×

NMB BANK
NIC ASIA

३७ वर्षसम्म स्थानीयलाई हस्तान्तरण भएन एक्याप

अन्नपूर्ण संरक्षण क्षेत्रको राजस्वमा संघको अंकुश, स्थानीयहरू आफ्नै स्रोत उपयोग गर्नबाट वञ्चित

कास्की | फागुन १०, २०८०

NTC
क्रबुमा बनेका अस्थायी संरचना । तस्वीर : रिना थापा/लोकान्तर
Premier Steels

संघ, प्रदेश र स्थानीय सरकारबीच मनमुटाव सिर्जना गर्दै आइरहेको एउटा विषय हो, अन्नपूर्ण संरक्षण क्षेत्र(एक्याप) । तीन तहको द्वन्द्वमा एक्याप खारेज गर्नुपर्ने वा स्रोत बाँडफाँड हुनुपर्ने आवाज त्यस क्षेत्रका १५ गाउँपालिकाहरूले उठाइरहेका छन् । एक्याप क्षेत्रमा परेका पालिकाहरू आफ्नो आम्दानीको स्रोत गुमाउनुपरेको गुनासो पोख्छन् । यता एक्यापले भने स्थानीय प्राकृतिक स्रोत साधनको उपयोग गरेर कर संकलन गरिरहेको छ । 

Muktinath Bank

२०४३ सालमा घान्द्रुकबाट एक्याप स्थापना हुँदा १० वर्षभित्र संरक्षण क्षेत्र समुदायमा हस्तान्तरण गर्ने योजना थियो । समुदायमा आधारित रहेर संरक्षणको कार्यक्रम ल्याएका तत्कालीन समयका विज्ञहरूको हस्तान्तरण योजना भने अधुरो रह्यो । कञ्चनजङ्घा संरक्षण क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण गरेर फर्कँदै गर्दा २०६३ असोज ७ मा तत्कालीन वन तथा भू–संरक्षण राज्य मन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के सहित २४ जनाको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थापनाको ३७ वर्ष बितिसक्दा पनि एक्याप समुदायमा अझै हस्तान्तरण भएको छैन । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले यसको व्यवस्थापन जिम्मा लिँदै आएको छ । पटक–पटकको अन्यौलताकै बीच  सरकारले एनटीएनसीलाई यसको जिम्मा दिँदै आएको हो । २०७७ माघ ३ पछि नवीकरण हुन नसकेको एक्याप पुस ५, २०८० मा मन्त्रिपरिषद्ले पुनः ५ वर्षका लागि एनटीएनसीलाई नै जिम्मा दिने निर्णय गरिसकेको छ । २०७१ सालमा नै संघीय वन तथा भूसंरक्षण मन्त्रालयले राजपत्रमा ‘एक्याप स्थानीय समुदायलाई हस्तान्तरण’ गर्न सूचना प्रकाशित गरेको थियो । सो सूचना अझै कार्यान्वयन हुन सकेको छैन । यसमा संघ सरकारले नै चासो दिएको छैन । कारण हो, एक्यापबाट उठ्ने करोडौं राजस्व । 


Advertisment
Nabil box
Kumari

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली–२०५७ अनुसार एक्यापले पर्यटन प्रवेश शुल्क उठाउँदै आएको छ । जसअनुरूप एक्यापले संरक्षण क्षेत्र प्रवेशका लागि पर्यटकसँग शुल्क उठाउँदै आइरहेको छ ।

Vianet communication

एक्यापले उठाएको राजस्वको विवरण :


बर्सेनि उठ्ने यही राजस्वमा स्थानीय, प्रदेश र संघ गरी तीनै सरकारको आँखा छ । एक्याप व्यवस्थापनको जिम्मा स्थानीय वा प्रदेश सरकारलाई हस्तान्तरण भए बर्सेनि उठ्ने करोडौं राजस्व संघ सरकारले गुमाउँछ । पर्यटकबाट उठेको राजस्वको केही अंश एक्याप व्यवस्थापनका लागि प्रयोग हुँदै आएको छ । पालिकाले उठेको राजस्वमा आफ्नो अधिकार हुनुपर्ने आवाज उठाइरहेका छन् ।  स्रोत बाँडफाँडका लागि संघ सरकारले समिति गठन समेत गरेको थियो । ५० प्रतिशत एक्याप व्यवस्थापनमा र २५–२५ प्रतिशत स्थानीय र प्रदेश सरकारलाई दिने प्रस्ताव थियो । त्यो योजना पनि अघि बढ्न सकेन । 

त्यसो त राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम समेत प्राकृतिक स्रोतबाट भएको आम्दानी बाँडफाँड गर्नुपर्छ । 

