माघ १२, २०७९
१० पुसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भए पनि त्यसको कार्यान्वयन जटिल बन्दै गएको छ । बिहीवार पेरिसडाँडामा बसेको माओवाद...
काठमाडाैं | मंसिर १९, २०७९
भारतीय र अमेरिकी सेनाले नोभेम्बर १५ बाट शुरू भएको संयुक्त सैन्य अभ्यासको १८औं संस्करण गत शुक्रवार (२ डिसेम्बरमा) टुंग्याएका छन् ।
युद्ध अभ्यास नाम दिइएको उक्त अभ्यास भारतको उत्तराखण्डस्थित औलीमा गरिएको हो । चीन सीमाबाट १०० किलोमिटर टाढा भारतभित्र गरिएको उक्त अभ्यासले भारतीय र अमेरिकी सेनाबीच सामञ्जस्य तथा सहकारवाहीको अवसर प्रदान गरेको भारतीय सेनाले जनाएको छ । दुवै सेनालाई शान्तिकार्य तथा विपत् राहतमा संयुक्त काम गर्न अभ्यासले सघाएको उसको भनाइ छ ।
भारतमा रहेको अमेरिकी दूतावासले पनि यस संयुक्त अभ्यासबाट हिन्द–प्रशान्त क्षेत्रप्रति अमेरिकाले जनाएको प्रतिबद्धतालाई सुदृढ बनाउने, सहकारवाहीलाई सुधार गर्ने तथा अमेरिका र भारतको रक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बताएको छ ।
यस अभ्यासमा अमेरिकी सेनाको ११औं एयरबोर्न डिभिजनका सेकेन्ड ब्रिगेडका सैनिक तथा भारतीय सेनाको आसाम रेजिमेन्टका सैनिक सहभागी थिए । अभ्यासमा कम्ब्याट इन्जिनीयरिङ, सशस्त्र ड्रोन उपयोग, ड्रोनको प्रतिकार गर्ने प्रविधि तथा सूचना कारवाहीहरू पनि संलग्न थिए ।
विशेषगरी भारतीय सेनाले चीन तथा पाकिस्तान दुवै मोर्चामा सैन्य निगरानीका लागि ड्रोनको उपयोग गर्न खोजेको सन्दर्भमा अभ्यासले त्यसमा जोड दिएको हो । भारतीय सेनाले अर्जुन नामक बाजको टाउकोमा ड्रोन तथा शरीरमा जीपीएस जडान गरेर शत्रुको मोर्चामा नजर राख्न खोजेको छ । उक्त बाजले शत्रुका ड्रोन समेत नष्ट गर्नेछ ।
चीनले आफ्नो सीमा नजिक भारत र अमेरिकाले गरेको अभ्यासमा आपत्ति जनाएको छ । यस अभ्यासले बेइजिङ र नयाँ दिल्लीबीचका विभिन्न सहमतिको मर्मलाई उल्लंघन गरेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले सञ्चारकर्मीहरूलाई बताएका छन् । दुई देशबीचको पारस्परिक विश्वासलाई पनि यसले हानि गर्ने र यस विषयमा भारतीय पक्षसँग चिन्ता व्यक्त गरिएको पनि उनले जानकारी दिए ।
भारतले चीनको यस आपत्तिलाई खारेज गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारत आफूले चाहेको मुलुकसँग संयुक्त अभ्यास गर्ने गरेको बताए । यस विषयमा तेस्रो मुलुकको भिटो स्वीकार नगर्ने उनको भनाइ छ ।
चीनसँग गरिएका सहमतिसँग यस अभ्यासको कुनै साइनो नरहेको पनि उनले दाबी गरे । चीनले ती सहमतिको कुरा उठाएकाले तिनका विषयमा उसले विचार गर्नुपर्ने अनि ऊ आफैंले सहमतिको उल्लंघन गरेको विषयलाई पनि चिन्तन गर्नुपर्ने उनले बताए ।
