×

NMB BANK
NIC ASIA

आलेख

मुख लुकाएर हिँड्नुपर्ने अवस्था आयो, अनुहारमा पोतिएको 'ध्वाँसो' सफा गरौं !

बैशाख २५, २०८०

NTC
Premier Steels

दलको उच्च तहमा कुनै भरपर्दो र बलियो पहुँच नभएको व्यक्ति वा दलको सदस्यले आधिकारिक फोरममा बहस गर्ने हैसियत नराख्दोरहेछ ।

Muktinath Bank

दलले त्यस्ता पात्रहरूलाई ठाडै नजरअन्दाज गर्दा रहेछन् । अनि त्यस्ता पात्रले सार्वजनिक मञ्चलाई बाध्यतावश उपयोग गर्नुपर्दो रहेछ । यो पंक्तिकार यतिबेला त्यही श्रेणीमा पर्छ । त्यसैले इतिहासमै सर्वाधिक संकटबाट गुज्रिरहेको नेपाली कांग्रेस र अरू पुराना राजनीतिक दल समेतका लागि उपयोगी हुन सक्ने ठानेर केही सुझावलाई प्रस्तावको रूपमा सार्वजनिक गर्दा सान्दर्भिक नै होला । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक दल वा कुनै पनि संस्था पुरानो हुन सक्छ तर बुढो र अशक्त हुँदैन । साथै हुन दिनु पनि हुँदैन । मानिस, पशुपन्छी, वनस्पति सबै बुढा एवं अशक्त हुन्छन् र अन्ततः मृत्युवरण गर्छन् । अहिलेसम्म यसलाई प्राकृतिक नियम मानिन्छ । अजम्बरी कोही छैन । यो दुनियाँ सबैको अस्थायी निवास हो । तर संस्थालाई श्रृष्टिको अविच्छिन्न शृंखलाले बचाउँछ । एउटा गए अर्को आउँछ काँध थाप्न । संस्था टुहुरो बन्न पर्दैन ।


Advertisment
Nabil box
Kumari

संस्थाको दुरदर्शी नेतृत्वले आफ्नो शेखपछिको समेत उपयुक्त बन्दोबस्त मिलाएर जान्छ । बेलायतमा सन् १८३४ मा कन्जरभेटिभ पार्टी स्थापना भएको हो र सन् १९०० मा लेबर पार्टी । ती पार्टीहरू अहिलेसम्म बुढा र अशक्त भएका छैनन्, झन् खारिएका छन् । भारतीय राष्ट्रिय कांग्रेस नै १८८५ मा स्थापना भएको हो ।

Vianet communication

अमेरिकी डेमोक्रेटिक पार्टी सन् १८२८ मा र रिपब्लिकन पार्टी १८५४ मा स्थापना भएका हुन् । ती पार्टी पनि पुराना मात्र भए, अशक्त र रुग्ण होइनन् । नेपालको परिप्रेक्ष्यमा कांग्रेस नै सर्वाधिक पुरानो प्रजातान्त्रिक पार्टी हो । कम्युनिस्ट पार्टी त्यसपछिको हो । कांग्रेसभन्दा पुरानो नेपाल प्रजा परिषदले तत्कालै सान्दर्भिकता गुमाउन पुग्यो ।

नेपालका समकालीन दलहरूको अन्तर्य या गहिराइमा गएर हेर्ने हो भने चाणक्यको भनाइले सबैलाई झस्काउँछ, जो कालजयी र अनुकरणीय छ । दलहरूप्रति वितृष्णा र नैराश्यता आउनुमा यो व्यवहार प्रमुख कारक रहेको छ । 

उनी भन्छन्, हामी हिरालाई शिरमा मुकुट बनाएर लगाउँछौं । हार बनाएर लगाउँछौं । यसको कारण के हो त ? के हिरा सुन्दर भएर मात्र हो ? यो पत्थर हो र कठोर पनि छ । फूल निकै सुन्दर हुन्छ, तथापि कहिलेकाहीँ भुइँमा ओछ्याउँछौं र त्यसमाथि हिँड्छौं किनभने त्यो कोमल छ । हिरामाथि हामी हिँड्न सक्दैनौं ।

यदि हिँड्न खोज्यौं भने हाम्रो बेहाल हुन्छ । त्यसैले हिरालाई मानसम्मानका साथ आभुषणको रूपमा पहिरिन्छौं । हिराजस्तै हो समाजको प्रतिभाशाली व्यक्ति । उसलाई पैतालामुनि दबाउन खोजियो भने तवाही मच्चाउँछ र संस्था वा देश बर्बाद पनि हुनसक्छ । त्यसैले कुनै पनि संस्था, राजनीतिक दल वा देशले मेधावी र प्रतिभाशाली व्यक्तिहरूको उच्च कदर गर्नैपर्छ ।

