×

NMB BANK
NIC ASIA

प्रस्तावित राजदूत शनिल नेपालमाथि संसदीय सुनुवाइ

एक युवा राजदूतको विद्वत् संसदीय सुनुवाइ– रोनाल्डोलाई नेपाल ल्याउनेसम्मको चर्चा

पोर्चुगलका लागि प्रस्तावित नेपाली राजदूतको अवधारणा– समुद्रदेखि सगरमाथासम्म

काठमाडाैं | मंसिर २२, २०८०

NTC
Premier Steels

पोर्चुगलका लागि नेपाली राजदूतमा प्रस्तावित शनिल नेपालसँग संसदीय सुनुवाइ विशेष समितिले शुक्रवार दिउँसो सुनुवाइको समय राखेको थियो । राजदूतमा प्रस्तावित ३६ वर्षीय युवा सांसदका प्रश्नको सामना गर्न संसद् सचिवालयको ४११ नम्बर कोठाबाहिर कुरिरहेका थिए । 

Muktinath Bank

प्रस्तावित राजदूतको सुनुवाइअघि पोर्चुगलमा राजदूतावास आवश्यक छ/छैन भन्ने विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई समितिमा बोलाइएको थियो । संसदीय सुनुवाइको इतिहासमा यो पनि एउटा नयाँ प्रयोग थियो– सरकारले राजदूत सिफारिश गरेपछि दूतावास आवश्यक छ कि छैन भनेर छलफल गर्ने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोर्चुगलमा राजदूतावास स्थापना गर्ने सरकारको योजना सुझवुझपूर्ण रहेको र दूतावास आवश्यक भएको मन्त्री साउदले समितिमा बताए । देशको अर्थतन्त्र कमजोर रहेको समयमा राजदूतावास थप गर्न सकिन्छ कि सकिन्न भन्नेमा सांसदहरूको चासो थियो । ‘अर्थ मन्त्रालयको स्वीकृति’ लिएरै दूतावास स्थापना गर्न लागिएको मन्त्रीको जवाफपछि समिति प्रस्तावित राजदूतसँग सुनुवाइ गर्न तयार भयो । दूतावास स्थापना गर्न लाग्ने खर्चभन्दा धेरै फाइदा दूतावास स्थापना गर्दा हुने सांसदहरूको भनाइ आयो ।


Advertisment
Nabil box
Kumari

प्रस्तावित राजदूतसँगको सुनुवाइअघि समितिले उजुरीकर्तालाई आफ्नो कुरा राख्न समय दियो । प्रायः राजदूतहरूलाई उजुरी गर्दै आएका उज्ज्वलकृष्ण श्रेष्ठले आफ्नो उजुरी पेस गरे– प्रस्तावित राजदूतसँग कूटनीतिक मामिलाको जानकारी छैन । उनी कांग्रेस नेता डा. शशांक कोइरालानिकट हुन्, उनले मुलुकको प्रतिनिधित्व गर्न सक्दैनन् । 

Vianet communication

उजुरीकर्ता आफैंमा पीडित रहेछन्, अर्थ मन्त्रालयमा टाइपिस्टको काम गर्दागर्दै उनी निस्कासनमा परेका रहेछन् । राजदूतलाई उजुरी गर्न आएका उनले आफ्नो पीडा पनि सुनाउन भ्याए । त्यसक्रममा कांग्रेस मुख्य सचेतक रमेश लेखक र एमाले सचेतक महेश बर्तौलाबीच उनको कुरा छुट्टै सुन्ने व्यवस्था गर्ने ठट्टा भयो । 

सांसद प्रकाश अधिकारीले उजुरीकर्तालाई सबै राजदूतलाई एउटै सनातनी उजुरी किन गर्नुहुन्छ भनेर प्रश्न गरे । एमाले सचेतक बर्तौलाले उनलाई उल्टै प्रश्न गरे– ‘प्रस्तावित राजदूतले यति राम्रो कार्ययोजना ल्याउनुभएको छ, तपाईं के आधारमा उहाँलाई अन्तर्राष्ट्रिय मामिलाको जानकार होइन भन्ने आरोप लगाउनुहुन्छ ?’ उजुरीकर्तासँग जवाफ थिएन । ‘मेरो कुरा उजुरीमै पेस गरेको छु’ श्रेष्ठले भने । 

त्यसपछि समितिको सभापतित्व गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले उजुरीकर्तालाई बिदा गरे । सनातनी उजुरीप्रति सांसदहरूले खिन्नता व्यक्त गरे । 

