×

NMB BANK
NIC ASIA

मानवतस्करको अखडा बन्दै युएई, यसरी फन्दामा पर्दैछन् नेपाली कामदार !

कात्तिक २०, २०७४

NTC
Premier Steels

आवुधावी, २० भदौ– बैदेशिक रोजगारको लागि खाडी मुलुकहरू मध्ये राम्रो गन्तव्य मानिएको युनाइटेड अरब ईमिरेट्स युएईमा आधिकारिक रुपमा कति नेपाली कामदारहरू छन् भन्ने एकिन तथ्याङ्क छैन् । युएई सम्बद्ध विभिन्न वेबसाइटहरूको तथ्याङ्क हेर्ने हो भने करिब अढाईलाख नेपाली भएको जानकारी प्राप्त हुन्छ । पछिल्लो समयमा नेपालको कुटनैतिक नियोगको रुपमा रहेको नेपाली राजदुतावासलाई बिबादमा ल्याउने गरेर निरन्तर समाचारहरू प्रकाशित भैरहेका छन । हुन्डी, मानवतस्करी, सुन तस्करी, भिजिट भिसामा सेटिङ प्रकरण जस्ता घटनाहरू युएईबाट निरन्तर प्रसारित हुने नेपाली समाचारहरूमा पढ्न र देख्न पाईन्छ ।

आबुधाबिको डेल्मा स्ट्रीटबाट केही भित्र रहेको नेपाली दूतावासमा केही दिन पहिले पंक्तिकार दिउँसोको करिब एक बजेको समयमा केही प्रश्नहरूको साथ कार्यवाहक राजदुत नेत्र टन्डनको अफिसमा छिर्दा उनी केही मुस्कुराइरहेका देखिन्थे । त्यो भन्दा अगाडि गैर आवासीय नेपाली (एनआरएनए)का केही प्रतिनिधीहरू उनीसंग बैठकमा सहभागी भएका थिए ।

बाहिर निस्केका प्रतिनिधीहरूमध्ये एकजनालाई पंक्तिकारले राम्रोसंग चिनेको थियो । तर उनी एनआरएनएको प्रतिनिधि हुन् भन्ने पछिमात्र थाहा भयो । पंक्तिकारले उनलाई चिने अनुसार उनले केही मान्छेहरूलाई पहिलादेखि भिजिट भिसामा ल्याएर काम लगाइदिने गर्दथे । यस बिषयमा कार्यवाहक राजदूतसंग बुझ्न खोज्दा उनी केही बोलेनन् ।

सम्भवतः अरु कुनै देश भन्दा युएईमा धेरै समाजसेवीहरू, पत्रकारहरू, अनि विभिन्न पार्टीका संगठनहरू र तिनका पदाधिकारीहरू धेरै मात्रामा छन् र बढी चलायमान देखिन्छन् । जति बढी समाजसेवी उति धेरै छद्मभेषी हुनु स्वाभाविकजस्तै बनेको छ ।

कावा राजदुत नेत्र टन्डनले विभिन्न अन्तर्कृयात्मक कार्यक्रममा यहाँ भएका समाज, संगठन, पत्रकार र अन्य प्रतिनिधिहरूलाई जहिल्यै बोलाएको दावी गर्छन् । चाहे हुन्डी कारोबार बिरुद्ध होस या चाहे मानवतस्करी रोक्ने बिषयमा होस, पत्रकारहरूले आफुखुसी कलम चलाउने तर दूतावासलाई साथ दिन नखोज्ने प्रवृत्ति बढेको उनको गुनासो थियो ।

कार्यवाहक राजदूतसंग यिनै बिषयमा गहन छलफल हुँदा नेपाल जनप्रगतिशील मन्चका अबुधाबी क्षेत्रीय संयोजक दिपक न्यौपाने पनि संगै थिए । बिगतमा भिजिट भिसामा ल्याएर बिखलन्दमा पारिएका नेपालीहरूलाई उद्दार गर्न सक्रियताका साथ जुटेका उनले आफ्ना अनुभवहरू सेयर गर्दै राजदूतलाई कमसेकम २÷४ वटा तस्करहरूलाई जसरी पनि कारवाही गर्नुपर्ने अभिव्यक्ति दिइरहेका थिए ।

