×

NMB BANK
NIC ASIA

इन्टरनेटमा सेन्सरशिप : नेपालमा त्यसको अवस्था र हामीले बुझ्नैपर्ने कुरा

फागुन २, २०७९

NTC
Premier Steels

स्वतन्त्र मिडिया तथा आमसञ्चारको उपस्थिति बेगर लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । आधारभूत मानवअधिकारको रूपमा रहेका अभिव्यक्ति स्वतन्त्रता र मिडियाको स्वतन्त्रताले लोकतन्त्रको गुणस्तर कस्तो छ भन्ने संकेत गर्दछ । इन्टरनेट सञ्चारका लागि सशक्त माध्यमको रूपमा स्थापित भैसकेको अवस्थामा अनलाइनमा हुने सेन्सरशिपको अभ्यास पनि बढ्दै गएको छ । यसले अधिकांश सरकारहरू मिडिया तथा सूचनामाथि सेन्सरशिप लाद्न प्रयास गरिरहेको पुष्टि गर्दछ । 

Muktinath Bank

इन्टरनेट सेन्सरशिप भनेको इन्टरनेटमा सूचनाको प्रकाशन वा प्रवाह तथा त्यसरी इन्टरनेटमा रहेको सूचना वा विषयवस्तुमाथिको पहुँचमा नियन्त्रण गर्नु हो । इन्टरनेट सञ्चालनमा धेरै सरोकारवालाहरू रहने हुँदा यस्तो सेन्सरशिपमा ती सबैको भूमिका र प्रभाव हुने गर्दछ । मुख्यतः यस्तो सेन्सरशिपमा सरकार, निजी संस्था, व्यक्ति वा समूहद्वारा भूमिका निर्वाह गर्ने गरिएको पाइन्छ । राजनीतिक तथा आर्थिक फाइदा, विचार तथा धारणाको दमन र सूचनाको प्रसारमा रोक लगाउने उद्देश्यमा यस्तो इन्टरनेट सेन्सरशिप हुने गर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राज्यलाई कानूनले केही कुरामा इन्टरनेटको विषयवस्तुमाथि नियमन गर्न आवश्यक जिम्मेवारी तोक्ने गरेको पाइन्छ । घृणायुक्त अभिव्यक्ति, मिथ्या समाचार, अनि बालबालिका प्रयोग भएका यौनजन्य सामग्रीजस्ता हानिकारक वा आपत्तिजनक सामग्रीहरू नफैलिऊन् भन्ने उद्देश्यले सेन्सरशिप गर्ने गरेको पनि पाइन्छ । त्यसैगरी सार्वजनिक सुरक्षा, राष्ट्रिय सुरक्षा, बौद्धिक सम्पत्तिको सुरक्षाका नाममा पनि इन्टरनेट सेन्सरशिप हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

स्कूल र पुस्तकालयहरूले अवाञ्छनीय, आपत्तिजनक, उमेर अनुपयुक्त वा गैरकानूनी मान्ने सामग्रीमा इन्टरनेट पहुँच नपुगोस् भनेर सेवाप्रदायकसँग सल्लाह गरी त्यस्ता विषयवस्तु रोकिदिने माग गर्न सक्छन् । यसलाई सेन्सरशिपको सट्टा नैतिक व्यवहारको रूपमा लिइने गरिन्छ । व्यक्ति र संस्थाहरूले नैतिक, धार्मिक वा व्यावसायिक मर्यादा कायम गर्न, सामाजिक मापदण्ड पूरा गर्न र राजनीतिक विचार, धम्की, कानूनी वा अन्य परिणाम भोग्नुपर्ने डरले पनि आत्मकेन्द्रित सेन्सरशिप गर्न बाध्य हुनु परेको देखिन्छ । 

Vianet communication

सरकार वा सरकारी नीतिहरूको आलोचना गरिएका सामग्रीमा पहुँच रोक्न, अभिव्यक्ति स्वतन्त्रता र सूचना प्रवाह नियन्त्रण गर्न पनि कतिपय देशका सरकारले वेबसाइटहरू ब्लक गर्ने, सामग्री फिल्टर गर्ने लगायतका सेन्सरशिपजन्य अभ्यास गरेको पाइन्छ । यस्तो सेन्सरशिप अन्तर्गत वेबसाइटहरू ब्लक गर्ने, सामग्री फिल्टर गर्ने, वेबसाइटहरू ढिलो बनाइदिने तथा निश्चित प्रकारका जानकारीहरूमा पहुँच सीमित गरिदिने जस्ता विषयहरू पर्दछन् । 

