×

NMB BANK
NIC ASIA

विद्युत् प्राधिकरणको विरोधाभास

विवादमा कुलमान : बिहान–बेलुका गरेर ८ देखि १० घण्टा लोडसेडिङ !

काठमाडाैं | माघ १४, २०८०

NTC
Premier Steels

२०७३ सालको भदौमा पहिलोपल्ट नेपाल विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशकको रूपमा नियुक्ति लिएका कुलमान घिसिङले ४ वर्ष कार्यकाल पूरा गरेपछि प्राधिकरणबाट बिदा हुँदा नेपालमा अब लोडसेडिङ इतिहास भइसकेको र कसैले चाहेर पनि लोडसेडिङ नफर्किने दाबी गरेका थिए ।

Muktinath Bank

त्यतिबेला उनको प्रसिद्धि यति थियो कि उनलाई पुनः नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलन नै भयो । त्यही प्रसिद्धिको बलमा तत्कालीन शेरबहादुर देउवा सरकारले २०७८ को साउनमा उनलाई सोही पदमा नियुक्त गरिदियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, उनको दोस्रो कार्यकालको तेस्रो वर्ष चलिरहँदा उनकै भाषामा 'इतिहास भइसकेको' लोडसेडिङले जनता र उद्योगी/व्यवसायी आतंकित बन्न थालेका छन् ।


Advertisment
Nabil box
Kumari

बक्यौताको 'डण्डा' देखाएर उद्योगको लाइन काट्ने र काटिएको बिजुली अन्त वितरण गरेर कृत्रिम रूपमा लोडसेडिङ हटेको देखाउने उनको पछिल्लो रणनीतिले काम गरेन ।

Vianet communication

सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद समाधान गर्न तीन सदस्यीय समिति गठन गरेपछि र उद्योगीहरूले अधिकतम ६० किस्तामा बक्यौता रकम तिर्न पाउने सहुलियत प्राप्त गरेपछि घिसिङको इच्छाविपरित ती उद्योगहरूमा पुनः लाइन जोडिएको थियो ।

पछिल्लो समयमा ८ देखि १० घण्टा नियमित रूपमा लोडसेडिङ हुन थालेको छ । उद्योगमा मात्र नभएर सर्वसाधारणको लाइन पनि नियमित रूपमा काटिने गरेको उपभोक्ताहरूको गुनासो छ ।

विराटनगर र बुटवल-भैरहवा औद्योगिक कोरिडोरमा दिनको ८ देखि १० घण्टा नियमितजसो लाइन जाने गरेको त्यहाँका उद्योगीहरू बताउँछन् ।

उद्योग चल्ने सिजनमा अघोषित रूपमा लाइन काटिन थालेपछि उद्योगीहरू आतंकित बनेका छन् । कुल उत्पादन क्षमताको ३० प्रतिशतभन्दा माथि उत्पादन गर्न नसकिएको उनीहरूको गुनासो छ ।

प्राधिकरणकै कर्मचारीहरू घिसिङले उद्योगीहरूसँग लिएको प्रतिशोधपूर्ण व्यवहारका कारण उपप्रबन्ध निर्देशक मनोज सिलवाललाई लाइन काट्न निर्देशन दिने गरेको एक कर्मचारीले आरोप लगाए ।

'लाइन काट्ने/नकाट्ने तजबिजी अहिले आफूलाई सेकेन्डम्यान बताउने मनोज सरको हातमा छ । हामीलाई आएको गुनासो माथि पुर्‍याउँदा पनि उहाँले वास्ता गर्नुहुन्न । कुलमान सरको निर्देशनमा उद्योगीहरूसँग प्रतिशोध लिएको चर्चा चल्छ अफिसमा,' उनले भने ।  

कोशी औद्योगिक क्षेत्रमा एक महिनादेखि लोडसेडिङ

कोशीको औद्योगिक क्षेत्रमा गत एक महिनादेखि लोडसेडिङ भइरहेको उद्योगीहरूको गुनासो छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले दैनिक १० घण्टा जति लोडसेडिङ हुने गरेको लोकान्तरसँग बताए ।

'प्राधिकरणका कारण हामी सबैभन्दा धेरै मारमा छौं,' सुरानाले भने, 'यस्तो यसअघि भएको थिएन । हामीमाथि प्राधिकरणबाट प्रतिशोधपूर्ण व्यवहार भएको छ । हामीले हाम्रो क्षमतामा उत्पादन गर्न सकिरहेका छैनौं ।'

त्यस्तै उद्योग वाणिज्य महासंघका कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आफूहरू लोडसेडिङका कारण मारमा परेको बताए ।

उनले प्राधिकरणले आफूहरूलाई लोडसेडिङ तालिका दिएको तर तालिकामा बताइएभन्दा ६ घण्टासम्म बढी विद्युत आपूर्ति बन्द हुने गरेको आरोप लगाए ।

'प्राधिकरणले दिएको तालिका अनुसार उद्योगलाई चाहिने कच्चा पदार्थ भेला गरौं, तर उत्पादन गर्ने बेला लाइन हुँदैन,' राउतले भने, 'कतिबेला लाइन जान्छ भन्ने अवस्था छ, त्यसैले व्यवस्थापन गर्न पनि सहज छैन । ३३ तथा ११ केभीएका दुवै प्रसारण लाइनको अवस्थामा उस्तै छ ।'

