×

NMB BANK
NIC ASIA

‘फ्री भिसा फ्री टिकट’मा गोलमाल गर्ने ३० म्यानपावर कम्पनीलाई कारबाही

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १६ भदौ– फ्री भिसा फ्री टिकटको विवरण गोलमाल गर्ने ३० वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।

फ्री भिसा फ्री टिकट कार्यान्वयनका सन्दर्भमा विभागले म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको थियो । तर विभागको निर्देशन अनुसार प्रतिवेदन पेस नगरेर फ्री भिसा फ्री टिकटको प्रतिवेदनमा ३० वटा म्यानपावर कम्पनीले गोलमाल गरेको भेटिएको हो ।

वैदेशिक रोजगार विभागले फ्री भिसा फ्री टिकटको विवरण गोलामाल गर्ने ३० म्यानपावर कम्पनीलाई कारबाही गरेको जनाएको छ ।

वैदेशिक रोजगार विभागमा प्रवक्ता मोहन अधिकारीले सम्पूर्ण म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिइएको भएपनि ३० म्यानपावर कम्पनीले अटेरी गरेको बताए ।

अटेर गर्ने ३० म्यानपावर कम्पनीलाई कारबाही गरिएको उनले जानकारी दिए । ‘विवरण नपठाउने ३० कम्पनीलाई विभागले स्पष्टिकरण मागेको थियो,’ विभागका प्रवक्ता अधिकारीले भने, ‘विभागलाई स्पष्टिकरण बुझाएका १४ कम्पनीलाई जनही ५० हजार जरिवाना गरिएको छ ।’

बाँकी १६ कम्पनीले विभागलाई स्पष्टिकरण समेत बुझाएनन् । विभागले स्पष्टिकरण नबुझाउने १६ कम्पनीलाई जनही एक लाख जरिवाना गरेको छ । ‘एक लाख भएका कम्पनीहरुलाई पनि विवरण पेश गर्न फेरि निर्देशन दिएका छौं, कतिपयले विवरण बुझाइरहेका छन्,’ अधिकारीले भने, ‘फ्री भिसा फ्री टिकट कार्यान्वयनमा समस्या देखिएको गुनासो आएपछि विभागले विवरण मागेको हो ।’

फ्री भिसा फ्री टिकटमा विदेश पठाउँदा १० हजार रुपैयाँ भन्दा धेरै रकम कामदारसँग लिन पाइँदैन । सुशील कोइराला नेतृत्वको तत्कालिन सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो ।

तर म्यानपावर व्यवसायिहरुले खुलेआम सरकारले तोकेको भन्दा धेरै रकम लिएर विदेश पठाउने गरेका छन् ।

म्यानपावर कम्पनीहरुले कम्तीमा पनि ५० हजार रुपैयाँ नलिइ कामदारलाई विदेश पठाउँदैनन् । तर म्यानपावर कम्पनीको नियमन गर्ने वैदेशिक रोजगार विभागले कम्पनीहरुलाई नियमन गर्न सकिरहेको छ ।

फ्री भिसा फ्री टिकटको सन्दर्भमा लामो समयदेखि गुनासो आइरहेको छ । तर विभागले अहिले आएर बल्ल ३० कम्पनीलाई कारबाही गरेको हो । आर्थिक वर्ष २०७३/०७४ को विवरण विभागले मागेको थियो । विभागले मागेको विरण नमागेपछि कम्पनीहरुलाई कारबाही गरिएको हो ।

हाल नेपालमा चलेका तथा बन्द भएको अवस्थामा झण्डै एक हजार म्यानपावर कम्पनी छन् ।

विभागको कारबाहीमा परेका कम्पनीहरू

सिद्धार्थ गौतम ओभरसिज
यूनाइटेड प्लेसमेन्ट एण्ड इम्प्लोइमेन्ट
क्यापिटल रिक्वीटमेन्ट
मुनलाइट इन्टरनेसनल
सन रे ग्लोबल
स्काई इन्टरप्राइजेज
इनोभेटिभ सर्भिसेस
फिरडोस इन्टरनेसनल
एस आर एस ओभरसिज सर्भिसेस
रेड रोज इन्टरनेसनल
हमिद इन्टरनेसनल
सार्प ह्युमन रिसोर्सेस
नेपाल रिक्वीटिङ
कौशिक जनशक्ति
मुस्ताङ ओभरसिज
सिनमल गुर्खा
राइजिङ स्टार ओभरसिज
बेबि एन्जल
पिस नेपाल ओभरसिज
जब सिकर म्यानपावर
सारथी ओभरसिज
एसोसियट्स वेलकम
रिजा ओभरसिज
एपोलो ओभरसिज
एबिसी ओभरसिज
स्तुपा ओभरसिज
मेरिडेज ओभरसिज
ओमश्री महाशक्ति ओभरसिज
ढुवानी इन्टरनेसनल
एनएसओ कन्सल्ट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x