×

NIC ASIA

यस्तो रह्यो नारायण रायमाझीको एकल साँझ

लक्ष्मी–रचनादेखि कुलेन्द्र–प्रकाशसम्मले दिएका थिए स्वरमा साथ

काठमाडाैं | भदौ १७, २०८०

Prabhu Bank
NTC
Premier Steels

अग्रज संगीतकार तथा गायक नारायण रायमाझी जीवनकै पहिलो पटक एकल साँझमा पेस भएका छन् ।

Muktinath Bank

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नारायण रायमाझी साङ्गीतिक साँझ २०८०’मा उनले आफ्नो कालजयी गीतबाट दर्शकलाई मोहित बनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँती, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, गीतसंगीत क्षेत्रका अग्रज एवं नयाँ पुस्ताका कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 


Advertisment
Rupse Holidays
Nabil box
Kumari

कार्यक्रममा रायमाझीले राम्दी पुल तर्ने बित्तिकै, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्यायो मलाई, उनको प्रीति लगायतका गीत प्रस्तुत गरेका छन् ।

Vianet communication

उनलाई शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टीका पुन, विक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दीपिका बयम्भु, प्रकाश दूतराज, रचना रिमाल, सुप्रिम मल्ल, पूजा देवकोटा लगायतले साथ दिएका थिए । 

रायमाझी निर्देशित आगामी कात्तिक ३ गते प्रदर्शन हुने ‘परदेशी २’को कथा बोल्ने गीति नाटक समेत गरिएको कार्यक्रममा प्रस्तुत गरिएको थियो । 

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री किरातीले लोक गीतका क्षेत्रमा नारायण रायमाझीको नाम उचो रहेको भन्दै उनी सल्लाहकार रहेको संस्था लोक तथा दोहोरी लोकदोहोरी प्रतिष्ठानलाई सहयोग गर्ने घोषणा गरेका थिए । आफ्नो बुवाको पेन्सनवापत प्राप्त दुई महिनाको रकम प्रतिष्ठानलाई सहयोग गर्ने घोषणा मन्त्री किराँतीले गरे । 

पाल्पाको झडेवामा जन्मिएका रायमाझीका ‘गार्खा पल्टन’ र ‘परदेशी’ फिल्म यस अगाडि सफल भइसकेका छन् । 

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी, रमेश बिजी, एमाले नेता प्रदीप ज्ञवाली, निर्देशक तथा फिल्म अभिनेता नीर शाह, गायक बमबहादुर कार्की, गीतकार कृष्णहरि बराल, कलाकारहरू मदनदास श्रेष्ठ, सन्तोष पन्त, केकी अधिकारी लगायतको समेत उपस्थिति थियो । ​

रमेश बिजी, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रकाश सपुत लगायतका कलाकारले सहजीकरण गरेका कार्यक्रमको सभापतित्व प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले गरेकी थिइन् । नेपाल टेलिकमको मुख्य प्रायोजनमा एकल साँझ भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x