एउटा कुरा कदापि बिर्सनु हुँदैन कि प्रतिभाशाली व्यक्ति बलशाली घोडा होइन, जसलाई लुरे तर धुर्त मान्छेले लगाम लगाएर आफ्नो स्वार्थ पूरा गरोस् । दलका योग्य, इमान्दार र निष्ठावान सदस्यहरूको अपहेलनाले कसैको हित गर्दैन । तर, विडम्बना यहाँ यस्तो हुँदै आएको छ । 

सम्पूर्ण एकता 

अहिलेको प्रथम आवश्यकता दलभित्र सम्पूर्ण एकता हो किनभने हामी इतिहास कै जटिल मोडमा छौं । दल र लोकतन्त्र बचाउन एकता पहिलो शर्त हो । देश र समाजको दुरावस्थाको कारक हाम्रो घरझगडा हो, अन्तरकलह हो ।

कलहकै कारण ०४८ सालको छँदाखाँदाको बहुमतको सरकार ढल्यो र देशले मध्यावधि चुनाव झेल्नुपर्‍यो । अन्तरकलहकै परिणाम थियो ०५९ को संसद् विघटन र पार्टी विभाजन । यी दुई घटनाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गम्भीर क्षति पुगेको छ । हाम्रा निम्ति त्यो ऐतिहासिक दुर्घटना ठूलो शिक्षा हो । कम्युनिस्ट पार्टीहरूको एकता र विभाजनको छुट्टै शृंखला छ ।

दलको हकमा सुधारका विभिन्न वैधानिक विकल्पहरू छन् । त्यसमध्येको उपयुक्त विकल्प प्रयोग नगरी सुखै छैन । यसमा अब किन्तु परन्तु चल्दैन । यसका लागि दलकै अगुवाहरूको अग्रसरता चाहिन्छ ।

कलहका कारण देश, जनता र हामी स्वयंले ठूलो मूल्य चुकाएका छौं । राष्ट्रको साढे तीनदशक लामो बहुमूल्य समयमा खासै ठूलो उपलब्धि प्राप्त नभई त्यसै खेर गएको छ । त्यसैले इतिहासबाट शिक्षा लिएर हामी जुट्नुको कुनै विकल्प छैन । दलभित्रको वृहत् एकता त्यो पनि व्यवहारबाट प्रदर्शन हुनुपर्छ ।

महान् विचारक, राजनीतिज्ञ तथा कूटनीतिज्ञ चाणक्य भन्छन्, हामीबाट विगतमा भएको भुल वा त्रुटिका आधारमा आफ्नो चरित्रलाई परिभाषित गर्नुहुँदैन । साथै त्यही भुल सम्झेर आत्मग्लानि वा अपराधबोधले झोक्राउनु पनि हुँदैन । भुल वा त्रुटि जोबाट पनि हुन सक्छ । त्यही भुलबाट सिकेर लक्ष्यतर्फ अगाडि बढ्नुपर्छ । अहिले त्यही समय आएको छ ।

विगतका भुलहरूलाई आत्मसात गरी प्रायश्चितका साथ अघि बढ्ने र त्यस्ता भुलहरू दोहोरिन नदिने कुरा नै आजको पहिलो आवश्यकता हो ।

अनुहार सफा गरौं 

निकै लामो र कठिन संघर्षको परिणामस्वरूप नेपालमा बारम्बार प्रजातन्त्र आएको हो । यसमा धेरै नेपालीहरूको ठूलो योगदान छ । तर यसलाई सीमित व्यक्तिले दुरुपयोग गरे । यहाँसम्म कि असाधारण योगदान पुर्‍याउने व्यक्तिहरूको समेत हुर्मत लिइयो र घोर अपमान गरियो जसको क्षतिपूर्ति अब सम्भव छैन । र, कसैले क्षतिपूर्ति मागेको पनि छैन ।

दलका नेताहरूले प्राप्त गरेका अवसरहरूलाई जनहितमा उपयोग गर्नुको सट्टा निजी स्वार्थमा प्रयोग गरे । यसले दलका कार्यकर्ता र जनता समेत ठूलो मारमा परे । नेपालका पुराना राजनीतिक दलका नेताहरूले सर्वप्रथम आफ्नो अनुहार राम्रोसँग नियाल्नुपर्छ र नराम्ररी पोतिएको धूलोमैलो सफा गर्नुपर्छ । ऐना मैलिएको होइन अनुहारमा ध्वाँसो पोतिएको हो । राजनीतिक दल र संस्था आफैंमा दोषी छैनन्, दोष सीमित पात्रको मात्र हो । 

