माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
मंसिर २७, २०७९
चीन र भारतबीचको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखामा अनेकौं विवादित स्थान छन् जसमा दुवै पक्षले दाबी गर्ने गरेका छन् ।
तर अन्य स्थानका केही इलाकामा चीनले दाबी गरेको भए पनि भारतको पूर्वोत्तर क्षेत्रमा रहेको अरुणाचल प्रदेशलाई चाहिँ उसले दक्षिण तिब्बत भन्ने गरेको छ र त्यसमा नियन्त्रण कायम गर्न कोशिश गर्दै आएको छ ।
त्यसैक्रममा चिनियाँ सेना गत शनिवार (१० डिसेम्बर) बिहान ३ बजे वास्तविक नियन्त्रण रेखा पार गरेर भारतीय भूमिमा आइपुगेको र भारतीय सेनासँग झडप भएको खबर छ ।
भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीअनुसार, २०० भन्दा बढी चिनियाँ सैनिकहरू कीला खोपिएका मुंग्रो, गाँठो पारिएको डोरी र कम्पन गराएर शत्रुलाई गतिहीन बनाउने विद्युतीय हतियार बोकेर भारतीय सैनिकहरूसँग भिड्न आएका थिए । तवाङबाट २५ किलोमिटर माथि यांग्त्से नामक स्थानमा दुई पक्षबीच भएको भिडन्तमा सैनिकहरू घाइते भएको बताइएको छ । चिनियाँहरूले भारतको सैन्य पोस्ट भत्काउन खोजेको खबर छ ।
यसअघि सन् २०२१ को अक्टोबर महिनामा पनि यांग्त्से र बुम ला पास नामक स्थानको बीचको क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका २०० जति जवान भारतीय भूमिमा प्रवेश गरेको अनि खाली बंकरलाई नष्ट गर्न खोजेको खबर आएको थियो । सन् १९९९, २०११ र २०१६ मा पनि यस्ता किसिमका घटनाहरू भएको भारतीय विश्लेषकहरू सम्झना गर्छन् ।
यांग्त्सेमा नियन्त्रणका लागि चीन आतूर हुनुमा त्यस स्थानको भूरणनीतिक महत्त्व जिम्मेवार छ । सत्र हजार फीटको उचाइमा रहेको यांग्त्सेबाट वास्तविक नियन्त्रण रेखाको आरपार सबैतिर राम्ररी निगरानी गर्न सकिन्छ । अहिले भारतीय सैनिकहरूले यांग्त्सेको शिखर तथा दक्षिणी मोहोडाको बाटोमा सुदृढ नियन्त्रण कायम गरिरहेको बताइएको छ ।
डिसेम्बर महिनाको आरम्भतिर भारतीय र अमेरिकी सैनिकहरूले उत्तराखण्डको औलीमा संयुक्त सैन्य अभ्यास सम्पन्न गरेलगत्तै चिनियाँ सेनाले तवाङ क्षेत्रमा प्रवेशको कोशिश गरी भारतलाई दबाब दिन खोजेको देखिन्छ । उक्त सैन्य अभ्यासका विषयमा चीनले आपत्ति जनाउँदै यसबाट चीन र भारतबीच स्थापित विश्वासको वातावरण भत्किने बताएको थियो । तर भारत र अमेरिकाले चीनको यस आपत्तिलाई खारेज गरेका थिए ।
भारतमाथि दबाब बनाउने रणनीतिका साथै तवाङलाई सदाका लागि नियन्त्रणमा लिने आकांक्षाले पनि चीनलाई भारतीय भूमिमा प्रवेश गर्न प्रेरित गरेको हो । तवाङ तिब्बती बौद्ध धर्मको महत्त्वपूर्ण स्थान हो । सन् १९५९ मा चिनियाँ शासकहरूबाट बचेर भारततर्फ निर्वासन हुन आउँदा दलाई लामा तवाङमै आइपुगेका थिए । तवाङमा ९५ प्रतिशत बासिन्दाहरू कट्टर बौद्ध धर्मावलम्बी भएको मानिन्छ ।
