×

NMB BANK
NIC ASIA

दुई नम्बर प्रदेशमा कसको हैसियत कति ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम १५ असोज– देशका अन्य भेगमा दशैंको रौनक चलिरहेको समयमा प्रदेश नम्बर २ मा भने गत असोज २ गते सम्पन्न चुनावको चर्चा सेलाएको छैन् । असोज २ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम ५ दिन पहिले मात्र सार्वजनिक भएको थियो । मधेसका अधिकाशं स्थानमा दशैंको समयमा पनि चुनावी चर्चा कायम रह्यो ।

प्रदेश नं. २ मा सम्पन्न भएको १ सय ३६ स्थानीय तहमा ७७ प्रमुख, ७७ उपप्रमुख, ५९ अध्यक्ष, ५९ उपाध्यक्ष १ हजार २ सय ७१ वडाअध्यक्ष, १ हजार २ सय ७१ महिला सदस्य, १ हजार २ सय ६२ दलित महिला सदस्य र २ हजार ५ सय ४२ सदस्यहरु निर्वाचित भएका छन् ।

जसमध्ये नेपाली कांग्रेसले १ हजार ७ सय ३८, नेकपा एमालेले १ हजार २ सय ५०, नेकपा माओवादी केन्द्रले १ हजार १ सय २८, राष्ट्रिय जनता पार्टीले १ हजार १ सय १२, संघीय समाजवादी फोरम नेपालले १ हजार ५७ र अन्यले ३ सय ३३ पदमा विजयी प्राप्त गरेका छन् ।

प्रदेश नं. २ मा समग्र संख्याको आधारमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो, राजपा नेपाल चौथो र फोरम नेपाल पाँचौ शक्तिका रुपमा स्थापित भएका छन् । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेस २६, राजपा नेपाल १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १२, संघीय समाजवादी फोरम १० र अन्यले २ स्थानमा जित प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले २२, नेकपा माओवादी केन्द्रले १८, राजपा नेपालले १७, नेकपा एमालेले १४ र फोरम नेपालले ५ स्थानमा जित हासिल गरेका छन् ।

त्यसैगरी गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालले १६, नेपाली कांग्रेसले १४, राजपा नेपालले ११, नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ६ र अन्यले ४ स्थानमा जित हासिल गरेका छन् ।

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालले २०, नेपाली कांग्रेसले १३, राजपा नेपालले १३, माओवादी केन्द्रले ६ र नेकपा एमालेले ५ स्थानमा जित हात पारेको छ । त्यसैगरी वडाध्यक्षमा नेपाली कांग्रेसले ३ सय ३८, एमालेले २ सय ३०, माओवादी केन्द्रले २ सय ३०, राजपा नेपालले १ सय ९५ र संघीय समाजवादी फोरम नेपालले १ सय ९१ स्थानमा जित हात पारेको छ ।

महिला सदस्यमा नेपाली कांग्रेसले ३ सय २३, एमालेले २ सय ५२, माओवादी केन्द्रले २ सय १८, राजपा नेपालले २ सय ११ र संघीय समाजवादी फोरम नेपालले २ सय ९ स्थानमा जित हात पारेको छ ।

त्यसैगरी दलित महिला सदस्यमा नेपाली कांग्रेसले ३ सय २६, एमालेले २ सय ४६, राजपा नेपालले २ सय १४, माओवादी केन्द्रले २ सय १२ र फोरम नेपालले २ सय ५ स्थानमा जित हात पारेको छ । त्यसैगरी सदस्यहरुमा नेपाली कांग्रेसले ६ सय ७६, एमालेले ४ सय ८५, राजपा नेपालले ४ सय ३७, नेकपा माओवादी केन्द्रले ४ सय २३ र फोरम नेपालले ४ सय १ स्थानमा जित हात पारेको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो ठुलो पार्टी बनेर आएको छ । मधेस आन्दोलनको अगुवाई गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन घटक दलहरु संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र लोकतान्त्रिक फोरम नेपाल छुट्टा छुट्टै निर्वाचन लडेका थिए ।


धेरै पहिले नै मोर्चाबाट विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई निकालिएको थियो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा फोरमले सहभागिता जनाएपछि मोर्चा पनि विघटन सरह नै भएको थियो । आन्दोलनमा सहकार्य गरेका राजपा र फोरम अलग्गिएका थिए ।

मधेसमा फोरमको दवदवा

राजपाले फोरमलाई आन्दोलनबाट पछाडी हटेको तथा फोरमका नेतृत्व उपेन्द्र यादवलाई गद्दार सम्म भनेर सत्तोसराप गरेका थिए । मधेस आन्दोलनको लिगेसी अब फोरमसँग नरहेर राजपाको मात्र रहेको समेत दावी गर्न थालिएको थियो । तर, प्रदेश नं. २ को स्थानीय तहको मत परिणाममा राजपा भन्दा फोरमनै बढी सिट ल्याएर मधेसमा आफ्नो दवदवालाई पुनः हासिल गर्न सफल भयो ।

प्रदेश नं. २ का मतदाताहरुको आफ्नै खाले विश्लेषण रहेको पाईन्छ । जनकपुर उपमहानगरपालिका २२ का उपेन्द्र पाण्डेका अनुसार राजपाको त मधेसमा संगठन नै थिएन, चुनावको तयारी पनि थिएन । तर, फोरमको पुरै संगठन चुनावका लागि तयार थियो । जातीको नारा मधेसमा चलेपछि फोरम ठुलो शक्ति बनेको हो ।

रिक्साले झुक्यायो साइकललाई !

