×

NMB BANK
NIC ASIA

पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गर्दाको खर्च विवरण सार्वजनिक

धनगढी | फागुन ५, २०८०

NTC
Premier Steels

कैलालीको धनगढीमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरेको मूल समारोह समितिले खर्च विवरण सार्वजनिक गरेको छ ।

Muktinath Bank

शनिवार पत्रकार सम्मेलन गर्दै समितिले समारोह आयोजनाका लागि विभिन्न व्यक्तिहरूबाट सङ्कलन भएको रकम र खर्चको विवरण सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोह आयोजनाका लागि कुल ६ लाख ६ हजार  ३ सय ३२ रुपैयाँ सङ्कलन भएकोमा नागरिक अभिनन्दन कार्यक्रममा ७ लाख ९ हजार १ सय ६६ रुपैयाँ खर्च भएको नागरिक अभिनन्दन गरेको मूल आयोजक समिति संयोजक माया प्रकाश भट्टले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार ८० हजार ३ सय रुपैयाँ सङ्कलन हुन बाँकी छ । सो रकम सङ्कलन भएमा जम्मा आम्दानी ६ लाख ८६ हजार ६ सय ३२ रुपैयाँ हुनेछ ।

Vianet communication

आम्दानी र खर्चको विवरण हेर्दा २२ हजार ५ सय ३४ रुपैयाँ घाटा भएको छ । ‘हामीले खर्च जोगाउने प्रयास गरेकै हौं । यसमा सरकारी तहबाट सहयोग भएको थिएन । व्यक्तिहरूले नै सक्दो सहयोग गरेका थिए । अभिनन्दनका क्रममा हामीले उहाँको ग्रन्थ पनि सार्वजनिक गरेका छौं। अब उक्त पुस्तकलाई बचेर घाटा भएको रकम सङ्कलन गर्ने हाम्रो योजना छ । निःशुल्क वितरण गर्नुपर्ने ठाउँमा गरेर बाँकी रहेका पुस्तकलाई प्रतिपुस्तक ५ सयका दरले बिक्री गर्छौं', समिति संयोजक भट्टले पत्रकार सम्मेलनमा भने ।

नेपाली साहित्य क्षेत्र र राजनीतिमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै ८४ औं वसन्त पूजनको अवसरमा चन्दलाई यही फागुन ३ गते सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो ।

४ पटक प्रधानमन्त्री भएका चन्दका हिउँको तन्ना, नेताका साथी, पाहुना घर लगायतका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशन भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x