×

NMB BANK
NIC ASIA

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले राजनीतिक वृत स्तब्ध

टिचिङ अस्पतालदेखि च्यासलसम्म जे देखियो

काठमाडाैं | भदौ २६, २०८०

NTC
Premier Steels

मंगलबार राति निधन भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोमवार दिउँसोदेखि नै बिसञ्चो रहेको नेताहरूले बताएका छन् । एमाले सचेतक सचेतक महेश बर्तौलाका अनुसार नेम्वाङले सोमवार दिउँसो नै आफूलाई सञ्चो छैन भनेका थिए । ‘मलाई अलि सञ्चो छैन, भोलि बिहान ८ बजे भेटौंला,’ नेम्वाङको भनाइ स्मरण गर्दै महेशले भने ।

Muktinath Bank

मंगलवार बिहान सिंहदरबारमा बस्ने तय भएको कानून तथा न्याय समितिको बैठकमा आउँछु भनेर नेम्वाङले जानकारी गराएको पनि उनले उल्लेख गरे । ‘आज समितिको बैठक सिंहदरबारमा बस्ने कार्यक्रम थियो । उहाँले हिजो कुरा हुँदा भोलि ९मंगलवार० भेटौंला भन्नुभएको थियो । तर, दुःखद् निधन भयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्तौलाका अनुसार नेम्वाङले प्रेसर र सुगरको औषधि खाँदै आएका थिए ।


Advertisment
Nabil box
Kumari

‘उहाँ प्रेसर र सुगरको औषधि खानुहुन्थ्यो,’ बर्तौलाले भने, ‘तर टिचिङको आँगन बालुवटारमा बसेर पनि जोगाउन सकिएन, दुःख लागेको छ।’

Vianet communication

बाथरुममा अचेत अवस्थामा भेटिएका नेम्वाङलाई राति साढे १ बजे टिचिङ अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउँदासम्म उनको निधन भइसकेको पाइएको छ ।

नेम्वाङ आइतवार धरान पुगेर फर्किएका थिए । सोमवार दिनभर उनलाई हल्का ज्वरो आएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनी सोमवार साँझ सुप खाएर सुतेका थिए । राति १ बजेतिर नेम्वाङलाई बाथरुममा अचेत अवस्थामा भेटिएको थियो । लगत्तै अस्पताल पुर्‍याइए पनि चिकित्सकले तत्काल मृत घोषित गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x