×

NMB BANK
NIC ASIA

अदूरदर्शी नेतृत्वको हातमा मुलुक सञ्चालनको बागडोर

कात्तिक २०, २०७४

NTC
Premier Steels

मुलुकमा संघीयता, लोकतन्त्र, गणतन्त्र जे जे बहाल भएपनि राजनीति सञ्चालनमा देश र जनताको हित प्रतिबिम्बित हुने गरेको छैन । राष्ट्रिय राजनीति र जनसामान्यबीचको सम्बन्ध एकातिर आँधी, अर्कोतिर झोलुंगो भने झैं छ । राजनीतिक दलका नेताहरूमा न इमान्दारी र नैतिकता, न उत्तरदायित्व र जवाफदेहिताको भावना नै देखिन्छ । नेपाली जनताबाट ऊर्जा ग्रहण गर्न र नेपाली जनतालाई नै अन्तिम निर्णायक शक्ति ठान्ने एउटा नेता पाउन पनि कठिन छ । मुलुक र जनताको हितमा एउटा सिन्कोसम्म नभाँच्ने कथित जनप्रतिनिधिहरूको चर्को डाँकोले राजनीतिलाई कोलाहालमय बनाएको छ ।

राजनीतिक नेता र कार्यकर्तामा लोकतान्त्रिक संस्कृति र संस्कारको सर्वथा अभाव छ । त्यसैले लोकतन्त्र बाँदरका हातमा नरिवल भने जस्तै भएको छ । लोकतन्त्रको स्वास्थ्य दिनानुदिन नाजुक बन्दैछ । राजनीतिमा त्याग, तपस्या, समर्पण र योगदानको मूल्य गौण र धन तथा बाहुबलको मूल्य अधिक हुन थालेको छ ।

चुनाव अकल्पनीय रूपमा खर्चिलो बन्दैछ । जुन उम्मेदवार÷पार्टीले धेरै रकम खर्च गर्नसक्छ, उसैले चुनावमा सहजै विजय प्राप्त गर्ने स्थिति बनेको छ । आफूले उदाहरणीय बलिदान दिएर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्र त्यसैले जनसामान्यका लागि खाउँ भने कान्छा बुवाको अनुहार, नखाउँ भने दिनभरिको शिकार भनेजस्तै हुन पुगेको छ ।

गणतन्त्रको बहालीपछि राष्ट्रिय राजनीतिले सही मार्ग ग्रहण गर्ने अपेक्षा धेरैतिरबाट नगरिएको होइन । परन्तु दुर्भाग्यको कुरा के हो भने राष्ट्रिय राजनीति अझै पनि सही दिशामा उन्मुख हुनसकेको छैन । राजनीति राष्ट्र र जनतामुखी हुन बाँकी नै छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान अनि सार्वभौमिकताउपरका चुनौतीहरू यथावत छन् ।

राजनीति मुलुकको निर्माण–पुनर्निर्माणको महायज्ञ हुनुपर्नेमा मुलक लुट्ने प्रतिस्पर्धाको मैदान भइरहेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको बहालीपछि सबै प्रमुख दलका नेताहरूको हातमा सत्ताको बागडोर नपुगेको होइन तर देश र जनताको भाग्यमा भने कुनै फेरबदल हुन सकेको छैन ।

राजनीतिक परीक्षामा अनुत्तीर्ण नेताहरू पालैपालो सत्तामा पुग्ने भएपनि पछि जनजीवनमा सहजता आउने र मुलुक समृद्धिको मार्गमा अग्रसर हुने परिकल्पना गर्न मिल्दैन । नेताहरू अनेकौं तिकडम गरेर सत्ता र शक्तिमा पुग्दछन् । त्यसरी सत्ता र शक्तिमा पुग्ने नेताहरूले आफू निम्नवर्गीय जनताको मतले त्यहाँ पुगेको वस्तुतथ्यप्रति बेखबर हुनु अनौठो होइन । त्यस्तो नेतृत्वले देश र जनताको भविष्यलाई ध्यानमा राखेर कार्यसम्पादन गर्ने कुरा पनि भएन । हाम्रा नेताहरू मुलुकको विद्यमान सामाजिक–आर्थिक अवस्था, व्यवस्थापन क्षमता, जनचेतनाको तह र सामाजिक विकासको स्थितिउपर विचार नपु–याई आफूले व्यवस्थापन नै गर्न नसक्ने परिवर्तन निम्त्याउन अगाडि सर्दछन् ।