सन् २०२० मा पूर्वी लद्दाखको गलवानमा भारतीय र चिनियाँ सेनाबीच भएको हिंस्रक भिडन्तपछि दुई देशबीच चिसो सम्बन्ध छ । भारतका विश्लेषकहरूले लद्दाख क्षेत्रमा देशको एक हजार वर्गकिलोमिटर भूभाग विगत केही वर्षयता चीनले कब्जा गरेको बताएका छन् भने भारत सरकारले एक इन्च जमीन पनि नगुमाएको अडान लिएको छ । तर चीनले सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखा नजिक सैन्य संरचना बनाइरहेको विषयप्रति भारतले चिन्ता व्यक्त गर्ने गरेको छ ।
त्यसो त भारत सरकारले यसअघि चीनलाई सीमामा शान्तिबहाली गरिने हो भने चिनियाँ अतिक्रमणभन्दा पहिलेको स्थिति (स्टाटस क्वो आन्टी) मा फर्किनुपर्ने भन्दै आएको छ । तर भारतका लागि चीनका तत्कालीन राजदूत सुन वेतोङको बिदाइ भेटघाटमा भारतका विदेशमन्त्री एस जयशंकरले स्टाटस क्वो आन्टीको उच्चारण समेत नगरी विवादित सीमाक्षेत्रमा शान्ति तथा स्थिरता कायम भएमा दुई देशको सम्बन्ध सुध्रिने बताएर वस्तुगत रूपमा चीनले कब्जा जमाएको भारतीय भूभाग उसलाई सुम्पेको स्थिति छ ।
उता चीनले गलवान उपत्यकामा भारतीय सैनिकहरूसँगको भिडन्तलाई आफ्नो रणनीतिक सफलताका रूपमा अर्थ्याउने गरेको छ । हुँदाहुँदा गत अक्टोबर महिनामा भएको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा गलवान भिडन्तको भिडियो समेत देखाइएको थियो ।
भारत र चीनबीच हल हुन नसकेको यही विवादमा अमेरिकाले खेल्ने कोशिश गरेको छ । हिन्द–प्रशान्त रणनीतिको एक अंगका रूपमा क्वाडलाई पनि शस्त्रीकृत गर्न खोजेको सन्दर्भमा क्वाडको महत्त्वपूर्ण सदस्य भारतसँग सैन्य अभ्यास गरेर अमेरिकाले चीनलाई स्थल र जल दुवै मोर्चामा जोखिम रहेको सन्देश दिन खोजेको छ ।
त्यसैले संयुक्त अभ्यासका विषयमा चीनले आपत्ति जनाउँदा अमेरिकी दूतावासकी शर्ज दफेयर्स एलिजाबेथ जोन्सले यो चीनको चासोको विषय नै नभएको बताइन् । इन्डोनेसियाको बालीमा गत नोभेम्बर महिनामा भएको जी२० शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको तीन घन्टा लामो बैठकका बावजूद दुई देशबीच सौहार्द्रता कायम नभइसकेको र अमेरिकाले हिन्द–प्रशान्त रणनीतिलाई अघि बढाइरहने पनि उनको भनाइ छ । यसबाट पनि अमेरिकाले भारतलाई चीनको घेराबन्दीका लागि हतियारका रूपमा उपयोग गर्न खोजेको सन्देश पाइन्छ ।
एकातिर भारतलाई स्थल सीमामा तिखार्ने अनि अर्कातिर ताइवानलाई जलसीमामा तयार पार्ने अमेरिकाको रणनीतिलाई चीनले राम्ररी बुझेको भएर नै संयुक्त अभ्यासमा आपत्ति जनाएको हो ।
यस पृष्ठभूमिमा भारतले पनि अमेरिकासँग चीन सीमानजिक सैन्य अभ्यास गर्दा चीनलाई एक किसिमको सन्देश त पक्कै दिएको छ । सर्वप्रथम त, बदलिँदो विश्व राजनीतिक परिस्थितिमा समेत वाशिङटनसँगको आफ्नो रणनीतिक सम्बन्धलाई नयाँ दिल्लीले कायम राख्न खोजेको यसबाट स्पष्ट हुन्छ ।
