पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
ब्राजिलका महान् फूटबलर पेलेको गएराति ८२ वर्षको उमेरमा निधन भएको छ । उनी र उनको परिवारप्रति हार्दिक श्रद्धा सुमन छ । पेलेजस्तो महान् खेलाडीको नाम राजनीतिमा घुसाउन त नहुने हो तर नेपाली राजनीतिका पेले भनेर पगरी गुथाइएका केपी ओलीले हालसालै एक रोचक पेनाल्टी हानेका छन् । औषधिको भरमा बाँचेका ओलीले खतरनाक पेनाल्टी हानेको देखेर आज संसार चकित बनेको छ ।
कृष्णगोपाल श्रेष्ठ नाम गरेका एकजना आक्रोशले भरिपूर्ण मनुष्य कागतालीवश शिक्षामन्त्री भएका थिए । पढेलेखेका तर बेरोजगार चेलाचेलीहरू भेला हुने दीक्षान्त समारोहमा पुगेर तिनले 'केपी ओली इज द केपी ओली, फूटबलको पेले जस्तै हो' भनेर घोषणा गरेका थिए । दीक्षित हुन उपस्थित अधवैंशेहरूले एकसुरमा थपडी बजाएर केपी ओली पेले जस्तै नै भएको कुरालाई सामाजिक मान्यता दिलाएका थिए । तिनले स्कूलमा वैज्ञानिक शिक्षा पाएको भए त्यसरी तीजको गीतमा जस्तो ताली पिट्ने थिएनन्, तर पिटे । केपी ओली पेलेजस्तै हुन् भन्ने कुरा त्यही दिनदेखि ३ करोड नेपाली जनतालाई आधिकारिक रूपमा अवगत भएको हो ।
शहर बजारमा केपी ओली रातारात पेले भैसक्दा पनि यो पंक्तिकारलाई भने कालिदास नै हुन् भन्ने लागेको थियो । पछिल्ला एक दशकमा उनले जेजस्ता हर्कत, कुकर्म र गतिविधि गरेका थिए, त्यो हेर्दा उनलाई कालिदास भन्नु उपयुक्त नै हुन्थ्यो । पछिल्लो उदाहरण, तिनले आफैंलाई प्रधानमन्त्री बनाएको संसदलाई बञ्चरो हानेका थिए । आफू बसेको कुर्चीको खुट्टा आफैं भाँचिदिएर सुकुलमा बसेका थिए । कुल मिलाएर भन्दा तिनले आफैंले खाएको थालमा थुकेका थिए ।
तर राजनीतिको कन्टेक्स्ट केपी ओलीको फोटोकपी सूर्य थापाले भने जस्तै फरक हुँदोरहेछ । खुमलटार र बालुवाटारको खेल मैदानमा को-को खेलाडी कसरी खुट्टा उचाल्छन् भनेर यिनले दाउ हेरेर बसेका रहेछन् । शेरबहादुरको निजी घर रिनोभेसन हुँदै गरेका कारण आरजू देउवाले बालुवाटारको सरकारी मुकाम छाड्न मान्दिनन् भन्ने कुरा समेत यिनलाई जानकारी रहेछ । खेल बराबरी हुँदै थियो । जम्मा १५ मिनेट थपिएको थियो । जे भयो यही १५ मिनेटभित्रमा भयो ।
मेरा बा, माधव नेपाल जंगिएर बसिखानु भएन । प्रचण्डले बोलाएनन् भनेर यिनलाई राजीखुसी नभएको दुलहीबराबरको पीर पर्यो । प्रचण्ड आफैंलाई कहाँ जाने भन्ने थाहा थिएन, यिनलाई कसरी बोलाउने ? त्यो पनि विना ढेउवाको मान्छेलाई सितिमिति कसैले पनि त बोलाउँदैनन् । बोलाए पनि योसँग ढेउवा नै छैन भनेर अपमान गर्छन्, वास्ता गर्दैनन् । यस्तै हो लाइफ । तर पेले बराबरको मानार्थ उपाधि पाइसकेका ओलीले कुन दिन माधवलाई ढेउवा नै ढेउवा हुने ठाउँमा नियुक्ति दिन बेर छैन ।