बुटवल-भैरहवा औद्योगिक कोरिडोरमा ट्रीपिङको समस्या धेरै

पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बुटवल-भैरहवा क्षेत्रमा ट्रीपिङको समस्या धेरै रहेको बताए ।

‘हामीलाई विद्युत प्राधिकरणले लोडसेडिङको तालिका दिएको छैन,’ उनले लोकान्तरसँग भने, ‘दैनिकजसो ट्रीपिङ व्यापक भइरहेको छ । लाइन गएर एक दुई घण्टापछि आउँछ ।​ कहिलेकाहीँ १०/१५ मिनेटमा पनि आइहाल्छ । ट्रीपिङले गर्दा हामीले ठूलो समस्या भोगेका छौं ।'

रुपन्देही काठमाडौंपछि सबैभन्दा धेरै ठूला उद्योग सञ्चालनमा रहेको जिल्ला हो । नाकाको सहज पहुँच र अन्य ठाउँमा भन्दा यहाँ जग्गा पनि केही सस्तो हुँदा ठूला उद्योगले रुपन्देहीलाई रोजेर उद्योग सञ्चालन गरेका छन् ।

त्यस्तै बुटवल औद्योगिक क्षेत्रमा सञ्चालित एभरेष्ट एभ्रासिम एन्ड एलाइट इन्डष्ट्रिज प्रालिका अध्यक्ष गणेशप्रसाद अधिकारीले ट्रीपिङको आतंक नै भइरहेको बताए ।

‘विगत १५/२० दिनदेखि ट्रीपिङ अति बढेको छ । एकपटक लाइन जाँदा सबै सिस्टम बन्द हुन्छ,’ अधिकारीले लोकान्तरसँग भने, 'कहिले लो भोल्टेज आउँछ र उद्योग चल्नै सक्दैन । कहिले हाई भोल्टेज आउँदा मोटरसहित धेरै इलेक्ट्रिक सामान जलेर समस्या भइरहेको छ ।'

उनले विद्युत प्राधिकरणले यसलाई लोडसेडिङ स्वीकार नगरेको आरोप लगाए । 'लाइन आउँदैन, तर प्राधिकरणले यसलाई लोडसेडिङ भन्ने स्वीकार गर्दैन । यो के हो त ?' उनले प्रतिप्रश्न गरे ।

सर्वसाधारणका गुनासा पनि धेरै

उद्योगमा मात्र नभई देशका कतिपय भागमा दिनकै २/३ पटक लाइन काटिने गरेको गुनासो प्राधिकरणमा आइरहन्छन् ।

प्राधिकरण स्रोतका अनुसार दिनमा देशको विभिन्न भागबाट एक सय जति सर्वसाधारणका गुनासा आउने गर्छन् । पोल ढलेको, तारहरू लत्रिएकोसँगै उल्लेख्य मात्रामा विद्युत प्रवाह नियमित हुन नसकेका गुनासाहरू आइरहेका छन् ।

'प्राधिकरणमा विद्युत आपूर्ति नभएको गुनासाहरू आजकल बढ्न थालेका छन्,' प्राधिकरण स्रोतले भन्यो, 'जाडो मौसममा आफूलाई न्यानो राख्ने ऊर्जाको स्रोत आजकल विद्युत नै बनेको छ, त्यसैले पनि गुनासोको संख्या बढेको होला ।'

कतिपय अवस्थामा काठमाडौंमै पनि विद्युत अचानक जाने गरेको छ । ग्राहकलाई थाहा नदिई घन्टौंसम्म विद्युत गायब हुने अवस्था पुनः सिर्जना भएको चर्चा सामाजिक सञ्जालमा चल्न थालेको छ ।

प्राधिकरणको भारप्रेषण केन्द्र विभागकी व्यवस्थापक रन्जु पाण्डेले कहीँ पनि लोडसेडिङ नभएको बताइन् । 'सामान्य प्राविधिक समस्याबाहेक घोषित या अघोषित लोडसेडिङ कतै पनि भएको मेरो जानकारीमा छैन,' उनले भनिन् ।

भारतले बिजुली दिएन : उपप्रबन्ध निर्देशक सिलवाल

प्राधिकरणका उपप्रबन्ध निर्देशक मनोज सिलवालले लाइन काट्ने कुरा आफ्नो हातमा नरहेको बताए ।

उनले भने, 'सबै सिस्टममा चल्छ, मैले भनेर केही हुँदैन । पछिल्लो समय विद्युत आपूर्तिमा केही समस्या देखिएको साँचो हो, तर यो दीर्घकालीन होइन ।'

उनले भारतबाट पीक आवरमा आवश्यक मात्रामा विद्युत आयात गर्न केही असहज भएको बताए ।

'पीक आवरमा पारिबाट पनि आयात गर्न अलि समस्या भएको छ । तर, त्यो केही दिनका लागि मात्र हो ।  प्राधिकरणले इनर्जी एक्सचेन्ज मार्केटबाट थप बिजुली खरिद गर्न प्रस्ताव गरिसकेको छ, त्यसपछि यो समस्या स्वतः समाधान हुन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x