×

NMB BANK
NIC ASIA

झण्डै तीन दशक पुरानो हल बन्द

किन बन्द भयो गोपीकृष्ण हल ?

काठमाडाैं | फागुन ५, २०८०

NTC
Premier Steels

हलको दुवैतर्फको गेट बन्द छ । साइडको भित्तामा हल बन्दको सूचना टाँसिएको छ । बाटो ओहोरदोहोर गर्ने व्यक्तिहरू रोकिन्छन्, हलतर्फ हेर्छन् र अगाडि बढ्छन् ।

Muktinath Bank

काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज (गोपीकृष्ण हल) बाहिर हिजोआज यस्तै दृश्य देखिन्छ । भवनको माथिपट्टि हिन्दी फिल्म ‘फाइटर’ र नेपाली फिल्म ‘पर्खि बसे तिमीलाई’को खुइँलिँदै गरेका पोस्टर देखिन्छ । त्यसमा ‘गोपीकृष्णमा चलिरहेको छ’ लेखिएको छ । प्राङ्ग्रणमा कलेज बस र केही कार पार्किङ गरिएको छ । भवनको गेटमा चाबी लगाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

एउटा गर्विलो इतिहास बोकेको हल हो, गोपीकृष्ण । वि.स.२०५२ सालमा २ वटा पर्दाबाट सुरु भएको हल ४ हुँदै एकसमय ७ वटा पर्दामा सञ्चालनमा थियो । गोपी, कृष्ण, राधा, मिरा, ओम, नम र शिवाय गरी ७ पर्दा (हल)मा फिल्म लाग्थ्यो । फिल्म हेर्न दर्शकहरूको ठेलमठेल हुन्थ्यो । फिल्म चल्दा दर्शकको भीड देखाउन होस् वा अभिनेता–अभिनेत्रीको क्रेज देखाउन गोपीकृष्ण रोजाइमा पर्दथ्यो ।

Vianet communication

निर्माताहरू पनि यो हलमा आफ्नो फिल्म चलाउन लालायित हुन्थे । ‘गोपीकृष्ण’ नाममा फिल्मसमेत बनेको थियो । भूकम्पपछि भने हलको पुरानो भवन भत्काइयो । त्यसपछि गोपी, कृष्ण, राधा र मिरा हल (चार पर्दा) बन्द भए । केही समय हल बन्द भएर अर्को भवनमा ओम, नम, शिवाय (तीन वटा पर्दा)मा हल पुनः संचालनमा ल्याइएको थियो । 

null

२ वर्षअघि स्तरोन्नती भएर रातो, हरियो र निलो (आरजीबी) रंगको थिममा तीन पर्दामा संचालनमा ल्याइएको हल फागुन १ गतेदेखि सधैंका लागि बन्द गरिएको छ । 

गोपीकृष्णको म्यानेजमेन्ट हेर्दै आएका मनिष कार्कीका अनुसार पछिल्लो समय हलमा हिन्दी फिल्म ‘हनुमान’ र नेपाली फिल्म ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आएका थिए । माघ २६ बाट प्रदर्शनमा आएका ‘हात्तीछाप’ र ‘दयारानी’लाई यो हलमा रिलिज भएनन् । 

null

उसो त गोपीकृष्ण मुभिजलाई कम्प्लेक्सका रूपमा विस्तारित गर्ने तयारी सुरु भएको केही वर्ष भइसकेको छ । सोही अनुसार नै पुरानो भवन भत्काइएको थियो । दर्शकहरू दैनिक हलमा फिल्म हेर्न आएर फर्किन थालेपछि २ वर्षअघि ३ वटा पर्दामा हल संचालनमा ल्याइएको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले बताए ।

उनका अनुसार कोरोनाकालदेखि फिल्म क्षेत्रमा व्यावसायिक मन्दी छाएको थियो । हलले पनि पछिल्लो समय ठूलो आर्थिक घाटा व्यहोर्दै आएका कारण बन्द गर्ने निर्णयमा पुगेको उनले बताए । एकातर्फ आर्थिक घाटा भइरहेको र अर्कोतर्फ ‘गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स’ निर्माणको चरणमा रहेकाले हल बन्द गरिएको हो । 

null

गोपीकृष्ण मुभिज रहेको स्थानमा १८ तले भव्य गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स बन्दै छ । कम्प्लेक्सको संरचना निर्माणको काम चैतबाट सुरु गर्ने तयारी छ । फाइभस्टार होटलदेखि सपिङ मललगायत संरचना कम्प्लेक्समा बनाउने तयारी छ । कम्प्लेक्समा सुविधासम्पन्न फिल्म हलसमेत सञ्चालन गर्ने योजनामा गोपीकृष्ण मुभिज छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x