दूतावाससंग उद्दारका लागि पर्याप्त आर्थिक श्रोत नभएको कारणले भिजिट भिसामा ल्याएर अलपत्र पारिएकाहरूको खाने बस्ने र नेपाल फर्काउने काममा अप्ठेरो परिरहेको का वा राजदुतको कुरा साँचो थियो । बैदेशिक रोजगार बिभागबाट कर तिरेर श्रमको स्टिकर पासपोर्टमा लगाएर आउने र भिजिट भिसामा आउने कामदारहरूको बारेमा नेपाल सरकार र अध्यागमन बिभागसंग छुट्टै प्रकारको विवरण हुन्छ । भिजिट भिसामा आउनेहरू घुम्ने उद्देश्यले आउने हुँदा पर्यटकिय आधारमा कर उठाउने प्रचलन कहिँ छैन । भिजिटमा आउनेले सबै आफै ब्यबस्था गर्नुपर्ने र घुम्नको लागि एक हजार डलर पनि साथमा हुनुपर्ने प्रावधानले गर्दा, अलपत्र परे पनि सरकारी स्तरमा उद्दार गर्न समस्या पर्ने जानकारी कावा राजदूतले दिए ।

मानवतस्करी, हुन्डी र सुनतस्करी यी तिनवटै कुराहरू एक आपसमा जेलिएका छन् र युएईमा पत्रकारको भेषमा होस, या समाजसेवीको भेषमा होस या व्यवसायीको भेषमा होस, केही मान्छेहरूले यसलाई पैसा कमाउने गतिलो माध्यमको रुपमा लिएका छन् । तर सच्चा, निस्वार्थ र मानसेवाको भावना भएकाहरूको बिचमा यस्ता तस्करहरू रहने हुनाले छुट्याउन गाह्रो पर्ने गरेको छ । हुनसक्छ रुममै बसेको अर्को साथी यस्तो तस्करीमा संलग्न छ । हुनसक्छ, विभिन्न समाजहरू स्थापना गर्ने र आवरणमा हेर्दा त्यसमा पदाधिकारीको रुपमा बस्ने र भित्र तस्करको काम गर्ने मान्छेहरू पर्याप्त छन् ।

तस्कर हो कि होइन भनेर छुट्याउन सकिने माध्यम पनि छ । यहाँ आउने ब्यबसायी बाहेक सबैको पासपोर्टमा श्रमको स्टिकर टाँसिएको हुन्छ । मतलब कुनै न कुनै कम्पनिमा उसको जागिर भएकै हुन्छ । तर यदि उ महंगो फोन बोक्छ, काम गर्न गएको हुँदैन, उसको लवाईखवाई शानदार छ, उसंग गाडी छ, नेपाली समाजका कार्यक्रमहरूमा खादा लगाउँदै हिँड्छ, समाजसेवीको रुप धारण गरेर हिँड्छ भने त्यस्तो मान्छे तस्कर हुनपनि सक्छ ।

आफ्नै छोरालाई दलाल बाउले नेपालबाट पठाएर यहाँ अलपत्र पारेको घटना पनि सामान्य हुन लाग्यो । पंक्तिकारले त्यो भाईलाई अलिकती रकम सहयोग गरेर फिर्ता जाने वातावरण मिलाएको पनि थियो । मतलब जो कोहि पनि दलाल हुन सक्छ । नेपालबाट युएईमा भिजिटमा आएर धेरै पैसा कमाउने सोच्नु भन्दा अगाडी यहाँ आईसकेपछी दलालहरूले गर्ने कर्तुतहरूको बारेमा राम्रोसंग जान्नु जरुरी छ । मारेर फ्याँकिदिने धम्की त पिडितहरूले कति पाएका छन साध्य छैन ।

