त्रसँग सम्बन्ध विच्छेदको स्थितिमा लैजाने विश्लेषक क्वोग्वोङ वु लेख्छन् । त्यसले चिनियाँ अर्थतन्त्रलाई कमजोर बनाउन सक्ने वुको आशय देखिन्छ ।
तर एक साताअघि महाधिवेशन सकिएलगत्तै आएको खबरअनुसार, अघिल्लो वर्षको तुलनामा चीनको कुल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतले बढेको छ । यस खबरले पश्चिमी सञ्चारमाध्यमको एकपक्षीय भाष्यलाई चकनाचुर बनाएको छ ।
चीन सरकारले कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिको आँकडा सार्वजनिक गर्दा पश्चिमी आलोचकहरू त्यसलाई पत्याउन तयार छैनन् । चीनले कि त आँकडा बढाइचढाइ गरी पेश गरेको हो कि त यो पूर्ण रूपमा झूटो आँकडा हो, उनीहरू भनिरहेका छन् ।
तटस्थ भएर भन्नुपर्दा चीनको अर्थतन्त्रले विगत दुई वर्षमा चुनौती बेहोरेको सत्य हो । कोभिड महामारीको असरबाट तंग्रिन नपाउँदै रुस–युक्रेन द्वन्द्व शुरू भएपछि विश्वभरिका बजार अस्थिर भएका छन् ।
यस द्वन्द्वले इन्धन संकट जन्माउनुका साथै मूल्यवृद्धि आकासिएकाले विश्वभरिकै अर्थतन्त्र सुस्त बनेको छ । चीन पनि यसबाट अछुतो छैन किनकि ऊ त संसारका सबै देशसँग कारोबार गर्ने भएकाले विश्व अर्थतन्त्रसँग गहिरो गरी जोडिएको छ ।
त्यसमाथि कोभिड महामारी फैलिन नदिनका लागि चीनले अपनाएको शून्य कोभिड नीति अन्तर्गतको लामो अवधिको बन्दाबन्दीले वस्तु उपभोग, पर्यटन तथा अन्य आर्थिक गतिविधिमा नकारात्मक असर पारेकोलाई पनि नकार्न सकिन्न । विशेषगरी शांघाई शहर जस्तो आर्थिक केन्द्रमा बन्दाबन्दीका कारण उत्पादन र रोजगारी ठप्प जस्तै भएको छ । यस्तो अवस्थामा चीन सरकारले निर्धारण गरेको ५.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य कुनै हालतमा पनि हासिल हुने संकेत पाइँदैन ।
तर यसलाई पश्चिमी सञ्चारमाध्यमले दाबी गरेजस्तो संकटका रूपमा चित्रण गर्नु अतिशयोक्ति हुनेछ । पश्चिमी मुलुकहरूसँग तुलनै गरेर हेर्ने हो भने चिनियाँ अर्थतन्त्र प्रतिकूल वैश्विक स्थितिमा समेत बढिरहेकै छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको वेबसाइटमा उपलब्ध जानकारी हेर्दा पनि सन् २०२२ मा चीनको वार्षिक कुल गार्हस्थ्य उत्पादन ३.२ प्रतिशत वृद्धि भएको देखिन्छ भने अमेरिकाको जम्मा १.६ प्रतिशत वृद्धि भेटिन्छ । त्यस्तै जापानको १.७ र जर्मनीको १.५ प्रतिशत वृद्धि मात्र छ ।
तर पश्चिमी सञ्चारमाध्यम हेर्दा चीनको अर्थतन्त्र ओरालो लागिरहेकै छ भने पश्चिमी मुलुकहरूको अर्थतन्त्र वृद्धि भइरहेकै छन् । अमेरिकी अर्थतन्त्र मन्दी (रिसेसन) को स्थितिमा पुगिसकेको भनी निष्पक्ष अर्थशास्त्रीहरूले भनिरहँदा अमेरिकी सञ्चारमाध्यमहरू चाहिँ चिनियाँ अर्थतन्त्रको अधोगतिका गीत गाएर बसिरहेका भेटिन्छन् ।
राष्ट्रपति सीले ल्याएको दोहोरो परिचालनको नीतिले चिनियाँ अर्थतन्त्रलाई स्वतन्त्र र सबल बनाउने सम्भावना रहेको भनी चिनियाँ विश्लेषकहरूले बताइरहँदा पश्चिमाहरू राजनीतिक तथा विचारधारात्मक पक्षपात राख्दै चिनियाँ अर्थतन्त्रको भविष्य अन्धकारमय रहेको बताउँदैछन् । चीन धराशायी हुने पक्कापक्की हो भनी २१ वर्षअघि किताबै लेखेर गोर्डन चाङले गरेको कुख्यात भविष्यवाणी अहिलेसम्म पनि पश्चिमाहरू दोहोर्याइरहेका छन् ।