महाभारतमा भगवान् कृष्ण भन्छन्, हातको एउटा औंलामा चोट लागे पनि पीडा पूरा शरीरले झेल्नुपर्छ । परिवारको एउटा सदस्यले बाटो बिराए पनि पूरा परिवारले अवगाल सहनुपर्छ । आज नेपालमा राजनीतिक दलका सीमित नेताहरूले बाटो बिराउँदा सिंगो दल बदनाम छन् । दलका सदस्यहरू समाजमा मुख लुकाएर हिँड्नुपर्ने अवस्था छ । काम बिगार्नेहरूका तर्फबाट पार्टीका निर्दोष कार्यकर्ताले जनतालाई जवाफ दिनुपर्ने स्थिति छ ।

सार्वजनिक समारोहमा पुराना दलका कार्यकर्ताले पाइलापाइलामा निन्दा र अपमान सहनुपर्ने अवस्था छ । यसको कारण कार्यकर्ता होइनन्, केही नेता हुन् । स्वयं दल पनि होइन सीमित पात्र हुन् । यसरी कार्यकर्ता कसरी बाँच्न सक्छन् ? त्यसैले महान् नेपाली जनतालाई जसले बारम्बार मत दिएर दलहरूलाई सत्तामा पुर्‍याए उनीहरूलाई पत्यार हुने गरी हामीले आफ्नो अनुहार पखाल्नु पर्छ । 

सामूहिक सत्प्रयास

पुराना राजनीतिक दलहरू जनताबाट निकै टाढा पुगेका छन् । युवाहरू भड्किएका छन् । भविष्यको चिन्ताले पिरोलिएका छन् । लामो समय सत्तामा बसेपछि दलहरूभित्र नयाँ आर्थिक वर्गको उदय भएको छ । अर्थात्, केही व्यक्तिको वर्ग रूपान्तरण भएको छ । उसको जीवनशैली फेरिएको छ । र, अवसरबाट वञ्चित कार्यकर्ताहरूको दैनिकी सकसपूर्ण नै छ । झन् धराशायी हुँदै गएको छ । यसको मुख्य कारण हामीले चलाएको शासन व्यवस्था हो ।

बितेका पैँतीस वर्षमा हामीले प्रदर्शन गरेको कार्यक्षमता हो । यसको वस्तुनिष्ठ समीक्षा कहिल्यै गरिएन । ०५१ सालको मध्यावधिपश्चात संसदीय राजनीतिमा विकृतिहरू थपिन वा बढ्न थालेको कुरा यो पंक्तिकार समेतका अग्रणी विद्यार्थी नेताहरूले राजधानीमा आयोजना भएको एक सार्वजनिक कार्यक्रममा खबरदारीस्वरूप प्रस्तुत गरेको घटना आज पनि स्मरण हुन्छ ।

देशमा सुशासनका लागि शून्य भ्रष्टाचार प्राथमिक शर्त हो । तत्कालीन समयमा शासन प्रणालीमा देखा परेका विकृतिहरूलाई नियन्त्रण गर्न सकेको भए वा बढ्न नदिएको भए आजको दुरावस्था निम्तिने नै थिएन । यसमा हामीले होश पुर्‍याउन सकेनौं । तसर्थ यतिबेला सुविचारित भएर सोच्ने, विगतको सिंहावलोकन गर्ने र दल तथा प्रणाली सुधारका लागि सत्प्रयास गर्ने कार्य आजको प्रथम आवश्यकता हो । यसमा सरकार र दल दुवै दत्तचित्त भएर लाग्नुपर्छ ।

दलको हकमा सुधारका विभिन्न वैधानिक विकल्पहरू छन् । त्यसमध्येको उपयुक्त विकल्प प्रयोग नगरी सुखै छैन । यसमा अब किन्तु परन्तु चल्दैन । यसका लागि दलकै अगुवाहरूको अग्रसरता चाहिन्छ ।

०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा राजनीतिक दलहरूले नागरिक समाजको अघिल्तिर बसेर विगतका गल्ती कमजोरीप्रति क्षमा माग्दै अब आइन्दा कुनै गल्ती नगर्ने संकल्प गरेपछि बल्ल आन्दोलनले गति लिएको थियो । अब त्यस्तो हुन्छ, हुँदैन थाहा छैन, तर एउटा गम्भीर सत्प्रयास भने गर्नैपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x