भिजिट भिसा बन्द भएको हो भन्ने प्रश्नमा कावा राजदूतले त्यो कहिल्यै बन्द नभएको तर नेपालको अध्यागमन बिभागले सामान्य कडाई गरेको कुरा जानकारी गराए । तर बाहिर चाहिँ भिजिट भिसा बन्द भएको भनेर ठुलै हल्लाखल्ला मचिएको थियो । त्यो हल्ला पनि तस्कर र दलालहरूले नै फैलाएका रहेछन् भन्ने कुरा बुझ्न समय लागेन । अहिले लाखौं तिरेर सेटिङ मार्फत अध्यागमनबाट छिराउने नाउँमा पीडकहरूले पीडितहरूलाई यहाँ ल्याएर थप बिचल्लीमा पारेका छन् ।

दलाललाई कारबाही गर्न किन नसकिएको भन्ने प्रश्नको जवाफमा उनले युएईको कानुनले नै त्यस्तो ब्यबस्था नगरेको बताए । दलालहरू प्रायः प्रमाण नदेखिने गरेर काम गर्छन् र युएईको कानुनले प्रमाण नपुर्याई कसैलाई पनि कारबाही गर्दैन । यदि दुतावासले यहाँको प्रशासनलाई चिठ्ठी लेखेर दियो भने पनि उ पक्राउ परेको दिनदेखी खाना तथा बस्नेदेखि लिएर वकिल सम्मको ब्यबस्था दूतावासले नै गर्नुपर्ने र त्यसको लागि आवश्यक श्रोतको ब्यबस्था गर्न नसकिने जानकारी पाउँदा हामी आफ्नै देश र सरकार निरीह बनेको सोच्न बाध्य भैरह्यौं ।

कावा राजदूतको सरकारी जागिर अवधी करिब करिब ३४ बर्ष भैसकेको रहेछ । अब रिटायर्ड हुने र त्यो भन्दा अगाडि ठूलो बिबादमा पर्न नचाहने उनको इच्छाले पनि यहाँ तस्करहरूलाई कारवाही गर्न नसकिएको हो कि भनेर सोच्ने ठाउँ चाहिँ छ । अनि कारबाही गर्न तात्ने नै हो भने आवरणमा समाजसेवी जस्ता देखिनेहरूले विभिन्न माध्यमहरूबाट गर्न सक्ने बदनामको जोखिम छँदैछ ।

दूतावासलाई पहिला भन्दा थप ब्यबस्थित बनाएको उनको कुरा पुष्टि हुन दूतावास परिसर हेरे पुग्छ । त्यसबाहेक गत आर्थिक बर्षमा कुनै पनि बेरुजु नरहेको उनको कुरालाई पुष्टि गर्ने आधारहरू पनि होलान् । तर सबै यावत बिषयमा कुरा सकेर बाहिर निस्किँदा, फेरि पनि बिचल्लीमा परेका नेपालीहरूको आँसु याद आउँछ र मन खिन्न हुन्छ । बर्सेनी अर्बौं रुपैयाँ रेमिटेन्सको रुपमा नेपाल भित्राएर आर्थिक स्थीरता कायम गर्ने श्रमिकहरूको समस्यालाई गौण ठानिदिने दूतावास होस या अन्य सरकारी निकाय होस, कार्यशैली सुधारेर श्रमिकमैत्री बन्ने प्रयास गर्नै पर्छ ।

कुराकानीको क्रममा हामिले बारम्बार एउटै अपील गरिरह्यौं कमसेकम दुईचारवटा दलालहरूलाई जति खर्च लागे पनि कारवाही गरियोस, चाहे त्यो जुनसुकै प्रक्रियामार्फत होस । त्यसले कमसेकम पिडितहरूलाई केही भए पनि राहतको महशुस हुन सक्थ्यो । आर्थिक अभाव झेलेका नेपाली युवाहरूलाई राम्रो काम लगाईदिन्छु भन्ने प्रलोभनमा पारेर यहाँ ल्याएर बिचल्ली बनाउनेहरू हतोत्साहित हुन सक्थे । फेरि पनि एउटै प्रश्न छ, नेपाली युवाहरूलाई युएईमा भिजिट भिजामा गएर भनेजस्तो कुनै काम पाइँदैन, दलालहरूले फन्दामा पार्छन, असुल्छन अनि निचोर्छन र कहिँ कसैलाई भनेमा ज्यान मार्नेसम्मको धम्की दिन्छन भन्ने चेतना फैलाउनु सबैको प्रमुख काम हो कि होइन ?

