×

NMB BANK
NIC ASIA

फ्रान्सेली राष्ट्रपतिको चीन भ्रमण

म्याक्रोंको बेइजिङ यात्रा : अमेरिका र चीनबीचको सन्तुलनकारी शक्ति बन्न खोज्दै फ्रान्स !

चैत २३, २०७९

NTC
Premier Steels

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों तीनदिने चीन भ्रमणका क्रममा बुधवार बेइजिङ पुगेका छन् । 

Muktinath Bank

तीन वर्षभन्दा बढीको अन्तरालमा म्याक्रों चीन पुगेका हुन् । कोभिड महामारी तथा रुस–युक्रेन द्वन्द्वका कारण म्याक्रों चीन जान सकेका थिएनन् । अहिले व्यापारीहरूको विशाल टोलीका साथ उनी चीन पुगेर विश्वको दोस्रो अर्थतन्त्रसँग आर्थिक सम्बन्ध कायम राख्नका लागि कोशिश गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिमी सञ्चारमाध्यमहरूमा म्याक्रोंले चीनका राष्ट्रपति सी चिनपिङलाई रुस–युक्रेन युद्ध रोक्नका लागि थप सक्रिय पहल गर्न अनुरोध गर्ने उल्लेख गरिएको छ । यस द्वन्द्वलाई रोक्न सक्ने क्षमता चीनसँग मात्र छ किनकि रुसमाथि चीनको प्रभावका कारण पुटिनले सीलाई सुन्छन् भन्ने कुरामा म्याक्रों तथा पश्चिमी जगत विश्वस्त छन् । 


Advertisment
Nabil box
Kumari

युद्ध शुरू हुनुअघि त्यसलाई रोक्न आफैं मस्को पुगेका अनि युद्ध चलिरहेको बेलामा पनि पुटिनसँग फोनमा कुराकानी गरेका म्याक्रोंले आफ्नो तहबाट युद्ध रोक्न सम्भव नरहेको कुरा बुझेर सीलाई पुकारा गरिरहेका हुन् । 

Vianet communication

आज (६ अप्रिल) म्याक्रों र सीबीच भेटघाट हुँदैछ र उनीहरूले युक्रेन युद्धका विषयमा कुराकानी गर्नेछन् । त्यसो त चीनले १२ बुँदे शान्ति प्रस्ताव ल्याएर युद्ध रोक्नका लागि पहल थालिसकेको छ । युद्धरत दुवै पक्षलाई शान्ति प्रस्तावका केही बुँदा मान्य छन् भने अन्य बुँदामा उनीहरू सहमत छैनन् । 

युद्धका कारण सबभन्दा बढी समस्या युरोपले बेहोर्नुपरिरहेको तीतो यथार्थलाई म्याक्रोंले सीसमक्ष राख्ने द गार्डियन पत्रिकामा एन्जलिक क्रिसाफिस र एमी हकिन्स लेख्छन् । पुटिनमाथि कूटनीतिक दबाब दिई युद्ध अन्त्यका लागि पहल गर्न सीलाई म्याक्रोंले अनुरोध गर्ने सम्भावना छ । 

त्यसका साथै चीनसँगको आर्थिक सम्बन्धलाई अघि बढाउने उद्देश्य पनि म्याक्रोंले लिएका छन् । अमेरिकाले फ्रान्स लगायतका पश्चिमा साझेदारहरूलाई चीनसँगको आर्थिक सम्बन्धविच्छेदका लागि प्रेरित गरिरहेको वर्तमान परिस्थितिमा म्याक्रोंले फ्रान्सको स्वतन्त्र वैदेशिक आर्थिक नीतिलाई स्थापित गर्न खोजेको देखिन्छ । 

युरोपको रणनीतिक स्वायत्तताको पैरवी गर्ने तथा व्यावहारिकतावादी नीति अपनाउने म्याक्रोंले फ्रान्सलाई अमेरिका र चीनबीचको सन्तुलनकारी शक्तिका रूपमा उभ्याउन खोजेका छन् । त्यसैले चीनसँग कटुतापूर्ण सम्बन्ध राख्नका लागि अमेरिका र युरोपका अन्य केही देशले गरेको प्रयासका विपरीत म्याक्रोंले राष्ट्रपति सीसँग दक्षिणी भागमा रहेको क्वाङ्चाउको शुक्रवार भ्रमण गर्ने कार्यक्रम छ । 

रोयटर्स समाचार संस्थामा मिसेल रोज र लाउरी चनको सामग्रीमा उल्लेख भएअनुसार, म्याक्रोंले चीनसँग व्यापारिक तथा कूटनीतिक सम्बन्ध घटाउने कार्यको प्रतिकार गर्नुपर्ने बताए । बेइजिङ र पश्चिमका बीच पार पाउनै नसकिने तनावको स्थिति रहेको भन्ने भाष्यलाई म्याक्रोंले अस्वीकार गरेका छन् । 

