×

NMB BANK
NIC ASIA

छुटे बालकृष्ण

बालकृष्ण खाण ७ महिना जेल बस्दा पनि ९० वर्षीया आमालाई थिएन जानकारी !

बुटवल | मंसिर २९, २०८०

NTC
Premier Steels

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण शुक्रबार रिहा भएका छन् ।

Muktinath Bank

केन्द्रीय कारागारमा ७ महिना जेलजीवन बिताएका खाण माठमाडौं जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री समेत रहिसकेका खाण ७ महिनासम्म कारागारमा रहँदा पनि उनकी ९० वर्षीया आमा टोपकुमारी खाणलाई भने यसबारे कुनै जानकारी नगराइएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

बालकृष्णका दाजु हरिकृष्णले भाइ जेल चलान भएको कुरा आमालाई जानकारी नभएको बताए ।

Vianet communication

‘बालकृष्ण घर किन आएको छैन भनेर सोध्दा राजनीति, पार्टी र विभिन्न व्यस्तताले नआएको होला भनियो । ९० वर्ष कटेको आमालाई त्यस्तो कुरा भनिराख्न पनि आवश्यक जस्तो लागेन, त्यही भएर जानकारी दिएका थिएनौं,’ हरिकृष्णले लोकान्तरसँग भने ।

टोपकुमारीका चार भाइ छोरामध्ये जेठा हरिकृष्ण नेपाल प्रहरीबाट सेवानिवृत्त भएका हुन् ।

माइला बालकृष्ण र साइँला रामकृष्ण हुन् । रामकृष्ण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख तथा नेपाली कांग्रेस रूपन्देहीको सभापति छन् । कान्छा श्यामकृष्णले जिल्लामा व्यवसाय गर्दै आएका छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा बालकृष्ण र श्यामकृष्णको घर नजिकै छ । टोपकुमारी कहिले बालकृष्ण र कहिले श्यामकृष्णको घरमा बस्दै आएको हरिकृष्णले बताए ।

बालकृष्ण जेल परेपछि रामकृष्ण भेटका लागि पटक–पटक काठमाडौं गइरहन्थे । तर, दाइलाई कारागारमा भेट्न गएको कुरा परिवारका सदस्यले टोपकुमारीलाई जानकारी दिएनन् ।

खाणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालत पाटनले बिहीबार ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

पूर्वगृहमन्त्री समेत रहेका खाण, नेकपा एमालेका सचिव तथा अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १६ जना जिल्ला अदालतको आदेशमा थुनामा थिए ।

पछि पक्राउ परेकासहित २० प्रतिवादीमध्ये उच्च अदालत पाटनले १५ मंसिरमा १० जनालाई छाड्न आदेश दिएको थियो भने खाणसहित १० जना थुनामै थिए । खाणका सम्बन्धमा न्यायाधीशहरूबीच राय बाझिएको थियो ।

तेस्रो न्यायाधीशको इजलासमा बिहीवार सुनुवाइ हुँदा खाणलाई ३० लाख धरौटीमा रिहा गर्ने भन्नेमा दुई न्यायाधीशको राय मिल्यो । सोही अनुसार खाणले शुक्रवार जिल्ला अदालतमा ३० रुपैयाँको बैंक जमानी बुझाए । लगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएका खाणले त्यहाँ पनि १५ लाख धरौटीको बैंक जमानी बुझाएका थिए ।

त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत हाजिर गराइएका खाणलाई बयान लिएर छाडियो ।

गृहमन्त्री छँदा आर्थिक लाभ लिएर छुटपुट भएका भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्न गिरोहलाई सघाएको अभियोग खाणमाथि छ । 

बालकृष्ण खाण वि.स‌ं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोरासँग पराजित भएका थिए । 

बालकृष्णका दुई श्रीमती छन् । मञ्जु खाण प्रतिनिधि सभामा कांग्रेस सांसद हुन् भने दिलमाया खाण रूपन्देहीको एउटा आधारभूत विद्यालयमा स्थायी शिक्षिका छिन् ।

केही दिनअघि रूपन्देही कांग्रेसको जिल्ला सम्मेलनमा आइपुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले खाण निर्दोष रहेको भन्दै छिट्टै न्याय पाउने बताएका थिए । देउवाले त्यसो भनेको केही दिनमै खाण छुटेका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x