पश्चिमले यसरी चीनको अर्थतन्त्रप्रति निराशावादी दृष्टिकोण राखेर विश्लेषण गरिरहँदा चिनियाँहरूको उत्थानशीलतालाई विचार गर्न नसकेको विश्लेषक टम फाउडीको भनाइ छ । विश्वव्यापी अर्थतन्त्रमाथिको चुनौतीका बावजूद विदेशी निर्यातको सवालमा चीन बलियै रहेको उनी तर्क गर्छन् ।
त्यससँगै चीन सरकारले विभिन्न वित्तीय तथा मौद्रिक नीतिहरू अवलम्बन गरी अर्थतन्त्रलाई चलायमान गराइरहेको छ । हाइनान प्रान्तमा हालै खुलेको संसारको सबभन्दा ठूलो शपिङ कम्प्लेक्समार्फत राष्ट्रिय उपभोग बढाएर अर्थतन्त्रलाई लीगमा दौडाइरहने चीन सरकारको प्रयास सफल हुनेमा शंका गर्न सकिन्न ।
चीनले जुन गतिमा भौतिक संरचना निर्माण गर्छ, पश्चिमका अन्य कुनै पनि मुलुक त्यसको छेउछाउमा पनि पुग्न सक्दैनन् । त्यसैले चीनभित्रकै बजारमा पनि वृद्धिको राम्रो गुञ्जायस रहिरहेको छ भने निर्यात बजार पनि अहिलेसम्म मजबुत छ ।
त्यसमाथि चीनले सेमीकन्डक्टर चिप्स र क्लाउड कम्प्युटिङ जस्ता उच्च प्रविधिका क्षेत्रमा लगानी बढाएर आफूलाई विश्वव्यापी रूपमा अग्रणी मुलुक बनाउन खोज्दैछ । त्यसबाट आत्तिएको अमेरिकाले चीनको चिप्स क्षेत्रलाई धराशायी बनाउने उद्देश्यले नयाँ नयाँ प्रतिबन्धहरू लगाइरहेको छ ।
एकातिर चिनियाँ अर्थतन्त्र ओरालो लाग्दैछ भन्ने अनि अर्कातर्फ चीनलाई प्रतिस्पर्धामा हराउनका लागि नयाँ नयाँ नीति ल्याउने अमेरिकाको विरोधाभासी भाष्यको अध्ययन गर्दा समेत चिनियाँ अर्थतन्त्र जोखिममा नरहेको स्पष्ट हुन्छ ।
कोभिड महामारी छाएपछि पश्चिमका विभिन्न मुलुकले अर्थतन्त्र उकास्नका लागि भारी मात्रामा ‘स्टिमुलस प्याकेज’ ल्याउनुपरेको थियो । त्यसले गर्दा उनीहरूको अर्थतन्त्र थोरबहुत स्थिर त भयो तर वृद्धि हुन सकेन । चीनले पश्चिमी मुलुकहरूको जस्तो भारी मात्रामा स्टिमुलस प्याकेज दिनुनपरेकाले थोरै भए पनि आर्थिक वृद्धि सम्भव भयो । त्यसैले गर्दा चीनमा पश्चिमको जस्तो भयानक मूल्यवृद्धिको समस्या पनि देखिएन ।
हुन त चीनमा विरोधका स्वरहरू उठाउन दिइँदैन तर आर्थिक समस्याका कारण नागरिकहरूलाई असह्य भएर व्यापक मात्रामा विरोधको स्थिति चीनमा आएन ।
चीनमा घरजग्गा व्यवसायमा पैसा फसेकाले केही सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेको खबर आएको भए पनि चीन त्यसलाई व्यवस्थापन गर्ने दिशामा अघि बढिसकेको छ । उता पश्चिमी मुलुकहरूमा चाहिँ आर्थिक समस्याका कारण नागरिक असन्तुष्टि दिनदिनै चुलिँदैछ र कतिपय सरकार नै ढलिसकेका छन् ।
निष्कर्षमा भन्नुपर्दा विश्वव्यापी आर्थिक संकटको अवस्थामा सबै देशले नकारात्मक असर भोग्नुपरेकाले चीन पनि त्यसबाट प्रभावित त छ तर पश्चिमले दर्शाउन खोजे जस्तो संकटको स्थितिमा देखिँदैन । चीनको अर्थतन्त्र धराशायी भइदिए हुन्थ्यो भन्ने पश्चिमी सरकारका चाहनालाई त्यहाँका सञ्चारमाध्यमले अभिव्यक्त मात्र गरेका हुन् भन्न सकिन्छ ।
वास्तवमा चीनको अर्थतन्त्र ध्वस्त भएमा त्यसले विश्वभरि पार्ने असर अहिलेको भन्दा पनि भयावह हुनेछ ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...