त्यसपछि प्रस्तावित राजदूतलाई समितिमा बोलाइयो । प्रस्तावित राजदूत नेपालले १३ पानामा समेटिएको आफ्नो अवधारणा पेस गरे । उनले नेपाल–पोर्चुगल कूटनीतिक सम्बन्धको इतिहासको चर्चासहित आफ्नो लिखित योजना पेस गरे । 

समुद्रदेखि सगरमाथाको अवधारणा 

प्रस्तावित राजदूत नेपालले नेपालमा पोर्चुगलबाट आउने पर्यटकको संख्या ५ वर्षको तुलनामा अहिले ३४ प्रतिशतले बढेको तथ्यांक सुनाउँदै आफू राजदूत नियुक्त भएमा प्रत्येक वर्ष कम्तीमा १० हजार पर्यटक नेपाल भित्र्याउने योजना सुनाए । ‘सन् २०१८ मा पोर्चुगलबाट नेपालमा २ हजार ३६ पर्यटक आएकोमा सन् २०२२ मा ३ हजार ५ सय ४७ आएका रहेछन् । म राजदूत भएर गएँ भने पहिलो वर्षमा सो संख्या १० हजार पुर्‍याउँछु, यो मेरो प्रतिबद्धता हो,’ नेपालले भने । 

भारतको गोवामा आउने हजारौं पर्यटकलाई नेपाल ल्याउन पहल गर्ने आफ्नो योजना रहेको उनले बताए । यसैलाई उनले समुद्रदेखि सगरमाथाको अवधारणामा समेटेका छन् । ‘पोर्चुगलमा आएका अन्य देशका पर्यटकलाई पनि नेपाल भ्रमणका लागि पहल गर्छु,’ नेपालले आफ्नो योजना समितिलाई सुनाए । जुन कुरालाई प्रायः सबै सांसदले प्रशंसा गरे । 

उनले ‘टीम युरोप’को अवधारणा पनि संसदीय समितिमा राखे, जुन नौलो थियो । युरोपमा रहेका नेपाली राजदूतहरूको एउटा टीम बनाएर नेपालको हित प्रबर्द्धनमा काम गर्ने उनको योजनालाई सांसदहरूले बडो धैर्यपूर्वक सुने । 

पोर्चुगलमा झण्डै ६० हजार नेपाली रहेकोमा एक हजार हाराहारीले विभिन्न व्यवसाय सञ्चालन गरिरहेको र व्यापार प्रबर्द्धनमा नयाँ कार्यक्रम ल्याउने उनले बताए । पोर्चुगलसँग श्रम सम्झौता गर्न पहल गर्ने आफ्नो प्राथमिकता रहने उनले बताए । 

पोर्चुगलमा हुने व्यापार मेलामा नेपालको स्टल राख्ने तथा पोर्चुगलको कृषि प्रविधिलाई नेपाल भित्र्याउने योजना रहेको उनले सुनाए । साथै, नेपाली विद्यार्थीलाई छात्रवृत्तिका लागि पहल गर्नेलगायत कयौं नयाँ विषय उनले अगाडि सारे ।

रोनाल्डोलाई नेपाल ल्याउने चर्चा !

प्रस्तावित राजदूतले आफ्नो योजना सुनाइसकेपछि सांसदहरूले प्रश्न राख्ने क्रम शुरू भयो । सभापति राणाले शुरूमा एमाले सचेतक महेश बर्तौलालाई समय दिए । ‘प्रस्तावित युवा राजदूतले समितिमा पेस गरेको अवधारणाको लय र शैली एकदमै राम्रो लाग्यो ।

खासगरी गोवा आउने पर्यटकलाई नेपाल ल्याउने समुद्रदेखि सगरमाथा भन्ने अवधारणा धेरै राम्रो छ,’ बर्तौलाले भने, ‘रोनाल्डोलाई नेपाल ल्याउनेबाहेक सबैकुरा योजनामा आएको छ । कार्ययोजना पूरा गर्नुहोला ।’ 

एमालेकै राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले समुद्रदेखि सगरमाथा भन्ने अवधारणा नौलो लागेको बताए ।

‘सुनुवाइका लागि यहाँ आएका राजदूतले यति प्रस्ट योजना ल्याएका थिएनन्, तपाईंले अगाडि सारेका कार्ययोजना पूरा गर्नुहोला,’ दाहालले भने । उनले गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरालाई प्रचार गर्न जरुरी रहेको बताए । 

जसपा सांसद प्रकाश अधिकारीले नेपालीका लागि युरोपको प्रवेशद्वारजस्तो बनेको पोर्चुगलमा राजदूत नियुक्ति अनिवार्य रहेकोमा नेपालले नयाँ अवधारणा ल्याएको बताए । उनले पोर्चुगलमा रहेका कामदारको पक्षमा काम गर्न आग्रह गरे । 

रास्वपाका डोलप्रसाद अर्यालले नेपालले पेस गरेको अवधारणापत्र गर्व गर्न लायक भएको बताए । सँगै उनले प्रश्न गरे, ‘नेपाल सरकारले तपाईंभन्दा योग्यलाई राजदूत बनाउन प्रस्ताव गरे तपाईंले छाति चौडा गर्नुहुन्छ ? या तपाईंले आफूलाई त्यसमा योग्य ठान्नु हुन्छ ?’    

