×

NMB BANK
NIC ASIA

२४औँ स्मृति दिवसमा गायक अरुण थापा स्मृति साँझ आयोजना

काठमाडाैं | साउन ३, २०८०

NTC
Premier Steels

‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध....।’ 
    
अजर अमर कालजयी गीत गाउने गायक अरुण थापाको २४औँ स्मृति दिवस भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ । भक्तपुरलाई गीत, सङ्गीतका क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिले स्वर्गीय गायक थापाको २४औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेंस्थित काठमाडौँ फन भ्यालीमा ‘अरुण थापा स्मृति साँझ–२०८०’ को आयोजना गर्ने भएको छ । 
    
प्रालिले आज काठमाडौँ फन भ्यालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कसपालले स्व गायक अरुण थापाको २४औँ स्मृति दिवसको दिन पारेर यही साउन ५ गते शुक्रबार ‘अरुण थापा स्मृति साँझ, २०८०’ को आयोजना गर्ने जानकारी दिए । 
    
जिल्लामा केही वर्षयता भक्तपुर साङ्गीतिक समाजले गायक थापाको स्मृतिमा अरुण थापा स्मृति साँझ गर्दै आएकामा यस वर्ष समाजले कार्यक्रम नगर्ने भएपछि इन्टरटेन्टमेन्ट प्रालिले निरन्तरता दिन लागेको समाजका उपाध्यक्षसमेत रहेका प्रालिका कार्यकारी निर्देशक कसपालले बताए ।
    
कसपालले कार्यक्रममा दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल साह, दीपक खरेललगायतका वरिष्ठ कलाकारको सहभागिता रहने बताए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x