मुलुकले व्यवस्थापन गर्न नसक्ने परिवर्तन वास्तवमा नेताहरूले बोक्नै नसक्ने भारी भनेजस्तै हो । परिवर्तन व्यवस्थापन हुन नसक्दा अहिले मुुलुकको हालत भद्रगोल छ ।

लामो समयको प्रयास र उल्लेखनीय साधनस्रोतको लगानीपछि नेपालले अहिलेको संविधान प्राप्त गरेको हो । परन्तु संविधान मुलुकमा विद्यमान राजनीतिक समस्या निरूपणमा सहयोगी हुन नसकेको स्थिति छ ।

संविधानले जनताको ठूलो पंक्तिमा उत्साह जगाउन सकेको छैन । बहुदलीय लोकतन्त्रमा राजनीतिका संवाहक शक्ति दलहरू र तिनलाई हाँक्ने नेताहरू हुन् । परन्तु कटु वास्तविकता के रहेको छ भने राजनीतिक दलहरूमा गतिला नेताहरू नै छैनन् । दलहरूमा दलगत आग्रहबाट निर्देशित संकीर्ण दृष्टिकोणयुक्त नेतृत्वको बाहुल्य छ । कुनै पनि दलमा सिंगो दलले निर्विवाद रूपमा स्वीकार्ने नेता खोजेर पाइँदैन । स्वयंमा गुट, उपगुटमा विभक्त दलहरूले जनताको पंक्तिलाई एकताबद्ध बनाउन र संगठित रूपमा परिचालन गर्ने सामर्थ्य देखाउन नसक्नु कुनै नौलो कुरा होइन । गलत नेताहरूको हातमा परेकै कारणले अगणित साधनस्रोतको लगानीपछि बनेको संविधान पनि ‘खोदा पहाड निकला चूहा’ झैं भएको हो ।

हाम्रो नेतृत्ववर्गमा दूरदर्शी सोचको अभाव छ । वास्तवमा भन्ने हो भने नेतृत्ववर्ग तत्कालीन स्वार्थबाट मात्र निर्देशित छ । त्यसैले राज्य सञ्चालन पनि तदर्थवादी शैलीमा हुँदै आएको छ । शासनमा रहनेहरूमा जे पर्ला सो टर्ला भने जस्तो मानसिकता छ । इमान्दारी, नैतिकता, सदाचार, कर्तव्यपरायणता जस्ता विशिष्टताहरूबाट हाम्रो नेतृत्ववर्ग निकै टाढा देखिन्छ । त्यसैले गर्दा नेतृत्ववर्गप्रति आम जनसमुदायमा विरक्ति र आक्रोशको भावना छ । नेतृत्ववर्ग वक्तव्यकलामा जति अगाडि छ, राष्ट्र र जनताको भलाइ र कल्याणका कार्यसम्पादन गर्न त्यत्तिकै पछाडि छ । नेताहरू सपनाको व्यापार गर्दछन् । आधारभूत निकास समयसाध्य अभ्यास भएकाले सहज सम्भव नहुने तथ्य नेतृत्ववर्गले अझै बुझेको छैन ।

हाम्रो मुलुकमा राजनीतिक परिवर्तन ज्यादै छिटो छिटो हुने गरेको छ । यस्तो परिवर्तनका कारण राजनीतिक स्थायित्व र स्थिरता बहाल हुनसकेको छैन । मुलुकले लामो समयदेखि एक वा अर्को प्रकृतिको संक्रमण झेल्दै आएको छ । हरेक दश दश वर्षमा संविधान परिवर्तन हुँदै आएको छ ।

नयाँ संवैधानिक व्यवस्था कार्यान्वयनको दशौं वर्षमा हामीले राखेको अपेक्षा कदापि पूरा हुन सक्दैन । लोकतान्त्रिक गणतन्त्र बहालीपछि वर्षैपिच्छे जसो सरकारको परिवर्तन हुने गरेको छ ।

