×

NMB BANK
NIC ASIA

नवरात्रि : पूर्णताको खोजी

कात्तिक २०, २०७४

NTC
Premier Steels
यतिबेला हामीकहाँ शारदीय नवरात्रपर्व चलिरहेको छ । हरेक वर्ष आश्विनशुक्ल प्रतिपदाको दिन घरघरमा घटस्थापना गरी जमरा राखेपछि शुरु हुने यो पर्व नेपाली समाजमा बडादशैं पर्वको नामले बढी परिचित छ । हिन्दूदर्शनले चारवटा नवरात्रलाई मानेको छ । नवरात्रमा आश्विनशुक्ल, माघशुक्ल, चैत्रशुक्ल र आषाढशुक्ल प्रतिपदादेखि दशमीसम्मका रातहरू पर्दछन् । शास्त्रीय दृष्टिकोणले नवरात्रहरू सबै उत्तिकै महत्त्वका मानिन्छन् ।


तर हाम्रो समाजमा शारदीय नवरात्रको छुट्टै विशेषता रहिआएको छ । यद्यपि हिजोआज कतैकतै नवरात्र अर्थात् दशैं एउटा समूह वा सम्प्रदाय विशेषको मात्र पर्व हो भन्ने गरिएको पनि सुनिने गरेको छ तर कुरो त्यसो होइन । नवरात्र पर्व विशेषगरी शक्तिउपासनाको पर्व भएकाले सबै वर्ग, समूह र सम्प्रदायका लागि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

नवरात्र पर्वमा उपासना गरिने माता भगवतीका नौ रूप छन् । यी रूपहरूमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यिनीहरूलाई सामूहिक रूपमा नवदुर्गा पनि भनिन्छ । कतै सामूहिक रूपमा र कतैकतै प्रत्येक दिन क्रमशः एक–एक रूपको पूजा गर्ने गरेको पनि भेटिन्छ तर कहाँ कसले कसरी गर्छन् त्यो त्यति महत्त्वपूर्ण कुरो होइन । आ–आफ्नो चलनको कुरो हो । जसले जसरी गरे पनि हुन्छ तर उपासनाको दिन र उपास्य शक्तिमा किन नौ अङ्कले प्राथमिकता पाएको छ त्यो भने निकै रोचक देखिएको छ ।

हामी सबैलाई थाहा छ, नौ अङ्क आफैंमा पूर्ण हो । त्यसपछि आउने जति पनि सङ्ख्या छन्, ती सबै अङ्कहरू आपसमा दोहोरिएर नै बन्दछन् तर नौ अङ्कको अवस्था त्यस्तो छैन । ऊ यसै पनि एक्लो अङ्कमध्ये अन्तिम अङ्क त हुँदै हो, साथै ऊ यस्तो अङ्क पनि हो जसलाई जतिले गुणा गरे पनि योगफल नौ नै आउने गर्दछ । जस्तो ९+९=१८ हुन्छ । १८ भनेको नौ नै हो १+८=९ । त्यस्तै ९ गुणा ९=८१ हुन्छ यो भनेको पनि नौ नै हो । ८+१=९ । त्यसैगरी ९ गुणा १० = ९० हुन्छ । यो भनेको पनि नौ नै हो किनभने शून्यको गणना अर्कोको साथमा आउँदा मात्र हुने हो आफैंमा उसको कुनै गणना नै हुँदैन । ९+०=९ । एवं रीतले ९ गुणा ११ तथा ९ गुणा १२ गर्दै जति अङ्कले गुणा गरेपनि अन्ततः योगफल नौ नै निस्कने गर्दछ । यो छुट्टै कुरो हो कि गुणन गर्ने अङ्क धेरै भएको खण्डमा कतै योगफलको सङ्ख्या पनि बढ्नसक्छ तर जति नै बढ्दै गएपनि सबै नौ अङ्ककै वरिपरि खेलिरहेका हुन्छन् । यो चमत्कार ९ अङ्कमा मात्र लागू हुन्छ । अन्यत्र मरेकाटे मिल्दैन ।

यो के हो ? यही त पूर्णको पूर्णसितको खेल हो । अनि यही नै एउटा पूर्णको अर्को पूर्णसितको मेल हो । त्यसैले नवरात्र पनि आफैंमा हामीलाई पूर्णतातर्फ उन्मुख गराउने पर्व हो किनभने यहाँ एउटा पूर्णसित अर्को पूर्णको समन्वय हुने प्रक्रिया पूरा भइरहेको हुन्छ । उपासनाको अवधि पनि नौ अर्थात् पूर्ण र उपास्य शक्ति पनि नौ अर्थात् पूर्ण । यसैलाई वेदले ‘पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते’ अर्थात् जहाँ पूर्णसित पूर्णको आपसी समन्वयात्मक खेल भइरहेको हुन्छ त्यसबाट निस्कने फल पनि पूर्ण नै हुन्छ भन्ने गरेको छ । कसैले जलमा बस्दा जलको अभाव र स्थलमा बस्दा स्थलको अभाव सोच्ने गरेको छ भने मूर्खताबाहेक केही होइन । बरू के चाहिँ प्रश्न उठ्नसक्छ भने नवरात्रको अनुष्ठानले कसरी जीवनलाई पूर्ण बनाउन सक्दछ ?

यसको उत्तर पनि नवरात्रमा पाठ गरिने चण्डी सप्तशती आफैंले दिएको छ । जस्तो, चण्डी सप्तशतीमा सर्वप्रथम मधुकैटभ वधको प्रसङ्ग आएको छ । यो भनेको जीवनमा पूर्णताका लागि सर्वप्रथम अज्ञानबाट मुक्ति पाउनुपर्छ भन्ने हो । त्यसपछि आएको महिषासुर वधको प्रसङ्गले क्रोधबाट मुक्तितर्फ सङ्केत गरेको छ । त्यसपछि धुम्रलोचन मार्नुपर्छ । यो भनेको पनि खराब दृष्टिबाट बच्नपर्छ भन्ने नै हो । त्यसपछि आएको चण्डमुण्ड वधको प्रसङ्गले पाशविक स्वभावबाट उन्मुक्तितर्फ सङ्केत गरेको छ भने त्यसपछिका रक्तबीज तथा निशुम्भ र शुम्भ आदि दानवहरू वधका प्रङ्गले क्रमशः लोभ, मोह र खराब वासनाबाट मुक्त हुनपर्छ भन्ने सन्देश दिएको छ । चण्डी सप्तशतीका मूल पात्र समाधि वैश्य र सुरथ राजाले यसैबाट पूर्णताको अनुभव गरेका थिए । पहिले उनीहरू पनि हामी जस्तै अपूर्ण नै थिए ।

मानवजीवन आफैंमा पूर्ण नै हो तर हाम्रा जीवनऊर्जा अर्थात पूर्णताका स्रोतहरू काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यका संसारमा हराइरहेका छन् । त्यसैको खोजीको लागि नै नवरात्र पर्र्व हो तर विडम्बना प्रत्येक वर्ष आउने नवरात्र पर्वले हामीलाई यस कुराको जति नै हेक्का गराउन खोजेपनि हामी भने अझै परम्परा धान्नमै सीमित छौं । त्यसैले आशा गरौं यसपटकको नवरात्रदेखि माता भगवतीले हामी सबैलाई सोही अवस्थामा पुग्ने शक्ति प्रदान गरून् । सबैको जीवन पूर्ण होस् । कसैले पनि कसैमाथि थिचोमिचो नगरून् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x