यसो गर्नेमा सरकारका र निजी क्षेत्रका अतिरिक्त नियमनकारी निकाय जस्तै नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल, प्रहरी, राजनीतिक दल र उनीहरूका भ्रातृ वा भगिनी संगठन र अन्य विषयवस्तुप्रति चासो राख्ने संघसंस्थाहरू पनि हुन सक्छन् । अन्तर्राष्ट्रिय मान्यता, अभ्यास र सिद्धान्तबमोजिम इन्टरनेटमाथिको सेन्सरशिप सीमित र अत्यावश्यक अवस्थामा मात्र गर्न सकिन्छ ।

यसका लागि नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको १९६६ को धारा १९ र नेपालको संविधानको धारा १७ मा भएको अभिव्यक्ति स्वतन्त्रता तथा धारा १९ मा भएको सञ्चारको हकको सीमामा रहेर मात्र गर्न सकिन्छ । इन्टरनेटलाई आधारभूत मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारको रूपमा लिइएको अवस्थामा यसमाथिको सेन्सरशिपलाई गम्भीर रूपमा लिनु आवश्यक छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रतासम्बद्ध कानून र सिद्धान्तविपरीत गरिने इन्टरनेट सेन्सरशिपले व्यक्ति र समग्र समाजमा नकारात्मक प्रभाव पार्दछ । सेन्सरशिपले अभिव्यक्ति स्वतन्त्रतामा नकारात्मक हस्तक्षेप गर्दछ । उदाहरणका लागी केही देशमा फेसबूक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल ब्लक गरिएका छन् । यसले मानिसहरूको राजनीतिक, सामाजिक विषयवस्तुमा आफ्नो विचार तथा धारणा राख्ने अधिकार नियन्त्रण गर्दछ । यसरी नागरिकले आफ्नो विचार कुनै रोकतोकविना व्यक्त गर्न पाउने लोकतन्त्रको एउटा मुख्य विशेषतामाथि नै प्रहार हुन्छ ।     

सेन्सरशिपले सूचना र समाचारहरूमाथि नियन्त्रण गर्दा नागरिकहरू सही जानकारी पाउन र बुझ्न वञ्चित हुन्छन् । यसले विषय बुझेर आफ्नो मत जाहेर गर्ने र निर्णय गर्ने नागरिकको क्षमतामा कमी आउँछ । इन्टरनेट सेन्सरशिपले मानवअधिकारकर्मी, नागरिक समाज र सीमान्तकृत समूहहरूको अधिकार र वकालत क्षमतामा नकारात्मक प्रभाव पार्न सक्दछ । यसैगरी इन्टरनेट सेन्सरशिपले अनलाइन बजार र अन्य प्लेटफर्महरूमा पहुँच नियन्त्रण गर्दै आर्थिक अवसरहरूलाई पनि सीमित बनाउँछ । मिडियाहरूको पहुँच र प्रभाव कम हुन्छन् । 

नीति र प्रविधिबाहिर रहेर पनि इन्टरनेटमा सेन्सर गर्न बाध्य पार्ने गरिएका अभ्यास पनि धेरै मात्रामा देखिन्छ । सरकारको विरोधमा विषयवस्तु प्रकाशन गरेको आधारमा कुनै मिडियाको विज्ञापन रोक्ने कार्य संघका निकायदेखि स्थानीय तहसम्ममा देखिएको छ । 

अभ्यासका दृष्टिले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई प्रतिबन्ध लगाउन प्रयोग गरिने अनलाइन सेन्सरशिपलाई नीतिगत, प्रविधिगत, अभ्यासगत भनेर पनि वर्गीकरण गर्न सकिन्छ । 

सरकारले नीतिगत व्यवस्था गरेरै इन्टरनेटमाथिको सेन्सरशिप गर्ने गरेको पाइन्छ । सामान्यतः यस्तो व्यवस्थामा सरकारले राम्रो कामका लागि इन्टरनेटमाथिको सेन्सरशिपसम्बन्धी प्रावधानको व्यवस्था गरेको हुन्छ । यस्तो व्यवस्थामा अस्पष्ट, अमूर्त तथा द्विअर्थी शब्दको प्रयोग गरिएको हुन्छ । राम्रो काम गर्न सकिने इन्टरनेटको सेन्सरशिपलाई सरकारले आफू र आफ्नो स्वार्थ अनुकूल व्याख्या र दुरुपयोग हुने गरेको पाइन्छ । धार्मिक दुस्प्रचार गरेको/भएको भनेर पाकिस्तानले हालसालै विकिपिडियामाथि प्रतिबन्ध लगाएको छ । नेपालमा पनि विद्युतीय कारोबारसम्बन्धी ऐन २०६३ को दफा ४७ मा केही विषयवस्तुमाथि रोक लागाउने व्यवस्था गरिएको छ । 