परन्तु दुःखको कुरा के हो भने मुलुक र जनताको अवस्था फेरिन सकेको छैन । एकवर्षे कार्यकालको सरकारले दीर्घकालीन योजनामा हात हाल्न हिचकिचाउनु स्वाभाविकै हुन्छ । सरकार परिवर्तन हुनेबित्तिकै स्थायी सरकार मानिने कर्मचारी संयन्त्रमा पनि व्यापक फेरबदल गरिन्छ । स्थायित्व खलबल्याउनुलाई आफ्नो पुरुषार्थ ठान्दछ नेतृत्वले । स्वल्प दृष्टि र अस्थिर मानस भएको आत्मकेन्द्रित नेतृत्वका कारण राजनीतिमा भ्रष्टाचारले पश्रय पाउने मात्र नभएर अनेकौं विकृति र विसंगतिहरू पनि फस्टाउँदै जान्छन् ।

शासन व्यवस्था दयनीय हुँदै जाँदा मुलुक नै दिनानुदिन कमजोर बन्दै गइरहेको छ । अन्तिम निर्णायक शक्ति भनिने जनता निरीह हुँदैछन् । द्वैध चरित्र भएको ढुलमुले नेतृत्व भएपछि मुलुको अवस्था यस्तै हुन्छ । राष्ट्रिय प्रतिष्ठानमा आँच पुग्ने कार्य नेतृत्व तहबाटै हुने गरेको छ । त्यसैले गर्दा मुलुकप्रति नै हेपाहा व्यवहार हुन थालेको छ । हाम्रो राष्ट्रिय प्रतिष्ठा अरू कसैले बढाइदिने होइन, त्यसैले हाम्रो नेतृत्वको जिम्मेवार मर्यादित र निष्ठापूर्ण आचरणले बढाउने हो ।

नेताहरूले राजनीतिलाई संयोजनकारी र सहकार्यउन्मुख होइन विभाजनकारी र परस्परद्वेषी बनाउँदै लगेका छन् । अनि कसरी उकासिन सक्दछ हाम्रो राष्ट्रिय प्रतिष्ठा ? परस्पर द्वन्द्वलाई प्रश्रय दिने र स्वच्छ वैचारिक प्रतिस्पर्धा गर्न नचाहने नेतृत्ववर्गको प्रवृत्तिका कारण राजनीति विभाजनकारी बन्न पुगेको छ ।

नेतृत्वको अस्वस्थ गतिविधिले गर्दा लोकतन्त्रको सुदृढीकरण, मुलुकको सामाजिक आर्थिक विकास र जनताको समृद्धिको राष्ट्रिय लक्ष्य अस्पष्ट हुँदै गएको छ । मुलुकले प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रसम्मको कष्टपूर्ण यात्रा तय गरिसक्दा धेरै राजनीतिक नेता कार्यकर्ताहरूले आफ्नो हैसियतमा आमूल परिवर्तन गरेका छन् ।

देश र जनताको परिचय भने आजपर्यन्त बदलिन सकेको छैन । बढ्दो आर्थिक विषमताका कारण समन्यायिक समाज स्थापना गर्ने हाम्रो लक्ष्य दूर क्षितिजतिर धकेलिँदैछ । विकासशील मुलुकको परिचय कायम गर्ने यात्रामै छौं हामी । हाम्रो परिचयमा अल्पविकसित मुलुकको फुर्का अद्यापि जोडिएकै छ ।

राजनीतिक परिवर्तन आम जनसमुदायका लागि हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तै भएको छ । विकास प्रक्रियालाई गति दिन दूरदृष्टि कार्ययोजना, सक्षम नेतृत्व, विधिको शासन, जवाफदेहिता, जनउत्तरदायित्व र पारदर्शिता आवश्यक पर्दछ । वास्तविकता के हो भने अहिले यी सबै कुराको खडेरी परेको छ । लोकतन्त्रका आडमा सीमित वर्ग र समूहले तर मारिरहेको अवस्था छ ।