आम्दानीको स्रोत गुमाउँदै पालिका

एनटीएनसीले वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम व्यवस्थापनको जिम्मा पाएको छ भने संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ अनुसार काम गरिरहेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि यी अधिकार समुदायलाई दिनुपर्ने हो । प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नबाट स्थानीय वञ्चित भइरहेका छन् । गाउँपालिकाको अधिकारमा अकुंश लगाउँदै सरकारले आम्दानीको अन्य स्रोत समेत गुमाइरहेको छ । 

विश्वकै चर्चित पदमार्गभित्र पर्छ, एक्याप । मर्दी, अन्नपूर्ण बेस क्याप पर्यटकको रोजाइँका पदमार्ग हुन् । एक्यापभित्र पर्ने यी सबै स्थानमा पर्यटकलाई लक्षित अवैध रूपमा संरचना ठडिएका छन् । जसलाई नियमन गर्न सम्बन्धित निकायले सकिरहेको छैन । पछिल्लो समय चर्चित बनेको खुमैँ डाँडा, क्रबु, कफुचेमा धमाधम अस्थायीदेखि स्थायी संरचना थपिएका छन् । तीनलाई करको दायरमा ल्याउन न गाउँपालिका सकिरहेको छ, न त एक्यापले नै । 

विनादर्ता चलिरहेका ती व्यवसायलाई दायरामा ल्याउन नसक्दा सरकारले राजश्व गुमाइरहेको छ । तीनै तहबीच अधिकारका विषयमा लडाइँ भइरहँदा संरक्षण क्षेत्रभित्रका पर्यटन व्यवसायीलाई करको दायराभित्र ल्याउने ध्यान कसैको पुगेको छैन । संरचना भने पर्यटकको चहलपहलसँगै बढिरहेका छन् । व्यवसायीहरूपनि एक्यापसँग समन्वय गरेर अघि बढ्न नखोजिरहेको सुनाउँछन्, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ । उनका अनुसार मादीमा साढे दुई दर्जन अस्थायी संरचना बनेका छन् ।           

क्रबुमा बनेका अस्थायी संरचना । तस्वीर : रिना थापा/लोकान्तर  

‘पालिकालाई भोगचलान गर्ने अधिकार छैन । त्यसले गर्दा दोहोरो समस्या छ । त्यो अस्थायी टहरा जति पनि छन्, विना अनुमतिको, न गाउँपालिकाले अनुमति दिएको छ न एक्यापले । त्यसले गर्दा प्रतिजग्गामा बनेको संरचना रोयल्टी तिरेर कसले गर्ने के गर्ने भन्दा पनि पछिल्लोपटक म्याद थपेर आइसकेपछि यसको नयाँ संरचना के भनेर आउँछ त्यसलाई कुर्नैपर्ने छ,’ उनले भने ।

एक्याप क्षेत्रमा रहेका १५ वटै पालिकाले गत फागुनमा माछापुच्छ्रे गाउँपालिकामा अन्तरपालिकास्तरीय भेला गरेर ६ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र’ जारी गरेको थियो । एक्यापको म्याद थप्ने अन्यौलताकै बीच पालिकाले प्रदेश र संघ सरकारलाई प्राकृतिक स्रोत उपभोग गर्न नपाएको गुनासो पोखेका थिए । गण्डकी प्रदेश सरकारले पनि संघको हातबाट एक्यापको अधिकार फुकाउन प्रयास नगरेको होइन । यसमा प्रदेशको प्रयास समेत असफल बन्यो । गण्डकीले एक्यापको विषय मात्र होइन मनास्लु संरक्षण क्षेत्र  (एमक्याप) को अधिकार प्रदेश सरकार मातहत ल्याउने विषयमा निरन्तर प्रयास गर्दै आएको छ । यस विषयमा स्थानीय तहसँग छलफल गरेर प्रदेशले संघ सरकारसँग छलफल गरिसकेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउँछन् ।

‘यसका लागि हामीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र संघीय सरकारसँग पटक-पटक छलफल गर्‍यौं,’ उनले भने ‘यो क्षेत्र प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रभित्र रहनुपर्छ भन्ने हाम्रो हो ।’ 

स्थानीय र प्रदेशले अनवरत आफ्नो अधिकार क्षेत्रभित्र ल्याउन प्रयास गर्दागर्दै पनि एक्यापको जिम्मा एनटीएनसीले नै पाइरहेको छ । प्रदेशले पाउनुपर्ने एक्यापको अधिकार आफ्नो हातबाट फुत्किएको छ, जुन मान्य नहुने बताउँछन् मुख्यमन्त्री पाण्डे । ‘संघ सरकारले पुन: एनटीएनसीलाई जिम्मा दिएको भनिएको छ । यो विषय हाम्रो लागि मान्य हुँदैन,’ उनले भने ‘अब कसरी अघि बढ्ने भन्नेमा हामी सम्बन्धित स्थानीय तहसँग छलफल गर्दैछौं ।’ 

