×

NMB BANK
NIC ASIA

समय बित्दै गयो । गोपालको जागिरे जीवन पनि चली नै रह्यो । त्यत्तिकैमा १ दिन मध्यरातमा राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई असक्षम घोषित गरी सत्ता हातमा लिए ।

Muktinath Bank

भोलिपल्ट त्यसैबारे सम्पादकीय लेख्नुपर्ने भयो । सरकारी सञ्चारमाध्यम सत्तामा बस्नेले जे गरे पनि ठीक गर्‍यो भन्नुपर्ने । सरकार आफैं प्रकाशक भएकाले यस्तो हुनु स्वाभाविकै थियो तर गोपाल भने धर्मसंकटमा पर्‍यो । किनकि यसैका कारण छोरीको जागिर गएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी एक निजी सञ्चारमाध्यममा कार्यरत थिइन्, जसलाई राजाका सिपाहीले मध्यरातमै बन्द गरी साँचो हातमा लिएर बसेका थिए ।


Advertisment
Nabil box
Kumari

नलेखौं जागिरको सवाल थियो, लेखौं कसरी लेख्ने ? लेखाइमा एकाध शब्द मात्र तल–माथि पर्‍यो भने पनि प्रशासन छाड्नेवाला थिएन । यसै पनि गोपालमाथि उनीहरूको नजर राम्रो थिएन । कुन निहुँ झिकेर दुःख दिने भन्ने हुन्थ्यो, यस्तै हुँदै आएको थियो ।

Vianet communication

सानै निहुँ पाए पनि कारवाहीको डन्डा चल्न सक्थ्यो । त्यसैले शब्द खेलाएर बीचको बाटो निकाली बचाउ गर्‍यो । पत्रकार तथा सम्पादकहरू शब्द खेलाउन खप्पिस हुन्छन् । शीर्षकमा खेल्छन्, कन्टेन्टमा खेल्छन् तर, तथापि, किन्तु, परन्तु जस्ता पुच्छर थपेर निष्कर्षमा खेल्छन् । लामो समयदेखि शब्दमा खेल्दै आएकाले उसलाई निष्कर्ष निकाल्न खासै गाह्रो परेन ।  

लगत्तै उसको सरुवा सम्पादकीय लेखनबाट लेखरचना शाखामा भयो । थाहा छैन, कारण के थियो ? त्यसैको असर थियो कि संयोग । मानौं एकछिनलाई संयोग नै ! जे भए पनि उ सोही लेखरचना शाखामा बसेर कार्यसम्पादन गर्न लाग्यो । समय बित्दै गयो, केही समयपछि नै तत्कालीन रानी कोमलको जन्मोत्सव आयो । संस्थानले उनको सम्मानमा विशेषांक प्रकाशित गर्ने निधो गरेकाले त्यसको समेत जिम्मा उसकै काँधमा आयो । कोमलका गुणगानमा अपेक्षाकृत बढी नै लेख जम्मा भए । सत्ताको गुणगान गर्ने संसारमा कहाँ पो कमी छन् र !

विकसित मुलुकहरूमा त गोदी मिडिया र ओहोदी मिडियाको कुरा हुन्छन् भने विकासोन्मुख मुलुकको के कुरा ? आएकामध्ये विशेषांकलाई चाहिने जति छानेर सम्पादन गर्‍यो तर भइदियो के भने एउटा लेखमा श्री ५ बहामहारानी हुनुपर्नेमा ५ छुटेर श्री बडामहारानी मात्र हुन पुगेछ, जसलाई उसले छाप्दाछाप्दै भेट्टायो र सुधार्न लगायो पनि तर त्यतिबेलासम्म केही हजारप्रति छापिइसकेको रहेछ ।

यसैलाई निहुँ बनाइ प्रशासनले कडा स्पष्टीकरण सोध्यो, दरबारले कडा आपत्ति जनायो भन्ने व्यहोरा उल्लेख गरी । भोलिपल्ट बजार पठाउनुपर्ने विशेषांक अघिल्लो दिनै छापिएको छ र छाप्दाछाप्दै गल्ती संशोधन गरिसकिएको छ । तैपनि प्रशासन भन्छ, दरबारले आपत्ति जनायो । सुन्दा अहिले पनि कहिले हाँसो उठ्छ कहिले रिस ! कसले पत्याउँछ कि भोलि बाँडिने विशेषांकमा कहाँ ५ को अंक छुट्छ भनेर आजै दरबारले हेर्दैछ भन्ने कुरा तर यहाँ यस्तै चल्थ्यो, चल्दै आएको थियो । 

अहिले कस्तो छ कुन्नि थाहा छैन । सायद छैन होला तर विगतमा त्यस्तो थिएन । एकपटक रानी रत्नको शुभजन्मोत्सव हुनुपर्नेमा कुजन्मोत्सव शब्द पर्न जाँदा केही अग्रजहरूको जागिर गएको थियो । गोपालले भने यस हदसम्मको नौमत व्यहोर्नुपरेन । कारण प्रष्टीकरण नै यति कमजोर थियो कि कुरा सुन्दा जो पनि हाँस्ने गर्थे । यसैलाई आधार बनाई उसले यस्तो स्पष्टीकरण दियो, जसका कारण प्रशासन तत्काल कारबाहीको फायल तामेलीमा राख्न बाध्य भयो ।