रोजगारदाता कम्पनीको मागपत्र दूतावासबाट स्वीकृत गराएर मात्र नेपाली म्यानपावरहरूले पत्रिकामार्फत बिज्ञापन गर्न पाउँछन, तर बारम्बार आवश्यकता भन्दा बढी संख्यामा माग स्वीकृत गराउन भनेर अनावश्यक दबाब आईरहेको कुरा कावा राजदूतले स्विकार्छन । यस्तो कसले गर्छ भन्ने प्रश्नमा, यहाँ कन्सल्टेन्सी चलाएर बसेका नेपालीहरूतर्फ चोर औंला तेर्सिएको हुन्छ ।

आवश्यकता भन्दा बढी संख्यामा माग देखाएर त्यसैको आधारमा नेपालमा पैसा र पासपोर्ट असुलेर सोझा साझा र गरिब नेपालीहरूको खुन र पसिना शोषण गर्न पाइन्छ, उनिहरूलाई बिदेश जाने लोभ र लालसा देखाएर बर्षौंसम्म पेन्डुलम बनाउन पाइन्छ ।

सरकार कमजोर छ, सरकारको उपस्थिति बिदेशी नियोगहरूमा झनै कमजोर छ । दूतावासहरूले मन्त्री र प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउन बाहेक कामदारहरूको पक्षमा उल्लेख्य काम गर्न सकेका छैनन् । सशक्त कुटनैतिक उपस्थिति देखाएर यहाँको श्रमसम्बन्धी कानुनमै फेरबदल गर्न दबाब दिने कुरै भएन । पंक्तिकारलाई यस्तो लाग्छ, राजदूतावासकै कुरा गर्ने हो भने, संसारभरीमै नेपालको भारतीय दूतावास भन्दा शक्तिशाली अर्को छैन । जसले नेपालको राजनीतिलाई दिनदिनै हल्लाईरहेको हुन्छ ।

हामीले निस्कने बेलामा दुइवटा प्राथमिकताको बारेमा छलफल गर्यौं, पहिलो त विभिन्न आवरण देखाएर तस्करीमा संलग्न भएकाहरूलाई पहिचान गर्ने र उनिहरूलाई भन्डाफोर गर्ने । दोश्रो यहाँ रहेका र नेपालबाट कुनै पनि हालतमा युएई आउन चाहनेहरूलाई चेतनाको संचार गराउने । अनि बल्ल मानवतस्करी कम हुन सक्छ । तेस्रो प्राथमिकता भनेको युएईको कानुनी सीमाहरू उल्लंघन नगरिकन उपचार खोज्नु नै हो र त्यो भनेको लहरो तान्नु नै हो । पहरो कताकता भत्किन्छ, यहाँ रहेका मै हुँ भन्नेहरूले जान्ने कुरा रह्यो त्यो चाहिँ ।

आधा घन्टाको छलफलको एजेन्डा डायरीमा टिपेर लगिएको थियो, दुई घन्टा बितेको पत्तो भएन । हामी आधा निराशा र आधा खुसी भएर बाहिर निस्क्यौं । हामिलाई छोड्न गेटैसम्म आएका कार्यवाहक राजदूतको अनुहारमा एउटा रेखा स्पष्ट देखिन्थ्यो र त्यसले सम्भवतः भनिरहेको थियो, युएईमा अन्य कुटनैतिक बिस्तारको लागि काम गर्नु भन्दा मानवतस्करीको डरलाग्दो जालो तोड्न केही न केही पाइला अवश्य चाल्नुपर्छ । अनि उनको अनुहारमा सबैको साथ पाउने एउटा आशाको किरण पनि झुल्किरहेको जस्तो देखिन्थ्यो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x