सन् १९६२ मा भारत र चीनबीच सीमामा छोटो लडाइँ हुँदा तवाङमा ८०० जना जति भारतीय सैनिकहरूले ज्यान गुमाएका थिए । त्यतिखेर चीन सामर्थ्य भए पनि अरुणाचल प्रदेशमाथि आधिपत्य कायम नगरी फिर्ता गएको थियो ।
त्यसपछि सन् १९८६ मा तवाङ नजिक सुमदोरोङ चुमा भारतीय र चिनियाँ सैनिकहरूबीच आमनेसामनेको स्थिति आएपछि चीनले सीमाविवाद समाधानमा कठोर दृष्टिकोण अपनाउन थालेको थियो । दक्षिणी तिब्बतका मोनयुल, लोयुल र तल्लो जायुल नै मिलेर अरुणाचल प्रदेश बनेको हो भनी चीनले दाबी गर्दै आएको छ ।
तवाङलाई नियन्त्रणमा नलिउन्जेलसम्म तिब्बतमाथि चीनको आधिपत्य अपूरो रहनेछ । तवाङ तिब्बती पठार र असमका समथर भूमिको बीचमा अवस्थित छ । चिनियाँहरूले तवाङलाई दुई क्षेत्रमा विभाजित गरी हेर्ने गरेका छन् । से ला शृंखलालाई विभाजन रेखा मानिएको छ ।
से लाको उत्तरतर्फ गाल्देन नाम्गे ल्हात्से भनिने तवाङ गुम्बा छ । एसियाकै दोस्रो सबभन्दा ठूलो गुम्बा तिब्बतको त्सोना जिल्लाका उच्च अधिकारी जोङपोनहरूको शीतकालीन निवास पनि हो ।
तिब्बती अधिकारीका प्रतिनिधि जोङपोनहरूले सम्पूर्ण तवाङ क्षेत्रको प्रशासन चलाउने गर्थे भने से लाको दक्षिणतर्फ रहेको सेंगे उनीहरूको बिर्ता थियो । छैटौं दलाई लामा ईसाको १७औं शताब्दीमा तवाङमै जन्मेका थिए ।
त्यसैले तिब्बत नियन्त्रणमा लिएको चीनले तवाङ समेत तिब्बतकै अंग भएको नाताले त्यहाँ पनि चीनको हक लाग्ने तर्क गर्दै आएको छ ।
सन् १९५४ मा भारतले तिब्बत चीनकै एक अंग हो भनी आधिकारिक रूपमा मान्यता दिएको भए पनि चिनियाँहरूको नजरमा त्यो कथाको आधा पाटो मात्र हो । दलाई लामाको नियुक्तिमा चिनियाँ अधिकारीको भूमिका तथा तवाङ चीनको नियन्त्रणमा पुगे मात्र कथा पूरा हुने चिनियाँहरूको अडान छ ।
भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाको निधनपछि उत्तराधिकारी चयनमा भूमिका निर्वाह गर्नका लागि चीनले प्रतीक्षा गरिरहेको छ । हिमाचल प्रदेशको धर्मशालामा बसिरहेका दलाई लामाले सन् २००३ सम्म पनि तवाङलाई तिब्बती भूभाग भन्ने गर्थे तर अहिले उनी त्यसलाई अरुणाचल प्रदेशको एक जिल्ला मान्ने गर्छन् ।
अनि उनले तिब्बतको हाल कायम सीमाबाहिर पनि अर्को दलाई लामा जन्मिन सक्ने संकेत दिएका छन् र त्यो स्थान तवाङ हुन सक्छ । मासथ उल्लेख गरिएबमोजिम चीनले दलाई लामाको नियुक्तिमा आफ्नो भूमिका हुनुपर्ने बताएको छ भने भारतले पनि यसमा आधिकारिक नभए पनि अनौपचारिक चासो देखाएको छ ।
तवाङलाई चीनले उच्च महत्त्व दिएको कुरालाई त्यहाँका अधिकारीहरूले बारम्बार दोहोर्याउने गरेका छन् । सन् २००३ देखि २०१३ सम्म चीन–भारत सीमा मामिलासम्बन्धी चीनका विशेष प्रतिनिधि ताइ बिङग्वोले तवाङमा बेइजिङको दाबीलाई नयाँ दिल्लीले सम्बोधन गरेमा दुई देशबीचको सीमाविवाद अन्त्य हुने बताएका छन् । पूर्वी सेक्टरमा चीनको चिन्तालाई भारतले ध्यान दिएमा चिनियाँ पक्षले अन्यत्र भारतको चिन्तालाई सम्बोधन गर्ने उनको भनाइ छ ।