निर्वाचनको समयमा निर्वाचनलाई प्रभाव पार्न सक्ने भन्ने आधारमा उमेदवार तथा दलहरूप्रति हुने वा व्यक्त गर्न सकिने आवाज दबाउन पनि इन्टरनेटको व्यापक सेन्सर हुने गर्दछ । नेपालमा हालै सम्पन्न दुई निर्वाचनमा पनि निर्वाचन आचारसंहिताले सामाजिक सञ्जाल तथा अनलाइनमा प्रवाह हुन सक्ने विषयवस्तुमाथि रोक लगाएको थियो । निर्वाचनको समयमा सञ्चालन भएको ‘नो नट अगेन’ अभियानमाथि रोक लागाउने प्रयास समेत भएको थियो । सर्वोच्च अदालतले त्यस्ता रोक वा विषयवस्तुको सेन्सर गर्ने गरी थोपरिएको नीति वा आचारसंहितामाथि प्रश्न उठाएको थियो । 

इन्टरनेट सेवा प्रदायकहरूले मुख्यरूपमा इन्टरनेटको विषयवस्तु, वेबसाइट तथा ती वेबसाइटमा सहज पहुँचमा प्राविधिक रूपमा सीमा सिर्जना गर्ने गर्दछन् । यसरी प्रविधि वा विषयवस्तुको फिल्टरिङ गर्ने कार्य प्रविधिगत रूपमा गरिन्छ । इन्टरनेट सेवा प्रदायकहरूले केही वेबसाइट नेपालमा चल्न नसक्ने गरी बन्द गराइदिने गर्दछन् । 

सरकारको निर्णय र नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा नेपालमा पोर्न वेबसाइटहरू नचल्ने गरी व्यवस्था गरिएको छ । कतिपय अवस्थामा केही इन्टरनेट सेवा प्रदायक तथा कम्पनीले आफ्नो बारेमा नकारात्मक समाचार आएकोमा वेबसाइटबाट विषयवस्तु नै हटाइ दिने वा निश्चित वेबसाइटहरू नचल्ने बनाएका उदाहरण पनि छन् । यस्तै गत निर्वाचन तथा कोभिडको समयमा नेपालमा दर्ता नभएको भनेर प्रेस काउन्सिलको निर्देशनमा लगभग ५० भन्दा बढी वेबसाइटहरू नेपालमा नचल्ने बनाइएको थियो । 

उस्तै सेवा दिने कम्पनीको प्रतिस्पर्धा, कुनै विषयवस्तु नागरिकको तहमा नजाओस् भन्ने चाहना आदिको कारणले पनि सेवा प्रदायकले अनधिकृत रूपमा इन्टरनेटमा सेन्सरशिप गर्ने गरेको पाइन्छ । कतिपय अवस्थामा यस्तो सेन्सरशिपमा प्रविधि प्रयोग गरिएको र नभएको अधिकार प्रयोग गरी राज्यकै अंग वा नियमनकारी निकायले पनि यसको दुरुपयोग गरेको पाइन्छ । 

नीति र प्रविधिबाहिर रहेर पनि इन्टरनेटमा सेन्सर गर्न बाध्य पार्ने गरिएका अभ्यास पनि धेरै मात्रामा देखिन्छ । सरकारको विरोधमा विषयवस्तु प्रकाशन गरेको आधारमा कुनै मिडियाको विज्ञापन रोक्ने कार्य संघका निकायदेखि स्थानीय तहसम्ममा देखिएको छ । 

कुनै निजी कम्पनी, बैंक तथा सेवा प्रदायकले पनि आफ्नो कमी कमजोरीको बारेमा इन्टरनेटमा आउने विषयवस्तु रोक्न विभिन्न उपायहरू अपनाउने गरेको पाइन्छ । विभिन्न किसिमका धम्की दिने, विज्ञापनबाट वञ्चित गर्ने तथा अन्य अवसरबाट बाहिर पार्नेसम्मका कार्य पर्दछन् । यस्ता व्यवहारले सेल्फ सेन्सरशिपलाई बढाउने नागरिककको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकबाट वञ्चित गर्ने गर्दछ । 

इन्टरनेटको बहुआयामिक प्रयोग र त्यसमार्फत प्रवाह हुने सूचना तथा जानकारीको सहज र विना रोकावट प्रवाह हुने अवस्था प्रत्याभूत गर्न राज्यले आवश्यक कानूनको तर्जुमा र त्यसको कार्यान्वयनका लागि पहल गर्न आवश्यक छ । यसैगरी सेवा प्रदायकले पनि कानूनको पालना र नागरिकको अधिकारको सम्मान गर्न उचित ध्यान दिनु जरुरी छ ।

नागरिक समाज र मिडियाहरूले पनि इन्टरनेट सेन्सरशिपको बारेमा उचित अनुगमन र त्यसविरुद्ध वकालतका लागि सधैं चनाखो भएर बस्नु नै आजको आवश्यकता हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x