विना ढेउवाको कुरा गर्दा देउवाको प्रसंग जोड्नुपर्छ । यी देउवासँग ढेउवा पनि भएको, टाकटुक कुरा मिलाउन सक्ने पत्नी पनि पाएको, त्यति मात्र हैन कामचलाउ सभामुख (ज्येष्ठ सदस्य) पनि आफ्नै ससुराली परेको, ज्योतिषी फेबरकै परेको, तर अलिकति दिमागचाहिँ किन नभएको ? हुन त दिमाग छैन भनौं भने भोट हालेको प्रमाण ह्वाट्स एपमा मगाउन आरजू भाउजूलाई यिनैले सिकाएका हुन् अरे । तर पनि ढेउवावाला देउवाको कुनै जुक्ति काम लागेन । यस प्रकारको थेत्तर रणनीतिका कारण अर्थमन्त्री हुनका लागि दौराको नापजाप गराइसेकका व्यक्ति डिप्रेसनमा जान बेर छैन ।
सबैभन्दा धेरै दिमाग भएको मनुष्यका रूपमा चीरपरिचित हुनै लागेका गगन थापाले जम्मा २५ भोट पाए । उनीसँग उभिएर उनलाई उकासेर सँगै फोटो खिचेका धोकेबाजहरूले पनि मत दिएनन् । सँगै फोटो खिचेर भोटचाहिँ नदिनेहरू रात बिताएर पनि बिहे नगर्ने प्रेमिका जस्तै हुन् । थप के भनौं, देउवाको ढोकामा हाइ अलर्ट बस्नुपर्ने गगन पोखरामा सदाबहार हुने 'गत्त न पत्त'को कार्यक्रममा बोल्न गए । राजनीतिमा यदाकदा उपस्थित हुने 'क्लाइमेक्स आवर' बुझ्न नसक्ने गगन अब यही जुनीमा कहिल्यै प्रधानमन्त्री बन्न सक्दैनन् ।
यता गगन थापाको कुभलो चिताउने ज्ञानेन्द्रबहादुर कार्कीको कथन थियो, 'प्रचण्ड भात खान जानुभएको हो, आउनु हुन्छ ।' तर भात खान गएका प्रचण्ड फर्केर आएनन् । ३ बज्यो, ४ बज्यो, ५ बज्यो तर अहँ प्रचण्ड आउँदै आएनन् । नारायणगोपालको गीतजस्तै 'पर्खी बसें आउला भनी...' भनेर बालुवाटारमा पर्खेर बसेका काकाहरू छाँगाबाट खसे अरे भन्ने खबर आयो, तर भात खान गएका प्रचण्ड फर्केर आएनन् । जब भात खान गएको मान्छे लामो समय फर्केर आउँदैन नि, तब बुझ्नुपर्छ 'दिअर इज समथिङ रङ्ग' । नभन्दै त्यही भयो । भात खान गएको मान्छेले त शपथ पो खायो ।
सम्भवत: त्यो दिन शेरबहादुर देउवाले आफ्नो हातको घडीको सुइलाई समेत झिकेर भाँच्न खोजेका थिए होलान् । 'हाम्रो हातबाट सबैथोक गुम्छ कि' भनेर दु:खिया पूर्वानुमान गर्ने रामचन्द्र पौडेल बाजेको कुरा मात्रै पत्याइदिएको भए देउवा प्रतिपक्षको बेन्चमा बस्नुपर्ने थिएन । पौडेल बाजे पनि कसैको बर्बादी नचिताउने असली बाहुन हुन्, ज्योतिषीभन्दा के कम थिए र ? हो, ज्योतिषीको कुरा सुन्नुपर्छ, तर सधैँभरी ज्योतिषी सही नठहरिन पनि सक्छन् । मलाई पनि सानोमा ज्योतिषीले जर्नेल-कर्नेल हुन्छस् भनेका थिए, तर लास्टमा माओवादीको पार्टी सदस्य हुनुपर्यो ।