कांग्रेस सह–महामन्त्री जीवन परियारले २०४६ सालपछि राजदूत सिफारिश भएको एक युवाले ल्याएको अवधारणा प्रशंसायोग्य रहेको बताए । ‘टीम युरोप’को अवधारणाले आफूलाई प्रभावित गरेको परियारले बताए । 

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता समेत रहेका सांसद रमेशजंग रायमाझीले प्रख्यात खेलाडी रोनाल्डोलाई नेपाल ल्याउन साँच्चिकै पहल गर्नुहुन्छ त भनेर प्रश्न गरे ।

‘एकजना युवालाई राज्यले राजदूत बनाउँदैछ, अघि यहाँ एकजना माननीयले पनि भन्नुभयो । हामीले टीभीमा मात्र देखेका रोनाल्डोलाई नेपाली भूमिमा ल्याउन सके त्यो भन्दा खुशी र तपाईंको सफलता के होला ?’ रायमाझीले भने । 

कांग्रेस सचेतक रमेश लेखकले प्रस्तावित राजदूतले असल कार्ययोजना पेस गरेको बताए । ‘युवा भएकाले तपाईंमा केही गरौं भन्ने जोशजाँगर पक्कै छ । तपाईं सफल हुनुभएन भने या राम्रो काम गर्न सक्नुभएन भने नेपालको संसद्मा आएका युवाको बारेमा समेत प्रश्न उठ्छ,’ लेखकले भने । 

उनले चाँडोभन्दा चाँडो श्रम सम्झौता गर्ने कुरालाई प्राथमिकतामा राख्न सुझाव दिए । 

null

माओवादीका जगप्रसाद शर्माले नयाँ संविधान जारी भएपछि खुल्न लागेको नयाँ दूतावासका लागि प्रस्तावित राजदूतले असल कार्ययोजना ल्याएको बताए । 

‘तपाईंमाथि काम गर्ने चुनौती छ, तर यी योजना कार्यान्वयन गरेर नमूना राजदूतावास बनोस् भन्ने शुभकामना छ,’ शर्माले भने । 

कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्कीले समुद्रदेखि सगरमाथाको अवधारणाले सबै सांसदको मन छोएको बताए । 

‘एकजना युवाले अनुभव नभए पनि कूटनीतिक दक्षता प्रस्तुत गर्नुभएको छ । नेपालमा पोर्चुगलको दूतावास स्थापना गर्ने कुरा पनि धेरै महत्त्वको प्रस्ताव हो,’ कार्कीले भने, ‘पोर्चुगलका नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने गर्ने कुराले धेरै महत्त्व राख्छ । काम शुरू गरेको ६ महिनाभित्रमा कामको संकेत देखाउनु होला ।’ 

नेकपा एमालेकी ईश्वरी घर्तीले यसअघिका अनुभवी राजदूतले भन्दा नयाँ प्रस्तुति पेस गरेको बताइन् । ‘तपाईंको बारेमा मलाई फोनमा पनि एउटा गुनासो आएको थियो, तपाईं कांग्रेस नेता विशेषको कोटामा नियुक्त हुन लाग्नुभएको भनेर, यसबारे पनि प्रस्ट पारिदिनुहोला,’ घर्तीले भनिन् । 

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले कार्ययोजना हेर्दा विगतका राजदूतलाई चुनौती दिने खालको रहेको बताए ।

‘नेपालका राजदूतहरूको पर्फर्मेन्स भनेको जागिर खाने र घुम्नेबाहेक केही देखिएको छैन । तपाईंको कार्ययोजना हेर्दा विगतका राजदूतलाई चुनौती दिने खालको छ । तपाईंको प्रस्तुति प्राज्ञिक लाग्यो,’ गिरीले भने । 

उनले प्रस्तावित राजदूतलाई एउटा चुनौती पनि दिए– ‘के तपाईंसँग आफ्नो योजनालाई अल्पकालीन (सर्ट टर्म), मध्यकालीन (मिड टर्म) समीक्षा गरेर काम गर्न नसके फिर्ता आउँछु भन्ने हिम्मत छ ? त्यो पनि यहाँ बताउनुस् ।’

