×

NMB BANK
NIC ASIA

कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ निबन्ध संग्रह प्रकाशित

पुस २, २०७९

NTC
Premier Steels

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको निबन्ध संग्रह प्रकाशित भएको छ ।

Muktinath Bank

लामो समयदेखि अध्यात्मदर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौं कृति हो । गोरखापत्र दैनिक तथा मधुपर्क मासिकको प्रधान सम्पादक रहिसकेका रिजालको यस कृतिलाई रत्नपुस्तक भण्डारले प्रकाशित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिजालका यसअघिका कृतिहरू पनि अध्यात्म दर्शनसितै सम्बन्धित छन् । 


Advertisment
Nabil box
Kumari

प्रस्तुत निबन्ध संग्रहमा ५ खण्ड र ६१ वटा निबन्ध समाविष्ट छन् । यीमध्ये पहिलो वैदिक दर्शन खण्डमा वेद र उपनिषद् सम्बन्धी विषयवस्तुमा आधारित ९ वटा निबन्ध छन्, जहाँ वेद र विज्ञानलाई समन्वयात्मक ढंगमा विश्लेषण गर्ने प्रयास भएका छन् ।

Vianet communication

दोस्रो पौराणिक दर्शन खण्डमा १८ वटा निबन्ध संकलित छन्, जहाँ १८ महापुराणको परिचय र तिनका धार्मिक, सामाजिक तथा संस्कृतिक विशेषता केलाउने प्रयास भएका छन् । 

तेस्रो संस्कृति संरक्षण खण्डमा संस्कार र संस्कृति सम्बन्धी ९ वटा निबन्ध र चौथो शब्द तथा सदाचार खण्डमा शब्दको शक्ति, स्रोत र सामथ्र्य तथा सुशान सम्बन्धी ५ वटा निबन्ध समाविष्ट छन् । पाँचौं विविध खण्डमा सामाजिक विकृति र तिनका निराकरण सम्बन्धी विषयवस्तु समेटिएका २० वटा निबन्ध रहेका छन् । 

लेखक रिजालका अनुसार वैदिक सनातन धर्मसंस्कृति संसारकै सर्वाधिक पुरानो धर्मसंस्कृति मात्र हो, संसारलाई सर्वप्रथम मानवताको धरातलमा हिँड्न सिकाउने धर्मसंस्कृति पनि यही नै हो तर त्यही धर्मसंस्कृृतिमाथि विभिन्न नाम र रूपमा प्रहार हुने गरेकाले त्यसैलाई चिर्नु पुस्तकको उद्देश्य हो । 

उनी भन्छन्, ‘वेद शब्दहरूको संग्रह मात्र नभई विज्ञानको कुँजी पनि हो । आज संसारमा विज्ञान र प्रविधिको क्षेत्रमा जेजति प्रगति भएका छन् तिनको मूलभूत आधार भनेको वेद नै हो । प्रस्तुत पुस्तकमा तिनै कुरालाई यथासम्भव प्रष्ट्याउने प्रयास भएका छन् ।’

प्रकाशक रत्नपुस्तक भण्डारका गोविन्द श्रेष्ठ भन्छन्, ‘हामीले अन्य विभिन्न साहित्यिक पुस्तकका साथै आध्यात्मिक साहित्य सम्बन्धी पुस्तक पनि प्रकाशित गर्दै आएका छौं । यसको उद्देश्य समाजमा आध्यात्मिक चेत विकास गरी आत्मिक अनुशासनमा सहयोग पुर्‍याउनु हो । यसमा प्रस्तुत पुस्तकबाट राम्रै टेवा पुग्ने विश्वास गरेका छौं ।’

भूमिका खण्डबाहेक २०८ पृष्ठको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x