×

NMB BANK
NIC ASIA

सुन तस्करीको जालो

क्विन्टल सुन प्रकरण: पक्राउ परेकामध्ये दावा 'सिनियर', थप ४ चाइनिजको संलग्नता खुल्यो

काठमाडाैं | साउन १७, २०८०

NTC
Premier Steels

क्विन्टल सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये सबैभन्दा माथिल्लो 'लेयर'मा दावा छिरिङ नै रहेको अनुसन्धानबाट खुलेको छ  ।

Muktinath Bank

तिब्बती मूलका बेल्जियन नागरिक छिरिङलाई विभागले ठमेलमा उनैले सञ्चालन गरेको होटल भियानाबाट शनिवार पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले उक्त होटलमा छापा मार्दा बरामद भएका विभिन्न कागजपत्र, कारोबारका कागजात आदिको विश्लेषणका आधारमा छिरिङ अहिले पक्राउ परेकामध्ये सबैभन्दा माथिल्लो 'लेयर'मा रहेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'अहिलेसम्मको ठूलो माछा भनेकै छिरिङ हो । बरामद गरिएका कागजात, कल डिटेल्स आदिबाट पनि उनी माथिल्लो लेयरमा रहेको देखिन्छ,' ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने ।

Vianet communication

अहिलेको सारा अनुसन्धान छिरिङमाथि नै केन्द्रित गरिएको छ ।

'उनीसँग अन्य मानिसहरूले गरेको सम्पर्कका आधारमा दोस्रो, तेस्रो वा त्यसभन्दा पनि माथिल्लो लेयरसम्म पुग्ने गरी हाम्रो अनुसन्धान जारी छ,' ती अधिकारीले थपे, 'छिरिङकै विषयमा प्राप्त तथ्य/प्रमाणकै आधारमा सुन तस्करीमा संलग्न हुन सक्ने थप मानिसहरूको पहिचान समेत गरिसकिएको छ ।'

यस प्रकरणमा नेपालमै रहेर थप ४ चिनियाँ नागरिक पनि संलग्न रहेको पाइएको उनले खुलाए ।

'सुन तस्करीमा संलग्न भएकामध्ये थप ४ जना चिनियाँ नागरिकको पहिचान हामीले गरिसकेका छौं,' अनुसन्धानमा संलग्न ती अधिकारीले लोकान्तरसँग भने, 'ती चारजना नेपालमै छन् । उनीहरूको खोजी कार्य जारी छ ।'

पक्राउ परेका झियाङ लिन र संलग्नता देखिएका अन्य ४ जनासहित पाँचैजना चिनियाँ नागरिक तस्करीको दोस्रो लेयरमा रहेको पाइएको उनको भनाइ छ । अहिले नै नाम खुल्दा भाग्न सक्ने भएकाले थप विवरण बाहिर नल्याइएको उनले बताए ।

'एक किसिमले भन्ने हो भने सुनको मालिक को हो, सुनको खरिदकर्ता को हो, तस्करी धन्दामा भन्सार विभागका माथिल्लो अधिकारीदेखि अन्य क-कसको संरक्षण थियो भन्ने कुरातर्फ हाम्रो अनुसन्धान केन्द्रित छ,' उनले थपे, 'पक्राउ परेकाहरूसँग गरिएको सोधपुछ, बयान, फोन सम्पर्क, सामाजिक सञ्जालमा भएको सम्पर्क आदिका आधारमा धेरै कुरा खुलिसकेको तथा थप खुल्ने क्रममै छ ।'

विभागले अहिलेसम्म चिनियाँ नागरिक लिनसहित फरार रहेका अन्य चार चिनियाँ नागरिकले कारोबार गर्दै आएको ५ वटा घर र २ वटा गोदाममा छापा हानेको छ ।

धुम्बाराहीस्थित पिपलबोटमा २ वटा, मण्डिखाटार, लाजिम्पाट र धापासीमा एक-एकवटा गरी कुल ५ वटा घरमा छापा हानिएको हो । त्यसबाहेक सोह्रखुट्टे र टोखास्थित गोदाममा पनि विभागले छापा हानेको थियो ।

'हामीले छापा हानेका सबै स्थानबाट सुन तस्करीमा संलग्नताको विषयमा दशीप्रमाण संकलन गरेका छौं,' ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने, 'कतिपय बरामद गर्नुपर्ने सामान बरामद गरेका छौं भने कतिपय त्यहीँ शिलबन्दी गरेका छौं ।'