अनि चिनियाँ विश्लेषकहरू युरोपका अन्य देशभन्दा फ्रान्ससँग चीनको सम्बन्ध बलियो रहेको मान्यता राख्छन् । गत फेब्रुअरी महिनामा प्रकाशित एक प्रतिवेदनमा फुदान विश्वविद्यालयका प्राध्यापक चाङ ची र स्वे शङले अकस सम्झौताका कारण फ्रान्स र अमेरिकाको सम्बन्ध बिग्रिएको अनि रुस–युक्रेन द्वन्द्वमा अमेरिका र फ्रान्सले रुसलाई हेर्ने दृष्टिकोणमा भिन्नता देखिएको तर्क गरेका छन् । त्यसैले कतिपय चिनियाँहरू म्याक्रोंलाई केही हदसम्म मैत्रीपूर्ण पश्चिमी नेताका रूपमा लिन्छन् । 

तर पोलिटको पत्रिकाका सुजेन लिन्च र स्टुअर्ट लाउको शब्द सापटी लिँदै भन्नुपर्दा अमेरिकी दबाबमा म्याक्रोंले  युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयनलाई पनि आफूसँगै बेइजिङ लगेका छन् । 

उर्सुलाले चीनविरुद्ध कठोर रवैया अपनाइरहेकी छन् । अमेरिकाले भनेको जस्तो चीनसँग पूर्ण सम्बन्ध विच्छेद (डिकपलिङ) शब्दावलिको साटो उनले जोखिमरहितता (डि–रिस्क) भन्ने शब्द प्रयोग गरेकी छन् । संवेदनशील प्रविधिमा चीनको पहुँचलाई सीमित पार्ने अनि महत्त्वपूर्ण वस्तुहरूमा चीनप्रतिको निर्भरता घटाउने उनको आशय हो । यो एक किसिमले भन्दा नरम किसिमको सम्बन्ध विच्छेद हो । 

चीनप्रति म्याक्रोंको लचिलो दृष्टिकोण अनि उर्सुलाको कठोर दृष्टिकोणलाई बीबीसीकी टेस्सा वोङले ‘गूड कप, ब्याड कप’ (नरम र कठोर प्रहरी) का रूपमा चित्रित गरेकी छन् । अमेरिकाका राष्ट्रपति जो बाइडनसँग निकट सम्बन्ध राख्ने अनि नेटोको अडानलाई खुलेर समर्थन गर्ने उर्सुला ब्याड कप हुन् भने चिनियाँ शान्ति प्रस्तावमा मिलनविन्दु भेटिएको भन्ने म्याक्रों गूड कप हुन् । 

चीनले युरोपेलीहरूबीचको मतभिन्नतालाई आफ्नो पक्षमा उपयोग नगरोस् भन्नका लागि म्याक्रोंसँग उर्सुला पनि पछि लागेको देखिन्छ ।

युरोपका प्रभावशाली मुलुकलाई अमेरिकी प्रभावबाट मुक्त गरी आफूसँगको सम्बन्ध सुधारका लागि फकाउने चीनको उद्देश्य रहेको कतिपय विश्लेषकहरूको मत छ । फ्रान्स अनि (केही हदसम्म) जर्मनी अमेरिकी नेतृत्वको एंग्लो–स्याक्सन कठोर नीतिबाट प्रस्थान गरी स्वतन्त्र नीति अपनाउन खोज्छन् र त्यसलाई रोक्न अमेरिकाले उर्सुलालाई उपयोग गर्न खोजेको देखिन्छ । 

बेइजिङमा म्याक्रों र उर्सुलाले ताइवानका विषयमा चीनलाई संयमित रहनका लागि आग्रह गर्ने बताइएको छ । तर ताइवानकी राष्ट्रपति त्साई इङ–वनले अमेरिकामा त्यहाँका सभामुख केभिन मककार्थीसँग बुधवार भेटघाट गरेपछि आक्रोशित चीनले ताइवान नजिक एन्टी–सबमरिन हेलिकप्टर र तीनवटा युद्धपोत पठाएको खबर छ । त्यसैले आफ्नो सार्वभौम भूभागका रूपमा लिएको ताइवानका विषयमा चीनले कुनै लचकता अपनाउने छैन । 

त्यसैले पश्चिमले अपेक्षा गरेजस्तो म्याक्रों र उर्सुलाको यो साझेदारीको असर राष्ट्रपति सीमाथि पर्ने सम्भावनाका विषयमा शंका छ । रुसलाई घातक हतियार सहयोग नगरे पनि रुसको सुरक्षा चिन्तालाई गम्भीरतापूर्वक लिएको चीनले कारोबारी सम्बन्ध कायम राखिरहनेछ । वास्तवमा भन्ने हो भने रुसमाथि चीनको प्रभावका कारण युरोपको सुरक्षामा चीनसँगको सुसम्बन्ध महत्त्वपूर्ण हुनाले युरोपेली संघले चीनसँग निहुँ खोज्ने सुविधा छैन । 