साथै विगतमा जस्तो गरी चीनले भारतलाई सीमा विवादमा एकपक्षीय शर्त लाद्न पाउँदैन भन्ने सन्देश पनि भारतले दिन खोजेको छ । चीनले सीमामा कुनै किसिमको बाध्यकारी काम गरेमा त्यसको प्रतिकारका लागि अमेरिका र भारतबीच सहकार्य हुने सन्देश पनि भारतले दिन खोजेको देखिन्छ ।
चीन सीमानजिक नै किन अमेरिका र भारतले संयुक्त अभ्यास गरेका हुन् त ? चीनसँग भारतको सम्भावित लडाइँ हिमाली तथा उच्च पहाडी भूभागमै हुने भएकाले उत्तराखण्ड (अनि पोहोर साल अमेरिकाको अलास्का) जस्तो चिसो वातावरणमा जाडोको समयमा अभ्यास गर्न भारत बाध्य भएको अमेरिकाको थिंकट्यांक र्यान्ड कोर्पमा सेन्टर फर एसिया पसिफिक पोलिसीका निर्देशक रफिक दोसानीले जापान टाइम्सका गेब्रिएल डोमिन्गेजलाई बताएका छन् ।
हुन त गलवान संघर्षको बेलामा अमेरिकाले भारतलाई सार्थक सहयोग नगरेको कुरा भारतीयहरूले बुझेका छन् । तर आफू पूर्ण रूपमा सबल नभइसकेकाले अमेरिकाको सहयोग लिनुपर्ने उनीहरूलाई बाध्यता छ ।
त्यसमाथि झन् युक्रेन युद्ध शुरू भएपछि भारतले सिद्धान्तनिष्ठ तटस्थताको नीति अपनाउँदै रुससँगको कारोबार कायम राख्दा असन्तुष्ट बनेको अमेरिकालाई केही मात्रामा भए पनि खुशी बनाउन चीन सीमानजिक संयुक्त युद्धाभ्यासको अनुमति दिएको अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्को लेख्छन् ।
तर त्यसक्रममा चीनसँगको सम्बन्ध थप नबिग्रोस् भन्नेमा पनि भारत सचेत छ । अनि अमेरिकाले आफूलाई कनिष्ठ सहयोगीका रूपमा लिएर हेपाहा व्यवहार नगरोस् भन्नेमा सचेत रहँदै रुससँगको रक्षा सहकार्यलाई पनि भारतले कायम राखेको छ ।
चीनको जति शक्ति भारतले आर्जन नगरिसकेको सन्दर्भमा भारतले रणनीतिक दुविधाको नीति अपनाइरहनुपर्ने स्थिति छ । चीनसँग ब्रिक्स, एससीओ र अन्य फोरमहरू साझा गर्नुका साथै अमेरिका नेतृत्वको क्वाडमा पनि भारत सहभागी भइरहनेछ ।
आफ्नो रक्षा क्षेत्र तथा अर्थतन्त्र बलियो बनाउन उसलाई अमेरिका तथा पश्चिमको सहयोग आवश्यक छ । अनि भारतमा रहेका विशाल संख्याका उपभोक्ताहरूलाई सन्तुष्ट राख्नका लागि चीनका सुलभ तथा सस्ता सामानहरू उसलाई आवश्यक छ । त्यसैले तत्कालका लागि ऊ आसियान मुलुकहरूले जस्तै गरी अमेरिका र चीनबीच सन्तुलन मिलाउने कोशिश गरिरहेको छ ।
सन्तुलनको यो प्रयास भविष्यमा बन्न सक्ने वैश्विक समीकरणलाई पनि विचार गरेर भारतले कायम राखेको हो । चीनसँगको सीमाविवाद पाकिस्तानको जस्तो गरी स्थायी शत्रुतामा परिणत नहोस् भन्नेमा भारत सचेत छ ।
कोरोनाको विषम परिस्थितिमा समेत चिनियाँ अर्थतन्त्र एक वर्षको अवधिमा २३ प्रतिशतले बढेर १७०.७० खर्ब डलर बनेको सन्दर्भमा अबको केही वर्षभित्र चीनले अमेरिकालाई उछिनेर पहिलो अर्थतन्त्र बन्ने छनक देखाइसकेको छ । उता अमेरिका चाहिँ अव्यवस्थित रूपमा डलर छापेर मात्र अर्थतन्त्र धानिरहेको छ र कुनै पनि बेलामा धराशायी हुने जोखिममा छ ।