अहिलेसम्म चिनियाँ नागरिकबाहेक अन्य कसैको पनि घर वा गोदाममा छापा नहानिएको उनले खुलाए ।

नेपाली र भारतीय दुवै देशका राहदानीबाहक व्यापारी राकेशकुमार अडुकियाको घर, कार्यालय वा गोदाममा अहिलेसम्म छापा नहानिएको उनले खुलाए ।

पक्राउ परेका व्यक्तिबाटै प्राप्त सूचनाका आधारमा चिनियाँ नागरिकहरूले कारोबार गर्ने गोदाम र घर खोज्न सफल भएको उनले खुलाए ।

'सुन तस्करीमा संलग्न हुन सक्ने भनी प्राप्त भएको तथ्य प्रमाणका आधारमा यकिन भएकाहरूकोमा मात्र छापा हानेका छौं,' उनले थपे, 'अहिलेसम्म अडुकिया वा अन्य कुनै व्यापारीसम्म पुग्न सकेका छैनौं ।'

अनुसन्धानका क्रममा परेका १८ जनाबाट बरामद २२ थान मोबाइल 'डेटा रिकभरी'का लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । त्यसैगरी सबै मोबाइलको कल डिटेल्स पनि विभागले प्राप्त गरिसकेको छ ।

प्राप्त कल डिटेल्सका आधारमा पक्राउ परेकाहरूको फोन सम्पर्कमा आएका मानिसहरूसँग पनि विभागले केरकार तथा सोधपुछ गरिरहेको छ । दिनमा कम्तीमा १० जना त्यस्ता व्यक्तिलाई बोलाएर सोधपुछ गरिरहेको उनले खुलाए ।

अहिलेसम्म सयजना भन्दा बढी मानिसहरूसँग केरकार गरिसकिएको उनको कथन छ । पक्राउ परेकाहरूमध्ये केहीको बयान लिने कार्य पनि सम्पन्न भइसकेको ती अधिकारीले बताए ।

'रेडी ट्रेडको सञ्चालक भनिएका दिलिपकुमार भुजेल, उनका मामा भनिएका रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामासँग शुरूमा बयान लिइएको हो,' उनले थपे, 'उनीहरूले नै दिएको बयानका आधारमा थप पक्राउ गर्नुपर्ने मानिस पक्राउ गर्नुका साथै छापा हान्नुपर्ने ठाउँमा छापा हानिएको हो ।'

त्यसैगरी पक्राउ परेका भन्सार एजेन्ट, कार्गो सञ्चालक आदिसँग गरिएको सोधपुछका आधारमा पनि थप प्रमाण फेला पर्नुका साथै थप मानिसहरू पक्राउ गरिएको उनले खुलाए ।

विभागले रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, दिलिपलाई कम्पनी खोल्न लगाउने हर्कराज राईलाई पहिलो चरणमा पक्राउ गरेको थियो ।

त्यसपछि तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक झियाङ लिन, कार्गो कम्पनी सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्ट पक्राउ परेका थिए ।

अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, जाँचकी कुमार ढकाल र भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम तथा रुक्मिणी सुब्बा पक्राउ परेका थिए ।

त्यसपछि चिनियाँ नागरिकलाई भाडामा गोदाम खोजिदिने सन्तोष तामाङ पक्राउ परेका थिए । अन्तिममा दावा छिरिङ पक्राउ परेका हुन् ।

फरेन्सिक ल्याबमा पठाइएको मोबाइलको डेटा रिकभरी प्रतिवेदन आउन समय लागिरहेकाले थप कुरा खुल्न समय लागेको ती अनुसन्धान अधिकारीले बताए ।

'हामीले यसअघिको सुन तस्करी प्रकरणमा पनि मोबाइल परीक्षण गर्नका लागि फरेन्सिक ल्याबमा पठाउँदा प्रतिवेदन आउन कम्तीमा २१ दिन लागेको थियो,' उनले थपे, 'उच्च प्राथमिकतामा राखी परीक्षण गर्न भनेका छौं । जति छिटो प्रतिवेदन आउँछ, त्यति छिटो अनुसन्धान निष्कर्षमा पुग्छ ।'

