×

NMB BANK
NIC ASIA

सचिवहरूको कार्यकाल

तीन महिनाभित्र ६ सचिव 'रिटायर' हुँदै, १ वर्षको अवधिमा १९ जनाले अवकाश पाउने

काठमाडाैं | असार १८, २०८०

NTC
Premier Steels

आगामी साता एक जनासहित आगामी ३ महिनाभित्र नेपाल सरकारको विशिष्ट श्रेणीका ६ सचिवले अवकाश पाउँदैछन् । आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र अवकाश पाउने सचिवको संख्या १९ छ ।

Muktinath Bank

राष्ट्रिय किताबखाना (निजामती)बाट प्राप्त विवरणअनुसार २०८० असार २४ गते राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव रामप्रसाद थपलियाले अवकाश पाउनेछन् । उनी प्रशासन सेवातर्फका सचिव हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी आगामी आर्थिक वर्ष २०८०/०८१ मा कानून, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या, श्रमसहित विभिन्न मन्त्रालयदेखि आयोग तथा प्रदेशका प्रमुख सचिवहरूसम्म सेवा निवृत्त हुनेछन् । त्यसबाहेक सोही आर्थिक वर्षमा संघीय संसददेखि  महालेखा परीक्षक कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालय, सर्वोच्च अदालतसम्मका सचिव वा सो सरहका केही कर्मचारी सेवानिवृत्त हुँदैछन् ।​


Advertisment
Nabil box
Kumari

आगामी आवमा सेवानिवृत्त हुने सचिवहरूको विवरण

Vianet communication

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले २०८० साउन ५ गते अवकाश पाउनेछन् । उनी न्याय सेवा समूहका सचिव हुन् ।

२०८० साउन २३ गते  महालेखा परीक्षकको कार्यालयकी उप-महालेखा परीक्षक राममाया कुँवर २०८० साउन २३ गते सेवानिवृत्त हुनेछिन् । नेपाल लेखा परीक्षण सेवाको सचिव रहेकी कुँवर अहिले कार्यबाहक महालेखापरीक्षक समेत हुन् ।

त्यसैगरी कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल २०८० भदौ ४ गते सेवानिवृत्त हुनेछन् ।

शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ २०८० असोज ११ गते सेवानिवृत्त हुँदैछन् ।

नेपाल इन्जिनीयरिङ सेवाका सचिव श्रेष्ठ केही समयअघि मात्र शहरी विकास मन्त्रालयमा सरुवा भएका हुन् । त्यसअघि उनी राष्ट्रिय सतर्कता केन्द्रमा सचिव थिए ।

संघीय संसद्मा कार्यरत सचिव पदमप्रसाद पाण्डेयले पनि २०८० असोज २१ गते अवकाश पाउनेछन् । उनी यसअघि महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताको रूपमा कार्यरत थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी २०८० कात्तिक ११ गते सेवानिवृत्त हुनेछन् । उनी प्रशासन सेवाका सचिव हुन् ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल २०८० मंसिर २० गते अवकाशमा जानेछन् । उनी परराष्ट्र सेवा समूहका सचिव हुन् ।

२०८० पुस ९ गते दुईजना सचिवहरू सेवानिवृत हुनेछन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरे २०८० पुस ९ गते सेवानिवृत्त हुनेछन् । उनी नेपाल इन्जिनीयरिङ सेवा समूहका सचिव हुन् ।

त्यसैगरी नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सचिव नारायणप्रसाद पौडेलले पनि सोही दिन पुस ९ गते अवकाश पाउनेछन् ।

त्यसैगरी २०८० माघ १२ गते महालेखापरीक्षक कार्यालयका उप-महालेखापरीक्षक महेश्वर काफ्ले पनि सेवानिवृत्त हुनेछन् । उनी लेखा परीक्षण सेवाका सचिव हुन् ।

त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले २०८० फागुन ६ गते अवकाश पाउनेछन् । उनी पनि प्रशासन सेवाका सचिव हुन् ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं पनि २०८० फागुन २६ गते सेवानिवृत्त हुनेछिन् । उनी जनसंख्या सचिव हुन् ।

त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी २०८० चैत ११ गते सेवानिवृत्त हुनेछन् । त्यसअघि उनी राष्ट्रिय योजना आयोगमा सचिव थिए । उनले पहिलोपटक पाएको मन्त्रालय भने श्रम नै हो ।

त्यसैगरी २०८१ वैशाख १७ गते तीनजना सचिवहरू सेवानिवृत्त हुनेछन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी २०८१ वैशाख १७ गते सेवानिवृत्त हुनेछन् ।

सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला पनि सोही दिन २०८१ वैशाख १७ गते सेवानिवृत्त हुनेछन् ।

त्यसैगरी २०८१ वैशाख २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवतीरमण पौडेल पनि सेवानिवृत्त हुनेछन् । उनी प्रशासन सेवाका सचिव हुन् ।

त्यसैगरी जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी २०८१ असार १३ गते सेवानिवृत्त हुनेछन् । उनी इन्जिनीयरिङ सेवाका सचिव हुन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर २०८० माघ २९ गते सेवानिवृत्त हुनेछन् ।

अहिलेका सचिवहरूमध्ये सबै भन्दा बढी कार्यकाल सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीको छ । उनी २०८४ भदौ ६ गते सेवानिवृत हुनेछन् ।

उनीभन्दा अघि २०८४ साउन १९ गते कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले र महालेखा परीक्षक कार्यालयकी उपमहालेखा परीक्षक बिन्दु विष्ट सेवानिवृत हुनेछन् ।

यी तीनैजना क्रमश: धेरै कार्यकाल बाँकी रहेका सचिव हुन् । 

हेर्नुहोस्, प्राप्त विवरण :

nullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x