प्रचण्डलाई लगाउने नीति बोकेर हिँडिरहेका देउवाका सारथिहरूले प्रचण्ड गल्ने धातु हैनन् भनेर बुझ्न सकेनन् । प्रचण्ड बर्मुडा ट्र्याङ्गल हुन्, जो उनको छेउमा पर्छ उतै तानिन्छ । साथै केपी ओली पनि सधैँभरी श्रीमतीसँग रायोको साग केलाएर बसिरहने मान्छे पनि हैनन् । त्यो त उनले नाटक गरेको हो । चुनावको मुखमा घरमा काम सघाउने राम्रो पुरुषको अवतार धारण गरेर मध्यमवर्गीय महिलाहरूको भोट तान्न खोजेका हुन् । बरु भनेको सुनिन्छ, ओली पहिला पानीमा ९ किलोमिटर पौडिएर वनारसतिर लुक्न जाँदा इन्द्रजाल पनि पढेका छन् अरे । इन्द्रजाल पढेको मान्छे बिग्रियो भने बहुला भएर हिँड्छ, सप्रियो भने एकदम तीक्ष्ण दिमागको भएर निस्किन्छ । रातो कार्पेटमाथि हिँडिरहेका कांग्रेसीलाई रातारात फाटेको गुन्द्रीमा सुताइदिने ओली लुँडो, चेस र खोरखोरेका खेलाडी पनि हुन् अरे ।
बल्लतल्ल छुट्टीमा आएको लाहुरेलाई जसरी पनि मंसिरमा बिहे गर्नुपर्ने करकाप भएजस्तै सोझो तर रिभेन्ज लिन एकदमै सिपालु प्रचण्डलाई यसपालि जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने बाध्यता थियो । बाध्यता मात्रै थिएन, रहर पनि थियो । हुन त यस्तो रहर रामचन्द्र बाजेको पनि थियो, तर यिनको भागमा उच्च ओहोदा परेकै छैन भनेर एउटा मेरो शत्रुले लेख लेखेको थियो । म त्यसलाई के भन्न चाहन्छु भने भगवानकै आत्मा भएको बाजेको बारेमा आशा जगाउने कुरा मात्रै लेख, नत्र तेरो खैरियत नहुन सक्छ ।
प्रचण्डको शपथग्रहणमा उपस्थित देउवाले सुपारी मीठो नहुँदा जस्तैगरी बिगारेको मुख हेर्दा देउवाको ज्योतिषी ढिलोचाँडो जेल पर्लान् जस्तो छ । जेलै नपरे पनि यिनी पूर्पक्षका लागि थुनामासम्म जान सक्छन् । एउटा खराब भविष्यवाणीका कारण आज बीपी कोइराला र गिरिजाबाबुको पार्टी पतन हुँदैछ । र, आफ्ना पतिसँग भाडाको घरमा सर्नुपर्ने खिलबन्दीमा परेकी आरजू भाउजूलाई वर्षदिन निद्रा नपर्ने निश्चित छ । माओवादीको भोटले चुनाव जितेका कांग्रेसका संसदहरू सपनामा पनि तर्सिनुपर्नेछ । मन्त्री बन्नका लागि मुख मिठ्याएर बसेका विश्वप्रकाशहरू अब ५ वर्षसम्म प्रतिपक्षमा बसेर जीवनको महत्त्वपूर्ण समय खेर फाल्नुभन्दा बरु एउटा इलेक्ट्रिक रिक्सा किनेर दमकतिरै ग्राहकको छेको पारेर बस्दा अलिकति भए पनि नाफा हुन सक्छ ।
राजनीति सम्भावनाको खेल भनिरहने प्रचण्डले राजनीतिमा लागेर के पाए, के गुमाए त्यो अर्कोपालि लेखौंला तर केपी ओलीले जीवनमा गरेको सबैभन्दा राम्रो काम के हो ? भनेर कसैले सोध्यो भने दिने उत्तर अब फेला परेको छ । पहिलो त उनले कम्युनिस्टहरूको एकताका निम्ति फेरि ढोका खोलेका छन् । बार्दली सिंगारेका छन् । दोस्रो, सरकारविहीनताको परिस्थिति हुनसक्ने र मध्यावधिमा जानुपर्ने त्रासलाई समाप्त पारिदिएका छन् । सम्भवत: उनले प्रचण्डबाट हाताहाती सापटी लगेको अढाइ वर्षको आलोपालोको ऋण ब्याजसहित तिरेका छन् ।
तर पंक्तिकारलाई मन पर्ने नेता प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दैमा केपी ओलीलाई पेले भनिहाल्न त अलि मिल्दैन कि क्याहो ? पेले भनेका फूटबलका राजा हुन् । राजाको स्थान कोही माइकलालले खोस्न सक्दैन ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...