६६ कार्टुन 'ब्रेक शु'बाट सुन निकालिएको दाबी

चिनियाँ नागरिक लिनले सञ्चालन गरेको सोह्रखुट्टेस्थित गोदामबाट बरामद भएको ६६ कार्टुन ब्रेक प्याड (ब्रेक शु)भित्र पनि सुन ल्याइएको र पछि मात्र निकालिएको दाबी विभागले गरेको छ ।

विमानस्थल भन्सारको एक्सरे इमेजले त्यसलाई पुष्टि गरेको ती अनुसन्धान अधिकारीले खुलाए ।

'हामीले साउन २ गते बरामद गरेको १४५ किलोग्राम ब्रेक प्याडसहितको सुनको एक्सरे इमेज र गोदामबाट बरामद ६६ कार्टुनको एक्सरे इमेज समान देखिएको छ,' ती अधिकारीले लोकान्तरसँग भने, 'तर, हामीले गोदाममा छापा हान्दा ब्रेक शुबाट सुन झिकिसकिएको र खोक्रा मात्र रहेको पाएका थियौं ।'

ल्याब परीक्षण गर्दा कुनै बहुमूल्य धातु नभएको तथा फलाम मात्र रहेको भनी प्रतिवेदन आए पनि एक्सरे इमेजले सुन रहेको देखाएको उनको दाबी छ ।

त्यति मात्र होइन, गोदाम तथा कारखानाबाट हालसम्म सुन गाल्ने ४ वटा मशिन, सुन जोख्ने मशिन, रेडी ट्रेडका नाममा आयात गरिएका सेभर, घडी, ब्रेक प्याड आदि बरामद भएको प्रमाणले पनि विगतमा सुन नै ल्याइएको देखिने विभागको अनुमान छ ।

आयात गरिएका ती सुन कहाँ छन्, वा कहाँ पुर्‍याइयो भन्ने विषय यकिन हुन सकेको छैन । एउटा ब्रेक प्याडमा ४ सय ४५ ग्राम सुन रहेको पाइएको ती अनुसन्धान अधिकारीले बताए ।

एउटा कार्टुनमा १० पीस ब्रेक शु थियो । एउटा ब्रेक शुमा २ पीस हुने हुनाले कुल १३२० पीसमा ५८७ किलो ४ सय ग्राम सुन आयात गरेको देखिएको उनको भनाइ छ ।

विभागले बरामद गरेको सुनसहितको ब्रेक शुको तौल भने १४५ किलोग्राम रहेको उनले खुलाए । मुचुल्का गर्दा लगाइएको लाहाछाप, कपडासमेतको कुल तौल १५५ केजी रहेको उनको भनाइ छ ।

विभागले १५५ केजी तौलबराबरको सामग्री राष्ट्र बैंकमा बुझाइसकेको भए पनि थप सुन बरामद हुनसक्ने आशंकाका कारण सुन र ब्रेक शु छुट्टयाएर तौल लिन अहिलेसम्म पत्राचार गरिएको छैन ।

दोलखा इलेक्ट्रिक सप्लायर्सका नाममा पनि आउँथ्यो सुन !

रेडी ट्रेड प्रालिका नाममा आयात गरिएकाजस्तै ब्रेक शु, सेभर तथा घडीहरू दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिको नाममा पनि आयात हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

२०७९ मंसिर ८ गते आन्तरिक  राजस्व कार्यालय चाबहिलमा दर्ता भएको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिको प्यान नम्बर ६१०३९७७६७ हो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपनमा उक्त फर्मको कार्यालय रहेको उल्लेख गरिएको छ । विभागले विमानस्थलको कार्गो गोदामबाट दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिका नाममा आयात गरिएका केही सामानहरू समेत बरामद गरेको थियो ।

भन्सार स्रोतका अनुसार दोलखा इलेक्ट्रिकका नाममा बरामद भएका सामानहरूको राजस्व अनुसन्धान विभागले मुचुल्का नै उठाएको थियो । दोलखा इलेक्ट्रिकका नाममा पनि सुन आयात गरिएको हुन सक्ने  राजस्व अनुसन्धान विभागको आशंका छ ।

रेडी ट्रेड प्रालिका नाममा सुन आयात गर्नेहरूले नै दोलखा इलेक्ट्रिकको नाममा पनि सुन आयात गर्ने गरेको कुरातर्फ पनि अनुसन्धान अघि बढेको ती अनुसन्धान अधिकारीले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x