अमेरिकालाई पछि पारेर चीन विश्वको पहिलो अर्थतन्त्र बनेको खण्डमा विश्वका धेरै मुलुकले चीनसँग कारोबार गर्न थाल्नेछन् । पेट्रोडलर समेत विस्थापित भएर युआनमा कारोबार हुन सक्नेछ । त्यस्तो अवस्थामा छिमेकमा रहेको चीनसँग जोरी खोज्नु भारतको हितमा हुने छैन ।
अनि चीनसँग दुश्मनी लिनुमा अर्को कोणबाट पनि भारतका लागि हानिकारक छ । अहिले अमेरिकाका सबै शीर्ष व्यापारीहरूले चीनमा भारी लगानी गरेका छन् र अकूत नाफा पनि कमाइरहेका छन् । चीनसँग अमेरिकाको भूराजनीतिक संघर्ष भए पनि दुई देशबीचको आर्थिक सम्बन्ध विच्छेदको सम्भावना न्यून छ । त्यो आर्थिक सम्बन्धले कुनै पनि बेलामा भूराजनीतिक सम्बन्ध पनि सुधारेको खण्डमा अमेरिकाले चीनलाई अँगालेर भारतलाई अलपत्र छोडिदिने सम्भावना प्रबल रहन्छ ।
यस यथार्थलाई मनन गरेर नै भारतले अमेरिकासँग रक्षा सम्बन्ध (जसको एक अंगका रूपमा संयुक्त अभ्यास पनि रहेको छ) का बावजूद चीनसँगको आर्थिक सम्बन्ध कायम राखेको हो । आफू उम्दा आर्थिक र सामरिक शक्ति नबनुन्जेल भारत यही नीतिमा अघि बढिरहनेछ ।
१० पुसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भए पनि त्यसको कार्यान्वयन जटिल बन्दै गएको छ । बिहीवार पेरिसडाँडामा बसेको माओवाद...
प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा तेस्रो कार्यकालको कार्यभार सम्हालेको बुधवार ३० दिन पूरा भएको छ । प्रचण्डले सत्ता सम्हालेको ३० दिनमा देशमा सरकारको कामको प्रशंसाभन्दा अर्कै कु...
अप्रत्याशित रूपमा १० पुसमा प्रधानमन्त्रीको कुर्सी मिलेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठ्यारो र दबाबमा जेलिएका छन् । सत्ता स्वार्थको खिचातानीमा ३२ सीट जितेर पनि प्रधानमन्त्री बनेदेखि नै उनी...
विगत केही दिनयता युक्रेनमा एकपछि अर्को शीर्ष अधिकारीले पदबाट राजीनामा दिइरहेका छन् । मंगलवार (२४ जनवरी) मात्रै जेलेन्स्कीका एक सल्लाहकार, चारजना उपमन्त्री तथा पाँचवटा क्षेत्रका गभर्नरले राजीनामा दिएको ...
राष्ट्रपतिमा कांग्रेसले हात बढाएपछि मुख्य दाबेदार एमाले आक्रामक बनेको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले माओवादीलाई फकाउन कुनै कसरत बाँकी राखेको छैन...
भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी कन्याकुमारीबाट जम्मु कश्मीरसम्मको ‘भारत जोडो यात्रा’को अन्तिम चरणमा पुगेका छन् । आज १२६औं दिनमा उनी कश्मीरमा यात्रा गरिरहेका छन् । यस या...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...