शाही शासनकालमै नक्कली शैक्षिक प्रमाणपत्र छानबिनको लहर चल्यो । तिनताका बिहारतिरबाट धमाधम नक्कली शैक्षिक प्रमाणपत्र भित्रिन थालेका थिए । पुनःस्थापित प्रजातन्त्रले दिएको उपहारमा यो पनि थियो । यसैको आधारमा कैयौले नोकरी खाए, कैयौले बढुवा पाए । जनगुनासो बढ्दै गएपछि छानबिनको क्रम शुरू भयो । बिस्तारै त्यसको हावा सरकारी संस्थानतिर पनि आइपुग्यो । प्रशासनले सबैसित सक्कल प्रमाणपत्र माग्यो ।

गोपालको पूर्वमध्यमा द्वितीय वर्षको लब्धांकमा गोपालको सट्टा गोपाला भएको थियो । मूल सर्टिफिकेट लगायत अन्य सबैमा गोपाल नै थियो । यसबाहेक उसले नेसंविबाट लिएको आचार्य तहको प्रमाणपत्रमा पनि गोपाल नै थियो । संस्थानका हाकिमहरूलाई निहुँ चाहिएको थियो, पुगिहाल्यो । यसैका आधारमा शंकाको घेरामा राखी छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । आयोगका कर्मचारी बुझ्नका लागि वनारससम्म पुगेका थिए भन्ने पनि सुनिएको थियो तर सत्य सत्य नै हो, दिउँसै रात पार्न खोजेर किन हुन्थ्यो र ? उनीहरू कुनै कैफियत फेला परेन भन्दै फर्कन बाध्य भएका थिए रे !

राजशासनविरुद्ध ५ दलको जागिरे आन्दोलन चल्दै थियो । हरेक दिन बिहान १० बजे केही नेता तथा कार्यकर्ता रत्नपार्कमा जम्मा हुन्थे र सिठ्ठी फुक्थे अनि बेलुका ५ बजे घरतिर लाग्थे । आन्दोलन महिनौं चल्यो तर केही दर्जन रेलिङ भाँच्ने र केही दर्जन सरकारी भवन तथा गाडी तोडफोड गर्नेबाहेक हात लागी केही भएन । जे गर्दा पनि सत्तारोहणको साँचो नभेटेपछि उनीहरू आफैंले टाउकाको मूल्य तोकेका माओवादी नेतृत्वसँग हारगुहार गर्न दिल्ली पुगे । सायद त्यतिबेलासम्म माओवादी पनि सेफ ल्यान्डिङको खोजीमा पुगिसकेको हुनुपर्छ । उनीहरूसित मिलेर संयुक्त आन्दोलन भयो, जसले राजा ज्ञानेन्द्रको शासन ढाल्ने काम गर्‍यो । भन्नेहरूले त राजाको हातमा शासन गएपछि खोस्न सजिलो हुन्छ भनेर माओवादीहरूले नै अन्तर्राष्ट्रिय शक्तिसित मिलेर यस्तो षड्यन्त्रको  तानाबाना बुनेका थिए भनेका पनि छन् । वास्तविकता के हो उनीहरू नै जानून् तर संयुक्त आन्दोलनबाट राजा विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्न बाध्य भए, जुन संसदले उनैलाई हटाइदियो ।

आन्दोलन सफल भयो, माओवादीहरू सत्तामा पुगे । सत्ता बाँडफाँटको क्रममा सञ्चार मन्त्रालय माओवादीको भागमा परेकाले नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आए । उनी आउनासाथ मन्त्रालयले कृष्णसेन ईच्छुकको नाममा विशेषांक निकाल्न चासो देखायो तर तत्कालीन सम्पादक र गोपालले द्वन्द्वको क्रममा शहीद हुने पत्रकार धेरै भएकाले विशेषांक निकाल्ने भए संयुक्त निकाल्नुपर्छ, होइन भने अन्य पत्रकारहरूप्रति अन्याय हुन्छ भन्ने अडान राख्यो । त्यत्तिकै निहुँमा मन्त्रालयको नजरमा उनीहरू दुवैको रेकर्ड खराब भयो । विशेषांक निकाल्न सम्भव नभएपछि उनको गुणगानमा मोहन वैद्य ‘किरण’को तर्फबाट यस्तो लेख प्राप्त भयो, जसका शब्द नै १० हजारभन्दा बढी थिए । एकातर्फ जस्ताको तस्तै छाप्नपर्छ भन्ने दबाब थियो, अर्कोतर्फ त्यसदिनको पत्रिकाका पाना सबै छुट्याए पनि अट्दैनथ्यो । यो पनि सम्भव छैन भनेपछि रेकर्ड थप खराब हुने नै भयो । यसैका कारण उनीहरू जिम्मेवारी हेरफेरमा परे । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x