×

NMB BANK
NIC ASIA

समीक्षाकी दिदी शर्मिलाले भनिन् – म आत्तिइसकेकी छु

काठमाडाैं | भदौ ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले समाजको आलोचनाबाट आफू आत्तिसकेको बताएकी छन् । उनले आफू र बहिनीले समाजको सुन्नै नसकिने आवाजसँग कहिलेसम्म जुध्नुपर्ने हो भनेर प्रश्न समेत गरेकी छन् । 

Muktinath Bank

‘के फूल्न नपाउँदै कोपिलामै चुँडिनु पर्ने हो ? आखिर कतिञ्जेल, कहिलेसम्म जलेर बाँच्नुपर्ने हो ?’ उनले फेसबुकमा लेखेकी छिन् ‘यी निर्दोष आँखा अनि कानले यो कहालिलाग्दो समाजबाट म र मेरो बैनीले देख्नै नसकिने अनि सुन्नै नसकिने आवाजसँग कतिञ्जेल जुध्नुपर्ने हो ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोक्रो इज्जतको खोल ओढेर आफूलाई सर्वश्रेष्ठ ठान्नेहरू जताततै छरिएको बताउँदै उनले अगाडि लेखेकी छिन् ‘मानव भएर दानवको जस्तो व्यवहारबाट म आत्तिसकेको छु । मरेर न्यायको अपेक्षा त छैन, मलाई जिउँदो रहुञ्जेल फाटेको मनलाई टाल्नसक्ने साहस भगवानले पूरा गरून् ।’ 


Advertisment
Nabil box
Kumari

सके राम्रो सल्लाह सुझाव दिने कोसिस गर्न आग्रह गर्दै नसके कसैको बारेमा नराम्रो पनि नसोचिदिन शर्मिलाले अपील गरेकी छिन् । 

Vianet communication
Laxmi Bank

समीक्षाले केयर टेकरका रूपमा उनलाई अस्ट्रेलिया लगेर उतै छोडेको आरोप लागेपछि शर्मिलाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् । 

समीक्षाले बिहीवार फेसबुकमा स्टाटस लेख्दै उक्त आरोपको खण्डन गरेकी थिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x