अनि रुस–युक्रेन द्वन्द्वका कारण युरोपको अर्थतन्त्र पनि अभूतपूर्व रूपमा दबाबमा परेको स्थितिलाई युरोपेली नेताहरूले विचार गरिरहेको हुनुपर्छ । विशेषगरी फ्रान्समा बढ्दो महंगीका कारण आक्रान्त जनतालाई म्याक्रों सरकारले ल्याएको सेवानिवृत्ति उमेर बढाउने निर्णयले आक्रोशित बनाइरहेको छ । उनीहरूको निरन्तर विरोध प्रदर्शनका कारण त्यहाँ आर्थिक र सामाजिक कठिनाइहरू देखिन थालेका छन् । 

यस्तो स्थितिमा चीनसँग थप सहकार्य गरेमा मात्र फ्रान्सले अर्थतन्त्र उकास्ने अवसर पाउनेछ भनी चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेशन्सका रिसर्च फेलो सन कछिनले ग्लोबल टाइम्सलाई दिएको टिप्पणी सान्दर्भिक छ । यो कुरा फ्रान्स मात्र नभई सम्पूर्ण युरोपको सवालमा पनि लागू हुन्छ ।

युरोपको रणनीतिक स्वायत्तताको पैरवी गर्ने तथा व्यावहारिकतावादी नीति अपनाउने म्याक्रोंले फ्रान्सलाई अमेरिका र चीनबीचको सन्तुलनकारी शक्तिका रूपमा उभ्याउन खोजेका छन् । त्यसैले चीनसँग कटुतापूर्ण सम्बन्ध राख्नका लागि अमेरिका र युरोपका अन्य केही देशले गरेको प्रयासका विपरीत म्याक्रोंले राष्ट्रपति सीसँग दक्षिणी भागमा रहेको क्वाङ्चाउको शुक्रवार भ्रमण गर्ने कार्यक्रम छ । 

म्याक्रोंको ताजा चीन भ्रमण दुवै पक्षका लागि उत्तिकै महत्त्वपूर्ण रहेको छ । बहुध्रुवीय विश्वमा स्वतन्त्र परराष्ट्रनीति अपनाउँदै फ्रान्सले चीनप्रति युरोपेली संघको भन्दा लचिलो दृष्टिकोण राख्दै आर्थिक र कूटनीतिक सम्बन्ध कायम गर्नु सुखद घटनाक्रम हो । फ्रान्सलाई चीनसँगको सामीप्यको मूल्य चुकाउनका लागि एकध्रुवीयता पक्षधर शक्तिले कदम चाल्न सक्ने सम्भावनालाई चाहिँ इन्कार गर्न सकिँदैन । 

सीका बुवा सी चोङसुनले क्वाङ्चाउमा चीनको आर्थिक सुधारको सूत्रपात गरेकाले उक्त स्थान सीका लागि विशेष महत्त्वपूर्ण छ । उक्त भ्रमणमा म्याक्रोंसँग उर्सुला रहने छैनन् अनि सी र म्याक्रोंले खुलेर कुरा गर्ने अवसर पाउनेछन् । त्यस्तै म्याक्रोंसँग गएका ५३ जना कारोबारी सीईओहरूले चीनसँगको आर्थिक सम्बन्धको घनत्व वृद्धिमा पैरवी पनि गर्नेछन् ।  

त्यसो त चीनलाई पनि युरोपसँगको सम्बन्धमा कठोरता अपनाउने सुविधा छैन । अमेरिकासँगको सम्बन्ध बिग्रिरहेको बेलामा विश्वका अन्य मुलुकहरूसँगको आर्थिक सम्बन्ध वृद्धि गर्ने चीनको रणनीति छ र युरोप त्यसका लागि महत्त्वपूर्ण कडी हो । त्यसैले गत फेब्रुअरीमा चीनका शीर्ष कूटनीतिकर्मी वाङ यीले युरोपका विभिन्न देशहरूको भ्रमण गरी सम्बन्ध सुधारका लागि पहल गरेका थिए । 

चीन आफैं पनि आर्थिक रूपमा स्वनिर्भर हुन खोजिरहेको छ र राष्ट्रपति सीले दोहोरो परिचालन (डुआल सर्कुलेशन) को नीति ल्याएर विदेशी कारोबार तथा आन्तरिक उपभोगलाई वृद्धि गराउन खोजेका छन् । विदेशी कारोबार युरोपका शीर्ष अर्थतन्त्रहरूसँगको आर्थिक सुसम्बन्धबाट बढ्ने हो । 

त्यसैले म्याक्रोंको ताजा चीन भ्रमण दुवै पक्षका लागि उत्तिकै महत्त्वपूर्ण रहेको छ । बहुध्रुवीय विश्वमा स्वतन्त्र परराष्ट्रनीति अपनाउँदै फ्रान्सले चीनप्रति युरोपेली संघको भन्दा लचिलो दृष्टिकोण राख्दै आर्थिक र कूटनीतिक सम्बन्ध कायम गर्नु सुखद घटनाक्रम हो । फ्रान्सलाई चीनसँगको सामीप्यको मूल्य चुकाउनका लागि एकध्रुवीयता पक्षधर शक्तिले कदम चाल्न सक्ने सम्भावनालाई चाहिँ इन्कार गर्न सकिँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x