×

NMB BANK
NIC ASIA

ललितानिवास प्रकरण

'बुवा बिरामी भएकाले घर जाँदैछु' भनेर मन्त्रालयबाट हिँडेका थिए सचिव राउत, विमानस्थलबाटै पक्राउ

काठमाडाैं | असार २४, २०८०

NTC
Premier Steels

ललितानिवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् 

Muktinath Bank

बुधवार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सचिव राउत आफ्नो घर उदयपुर जान भनेर मन्त्रालयबाट बिदा भएका थिए ।


Advertisment
Nabil box
Kumari

'बुबा बिरामी भएकाले घर जान्छु, जनकपुर वा विराटनगर हुँदै उदयपुर जाने भनेर हामीलाई भन्नुभएको थियो,' सुवेदीले लोकान्तरसँग भने ।

Vianet communication

आइतवार मन्त्रालयमा ३ बजेसम्म बसेर काम पनि गरेका थिए । प्रवक्ता सुवेदीका अनुसार आज धेरै बैठकहरूमा समेत उनी सहभागी भएका थिए ।

'राष्ट्रिय प्रसारण नियमावली बनाउने विषयमा बसेको बैठकमा पनि उहाँ सहभागी हुनुभएको थियो,' सुवेदीले लोकान्तरसँग भने, 'त्यसपछि हरेक आइतवार बिहान हुने सिनियर म्यानेजमेन्ट टीमको बैठकमा पनि उहाँ सहभागी हुनुभएको थियो ।'

ललितानिवास प्रकरणमा आफूसमेत मुछिएको विषयमा भने राउतले मन्त्रालयमा कसैसँग कुरा गरेका थिएनन् ।

'एउटा शाखा अधिकृतको हैसियतमा उहाँले गर्नुभएको काम सामान्य नै होलाजस्तो लागेको थियो,' उनले थपे, 'तर, अहिले उहाँ पक्राउ परेपछि सञ्चार मन्त्रालय नै मुछिएकोजस्तो भयो । कस्तो–कस्तो भयो जस्तो लागेको छ ।'

घर जानका लागि राउतले सञ्चारमन्त्री रेखा शर्मालाई समेत जानकारी गराएका थिए ।

सचिव राउत माधव नेपाल प्रधानमन्त्री रहेको समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका शाखा अधिकृत थिए ।

ललिता निवास प्रकरणमा प्रहरीले ५ जना पूर्वसचिवविरुद्ध समेत अदालतबाट पक्राउ पुर्जीको अनुमति लिइसकेको छ ।

मन्त्रालयको आर्थिक प्रशासन शाखामा अधिकृत रहेको समयमा जग्गा सट्टा भर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्नेसम्बन्धी टिप्पणी उठाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ललितानिवास काण्डमा तत्कालीन भौतिक योजना मन्त्री विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाइसकेको छ । ललितानिवास प्रकरणमा बहालवाला सचिव पक्राउ परेसँगै अन्य पूर्वसचिव तानिने सम्भावना बढेर गएको छ ।

गत वैशाख २० गते  उपराष्ट्रपति कार्यालयमा बहालमै  रहेको समयमा सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । उनलाई नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरिएको थियो ।

गृहसचिव भएको बेलामा पीडितहरूबाट रकम लिएर भुटानी शरणार्थीसम्बन्धी नक्कली प्रतिवेदन बनाउन भूमिका निर्वाह गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतको आदेशबाट अहिले उनी सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलमा थुनामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x