कांग्रेस अझै पनि पहिलो पार्टी बन्न सफल हुनुको मुख्य कारण राजपाको गाउँमा संगठन नै नहुनु तर्क छ पाण्डेको । महोत्तरी पररियाका मनसुर आलमका बुझाईमा मधेसमा राजपा नै ठुलो शक्ति हुने थियो । तर, साईकलका अधिकांश मत धोकाले रिक्सामा पर्न गयो र ठाउँ ठाउँमा राजपाका उम्मेदवारलाई हार बेहोर्नु पर्यो ।

जनकपुर १६ पुल चौकका दिपक साह कांग्रेस समर्थक हुन । उनी आफ्ना गाउँ हंसपुर नगरपालिकाका मतदाता हुन । उनको बुझाईमा हंसपुर नगरपालिकामा राजपाले जित्नु पछाडीको मुख्य कारण नेपाली कांग्रेसले योग्य उम्मेदवार उठाउन नसक्नु हो ।

‘हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका विमलेन्द्र निधि खेमाका प्रदिप यादवलाई टिकट दिइयो । जो कि उनी योग्य उम्मेदवार थिएनन् । उनको ठाउँमा लिला कोइराला खेमाका भुपनारायण यादवलाई टिकट दिएको भए राजपा जित्ने थिएनन्’ साहले लोकान्तरसंग भने, ‘त्यसैले त्यहाँ कांग्रेसकै बागी उम्मेदवार भरोसी मण्डल मेयरमा उठेर कांग्रेसको ११ सय मत काटे र नेपाली कांग्रेसका प्रदिप यादव हारे ।’

यादव आफै कांग्रेस समर्थक भएपनि कांग्रेसका उम्मेदवार जित्ने नदेखेपछि मधेस आन्दोलनको सेन्टिमेन्टलाई सम्मान गर्दै राजपाका उम्मेदवार रामज्ञान मण्डललाई मत दिएको बताउँछन् । यादव के पनि भन्छन भने यहि हाल रह्यो भने कृषि मन्त्री रामकृष्ण यादवको कांग्रेसको किल्ला ध्वस्त हुनेछ । रामकृष्ण यादव धनुषाको निर्वाचन क्षेत्र नं. २ बाट दुई पटक सभाषद भईसकेका छन् ।


कांग्रेस पहिलो दल बन्नुमा निधि कारण ?

जनकपुर ४ का चन्देश्वर ठाकुरको बुझाईमा प्रदेश नं. २ मा अहिले नेपाली कांग्रेसले जेजति मत पाएका छन् त्यो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकै कारण पाएका हुन । मधेस आन्दोलनताका मधेसका अजेण्डाका पक्षमा निधि उभिएका कारण र पार्टीमा समेत राम्रो कद बनाएका कारण निधिकै प्रभावले त्यति मत पनि कांग्रेसले पाउन सक्यो ।

'पञ्चायत काल देखि तराईलाई कांग्रेसको गोरहा खेत भनेर भन्ने गरिन्छ । तर, अब त्यो खेत सुख्खा बंजरमा परिणत भईसकेको छ । निधिले कतिसम्म खेतलाई उर्बर बनाउन सक्छन् त्यो भने भन्न सकिन्न” ठाकुरले लोकान्तरसंग भने ।
ठाकुरको बुझाईमा राजपा र फोरम मिलेर चुनावमा आउनु पथर््यो । तर, राजपालाई ठुलो अहंकार र घमण्ड भएकाले जनताले पनि फोरमलाई ठुलो शक्ति बनाएर राजपालाई हैसियतमा ल्याईदिएको छ ।

एमालेको मत माओवादीमा ?

महोत्तरीका मटिहानीका श्याम नारायण झा भन्छन,“ महोत्तरीका जनताको भावना राजपा संग गयो । एमालेको पता साफ भयो । एमालेको प्रतिबद्ध संगठन भएपनि एमालेको मत महोत्तरीमा माओवादीमा गयो । माओवादीले मधेसका मागहरु प्रति सकारात्मक दृष्टिकोण राखेका कारण एमालेको मत माओवादीमा गएको हो ।”

स्थानीय निकायमा राजपा, फोरम, माओवादी लगायतका दलहरु पहिलो पटक सहभागी भयो । तर, कांग्रेस र एमालेको पहिले देखि नै संगठन भएका आधारमा प्रदेश नं. २ मा कांग्रेस र एमालेले मत ल्याएको झाको बुझाई छ ।
जनकपुर उपमहानगरपालिका ६ का दिनेश डोम भन्छन, 'प्रदेश नं. २ मा राजपा र फोरम अगाडी आउनुको कारण मधेस आन्दोलन नै हो । कांग्रेसलाई उसको अहमले खायो । एमालेको मधेस विरोधी दृष्टिकोणले पछाडी धकेलियो ।'

जनकपुर उपमहानगरपालिका ८ का रामनरेश साह भन्छन,'विना तयारी राजपा चुनावमा गयो । संगठन होइन सेन्टिमेन्टको भोट राजपा र फोरमलाई गयो । फोरम जित्नुको कारण फोरमले मधेसका बहुसंख्यक जाती यादव समुदायलाई उठाउनु पनि हो ।'

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x