तर पश्चिमी सेक्टरमा रहेको अक्साई चीन गुमाइसकेको भारतले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर क्षेत्रलाई कुनै हालतमा पनि त्याग्न सक्दैन । तवाङ कब्जामा लिनका लागि सन् १९६२ को जस्तो सीमित दायराको युद्धका लागि चीन तयार भइसकेको हुन सक्ने अपेक्षाका साथ भारतीयहरूले प्रतिरक्षाका लागि बन्दोबस्त गरिरहेका छन् ।
त्यही सिलसिलामा भारतले ड्रोन तथा भूउपग्रहमार्फत तवाङ क्षेत्रमा निगरानी गरिरहेको छ । तवाङपारि चीनले विगत एक दशकदेखि स्थायी संरचनाहरू बनाएर भारतमाथि दबाब दिइरहेको अवस्थामा भारत बढी सतर्क भएको हो ।
तर १० डिसेम्बरको बिहान हिमपात भइरहेको अनि आकाशमा घना बादल पनि लागेकाले चिनियाँ सैनिकहरू भारतीय भूमितर्फ मुभ गरेको चाल पाउन भारत विफल भयो । भारतीय भूपग्रहहरूले चिनियाँ सैन्य गतिविधिको भेउ नपाएकाले अनायास चिनियाँहरू भारतीय सेनाका पहरेदारहरूमाथि आक्रमण गर्न सफल भए ।
दुई पक्षबीच भिडन्त भएर सैनिकहरू घाइते भएको भए पनि स्थानीय कमान्डर स्तरको वार्ताले तत्कालका लागि सेना आआफ्नो पोजिसनमा फिर्ता हुने (डिसइंगेजमेन्ट) काम भइसकेको छ । तर उक्त क्षेत्रमा भारतमाथि चीनको दबाब कायम रहने निश्चित छ ।
चीनले भारतलाई चार तरिकाले दबाबमा राख्ने भारतीय सैन्य विश्लेषकहरू बताउँछन् । पहिलो, सीमाविवाद हल गर्ने हिसाबमा स्थायी सीमा निर्धारण नगर्ने । दोस्रो, सीमाका विषयमा कुनै पनि राजनीतिक वा कूटनीतिक छुट नदिने । तेस्रो, पाकिस्तानसँग रणनीतिक सम्बन्ध कायम गरी भारतलाई उपमहाद्वीपमा अल्झाइरहने । चौथो, भारतसँग भौतिक युद्ध नलडिकन मनोवैज्ञानिक लडाइँ लडेर नै परास्त गर्ने ।
यही रणनीतिअन्तर्गत चीनले ‘ग्रे जोन अपरेसन्स’ र ‘सलामी स्लाइसिङ’लाई अघि बढाइरहेको हो । वास्तविक नियन्त्रण रेखामा दुई कदम अघि बढ्ने अनि भारतको विरोधपछि एक कदम पछि हट्ने र त्यसैलाई नवीन वास्तविकताका रूपमा स्वीकार गर्न लगाउने चिनियाँ रणनीति देखिन्छ । भारतीय विश्लेषकहरूका अनुसार, यही रणनीति अपनाएर चीनले पश्चिमी सेक्टरमा भारतको एक हजार वर्गकिलोमिटर क्षेत्रलाई आफ्नो भूभाग बनाइसकेको छ ।
ग्रे जोन अपरेसन गरिरहँदा चीनले भारतसँग सिधै युद्ध घोषणा गरिरहनु पर्दैन । युद्ध घोषणा गर्दा भारतलाई अमेरिका लगायत पश्चिमले सहयोग गर्न आउने सम्भावना रहन्छ तर ग्रे जोन अपरेसन्स चलुन्जेल उनीहरूले सार्थक हस्तक्षेप गर्ने छैनन् ।
तवाङको कुरा गर्नुपर्दा त्यसलाई चीनले आफ्नो भूभाग मानिरहेकाले त्यसलाई त्यत्तिकै छोड्ने देखिँदैन । राष्ट्रपति सी चिनपिङले गत वर्ष चीनको पूर्ण एकीकरणको कुरा गर्दा उनको दिमागमा ताइवान मात्र नभई अरुणाचल प्रदेश पनि रहेको भारतीय सैन्य विश्लेषकहरू बताउँछन् । भारतले त्यस दृष्टिकोणलाई विचार गरेर तदनुरूप सुरक्षा प्रबन्ध बलियो बनाउनुपर्ने आवश्यकता छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...