अन्तिममा बोलेकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले यस्तो प्रस्तुति आफूले दुर्लभै भेट्ने गरेको बताइन् । सांसदहरूले अवधारणा कार्यान्वयनका लागि सरकारी स्रोत कति सम्भव होला भन्ने संशय व्यक्त गरे । 

रोनाल्डोलाई सगरमाथामा ल्याउन पनि पहल गर्छुः नेपाल

प्रस्तावित राजदूत नेपालले सांसदहरूले उठाएका प्रश्नको सालीन र अत्यन्त सुझबुझपूर्ण जवाफ दिए, 'सरकारले दिएको जिम्मेवारी विवेकले भ्याएसम्म पूरा गर्छु ।'

अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गर्दा अनौपचारिक कूटनीतिको काम गर्ने मौका पाए पनि औपचारिक कूटनीतिमा आफ्नो लागि पहिलो प्रयास भएको उनले बताए । ‘युवा विदेशिनु ब्रेन ड्रेन मात्र होइन, नलेज गेन पनि हो भन्ने ठान्छु । लर्निङ र अर्निङसहित कृषिमा प्रशिक्षार्थी कामदार लैजान मेरो प्रयास रहने छ,’ प्रस्तावित राजदूत नेपालले भने ।

पोर्चुगलको संविधान लिबरल भएकाले त्यहाँका नागरिक र आप्रवासी कामदारलाई सरकारले गर्ने व्यवहार एकै भएपनि त्यहाँ रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन काम गर्ने उनले बताए । 

null

रोनाल्डोलाई नेपाल ल्याउने कुरा आफ्नो मनमा रहे पनि लिखित अवधारणामा नराखेको बताए । 

‘कूटनीतिमा विभिन्न प्रयोग हुन्छन् । पोर्चुगलकै नागरिक राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसले हालै सगरमाथा अवलोकन गरेर जानुभएको छ । माननीयज्यूहरूले भनेजस्तै कूटनीतिको प्रयोगमार्फत रोनाल्डोलाई नेपाल ल्याउन, कालापत्थरमा लगेर सगरमाथा देखाउन र कालापत्थरमै फूटबल खेलाउनका लागि अवश्य पहल गर्नेछु,’ सांसदहरूको प्रश्नको जवाफमा नेपालले भने । खासगरी जलवायु परिवर्तनको असर कस्तो परेको छ भनेर विश्वको ध्यानाकर्षण गर्नका लागि सांसदहरूले नै सुझाएको अवधारणा आफूले कार्यान्वयनका लागि पहल गर्ने उनले बताए । 

राजनीतिक दलनिकट रहेको सांसदको प्रश्नमा नेपालले जवाफ फर्काए, ‘डेमोक्रेटिक आइडोलोजीमा गाइडेड व्यक्ति हुँ । कुनै नेता विशेषसँग जोडेर नहेर्दिनुहोला, राष्ट्रको प्रतिनिधि भएर काम गर्छु ।’ 

प्रस्तावित राजदूत नेपालले औपचारिक कूटनीतिमा आफ्नो अनुभव नभए पनि जानकारी र अध्ययन रहेको बताए । अनुभवीसँग ज्ञान लिएर देशको हितमा काम गर्ने उनले बताए । ‘व्यापार प्रबर्द्धनमार्फत देशको मानप्रतिष्ठा बढाउनका लागि मेरो सबै प्रयास रहने छ । माननीयज्यूहरूले भनेजस्तै युवा भएकाले फेल हुने छुट मलाई छैन,’ यति भनेर उनले आफ्नो जवाफको बिट मारे । जवाफपछि नेपाल बिदा भए । 

मन्त्री, उजुरीकर्ता र प्रस्तावित राजदूसँगको छलफलपछि संसदीय सुनुवाइ विशेष समितिले शनिल नेपाललाई सर्वसम्मत रूपमा अनुमोदन गर्दै नियुक्तिका लागि राष्ट्रपतिकोमा पठायो । संसदीय समितिमा सत्ता–प्रतिपक्षका सांसदहरूले एक स्वरमा प्रस्तावित व्यक्तिमाथि यसरी प्रशंसा गरेको यो दुर्लभ अवसर हो । 

सरकारले कात्तिक २३ गते शनिललाई पोर्चुगलका लागि नेपाली राजदूत सिफारिश गरेको थियो । सम्बन्धित देशबाट अग्रिमो आएपछि उनी राजदूत नियुक्त हुनेछन् । युरोपेली देश पोर्चुगलमा ६० हजारभन्दा धेरै नेपाली बसोवास बस्दै आएका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x