दश वर्षको अवधिमा दशौंवटा प्रधानमन्त्री फेरेर हाम्रो लोकतन्त्रले आफ्नो स्वास्थ्य निकै कमजोर रहेको स्पष्ट सन्देश दिएको छ । लोकतन्त्रको यात्रा सुगम र सहज हुने कुनै लक्षण छैन । लोकतन्त्रका नाममा दलतन्त्र र गणतन्त्रका नाममा ‘गन’ तन्त्र चल्ने खतरा बढ्दै गएको छ । केही राजनीतिक दलका नेता कार्यकर्ताहरू नै संगठित लुटेरा जस्ता प्रतीत हुन्छन् । त्यस्ता नेता कार्यकर्ताबाट लोकतन्त्रको संरक्षण र संवर्द्धन हुने कार्य होला भनेर सोच्न पनि मिल्दैन । हाम्रा केही नेताहरूले आफ्नो बुद्धि र विवेक पनि प्रयोग गर्दैनन् । सापटी लिएको बुद्धि र विवेकबाट परिचालित नेताहरूले मुलुकको स्वाभिमान र राष्ट्रियताउपर आँच पु–याउने सम्भावना बढेर गएको छ ।

समय र पात्र दुवै निःसन्देह बदलिएका छन् । तर मुद्दा र समस्याको प्रकृति भने उस्तै छ । जनजीवनको स्तरमा उत्साहप्रद सुधारको अपेक्षा यथावतै छ । त्यसैले गर्दा राज्य व्यवस्थाप्रति आम जनसमुदायले अपनत्व भाव देखाउन सकिरहेका छैनन् । दलका नेताहरूले दिने गरेका तथानाम आश्वासनहरूले गर्दा एकातिर जनतामा अपेक्षा र आकांक्षा ह्वात्तै बढेको छ भने अर्कोतिर आफ्नो अपक्षाउपर तुषारापात हुँदा उनीहरूमा अविश्वास र निराशा पनि त्यतिकै चुलिएको छ । वास्तवमा नयाँ नयाँ अवसर सिर्जनामा प्रयोगमा आउनुपर्ने राजनीति वितरणमुखी बन्दै गएको छ । विडम्बनाको कुरा के हो भने आफैं याचना गरेर सामाजिक आर्थिक विकासलाई गति दिँदै आएको मुलुकले सामाजिक सुरक्षामा अर्बौं अर्ब रूपैयाँ विनियोजन गर्दछ । मुलुकको अग्रगतिमा अवरोध पु–याउने तत्त्वहरू आन्तरिक र बाह्य दुवै जगतमा बढ्दै गएका छन् ।

राजनीतिक परिस्थिति नसुध्रिँदासम्म राष्ट्रिय विकास प्रक्रियाले गति लिनै सक्दैन । राजनीतिक परिस्थिति रातारात सुध्रिन किमार्थ सक्दैन । राजनीतिक परिस्थितिमा प्रेरणादायी सुधारका लागि नेतृत्व तहमा असल र मुलुक र जनताको भलाइमा समर्पित व्यक्ति पुग्नु जरूरी छ । सरकार र पार्टी दुवैको नेतृत्वमा त्यस्ता व्यक्ति पु–याउने कार्य जनता र राजनीतिक दलका कार्यकर्ताले गर्ने हो । राजनीति बिग्रेको छ भनेर गुनासो गर्दैमा राजनीति सुध्रिने होइन । नेतृत्व चयनका बेला सबै उस्तै हुन् भन्ने होइन, उपलब्धमध्ये सबभन्दा कम खराब त छान्न सकिन्छ । सके असल नै फेला पर्ला ।

नेतृत्व परिवर्तनका लागि जनता र कार्यकर्ताले इमान्दार प्रयत्न गर्नैपर्दछ । अनुचित प्रलोभनमा परेर गलत नेतृत्व चयन गर्नु राष्ट्र र जनताप्रति घात गर्नु हो । आफ्नो भूमिकालाई गौण बनाउन खोज्ने नेतृत्व चयन गर्नु आफ्नै खुट्टामा बञ्चरोले प्रहार गर्नु हो भन्ने कटु वास्तविकता जनता जनार्दनले बोध गर्नु जरूरी छ । आउँदो निर्वाचनमा जनताले आफ्नो सुझबुझ र विवेकको प्रयोग नगरी हुँदैन ।

(रेग्मी नेपाल सरकारका पूर्व सचिव हुन् )

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x