पालिकाले एक्यापले उठाएको रोयल्टी आफूहरूले पाउनुपर्ने माग गरिरहेका छन् । तर, यसको सम्बोधन समेत हुन नसकेको गुनासो पालिका अध्यक्ष गुरुङ गर्छन् । रोयल्टीका विषयमा सबै तहको दाबी छ । पालिका, प्रदेश र संघ सरकारसँग भिड्नुपर्ने अवस्था छ । तर, संघ र प्रदेशको पाए आफैं राख्ने मनस्थिति रहेकाले अघि बढ्न नसकेको गुनासो पोख्छन्, उनी । 

‘समन्वय गरेर अगाडि बढ्दा जम्मैलाई राम्रो हुन्छ । संघीय सरकारलाई यो हुनुपर्छ भनेर लाद्ने, प्रदेशले यो हुँदैन भन्ने, व्यावहारिक रूपमा काम गर्ने भनेको स्थानीय तह हो । हामी भन्छौँ मिलेर जम्मै कुरा अघि बढाऔँ । अब संघीय सरकारले पायो भने जम्मै आफैंलाई चाहिने जस्तो, प्रदेश सरकारलाई पनि त्यही खाल्को स्थिति देखिएकाले अलिकति द्वन्द्व छ’ उनले भने । 

खुमैँ डाँडामा बनेका अस्थायी संरचना । तस्वीर : रिना थापा/लोकान्तर  

नयाँ गन्तव्य खोज भएसँगै पर्यटकीय चहलपहल हुने स्थानमा संरचना आवश्यक नभएका भने होइनन् । तर, यसलाई व्यवस्थित गरेर नियमन गर्नुपर्ने विषयमा ध्यान गएको छैन । क्रबुमा विगत तीनवर्षदेखि पर्यटन व्यवसाय गर्दै आएका गुमान गुरुङ नीति नियम परिमार्जित गर्नुपर्ने भनाइ राख्छन् । 

‘पर्यटनको गतिविधि बढेसँगै नयाँ संरचना बनाउन बाध्य हुन्छौं । कानूनी जटिलता चुनौतीहरू केही छन् । त्यसमा नीति नियम वस्तुस्थिति हेरेर अलिकति परिमार्जित गर्नुपर्छ,’उनले भने । 

संरक्षण क्षेत्रभित्र बनेका अवैध संरचनाका विषयमा एक्यापलाई थाहा नभएको होइन । तर, यसमा एक्याप हात बाँधेर बसेको छ । मर्दी पदमार्गमा बनेका संरचना  ०७४ सालसम्म करारमा उपलब्ध गराउँदै आएको थियो, एक्यापले । त्यसपछि यसको नवीकरण हुन सकेको छैन । एक्यापले पर्यटन व्यवसायलाई पत्राचार गरेर भत्काउन आग्रह समेत गरेको थियो । जसको व्यवसायीले अटेरी गरे । अहिले एक्याप र स्थानीय सरकारसँग मिलेर नियमन गर्ने प्रक्रियामा अगाडि बढ्न लागेको बताउँछन्, एक्याप प्रमुख रविन कडरिया । 

‘त्यसलाई नियन्त्रण र नियमन गर्ने हिसाबले एक्याप अगाडि बढेको छ । गाउँपालिका र एक्याप मिलेर एउटा दिग्दर्शन बनाएका छौँ । त्यसको स्वीकृति भयो भने सबैलाई दर्ता प्रक्रियामा अगाडि बढाउने छौँ । हामीले यसलाई दर्ता प्रक्रियामा ल्याउनुपर्छ यी सबै होटलहरूलाई भन्ने हिसाबमा अगाडि बढेका छौँ,’ उनले भने । 

खुमैँ डाँडामा बनेका अस्थायी संरचना । तस्वीर : रिना थापा/लोकान्तर  

आफ्नै स्रोत प्रयोग गर्न पालिका वञ्चित 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिकाले प्राकृतिक स्रोत साधन प्रयोग गरेर आम्दानी गर्न पाउँछन् । पालिकाको आम्दानीको स्रोत पनि उपलब्ध प्राकृतिक स्रोत हुन् । नदीजन्य पदार्थ आम्दानीको मुख्य स्रोत हो । तर, एक्यापमा पर्ने पालिकाले नदीजन्य पदार्थ उत्खनन् गरेर आम्दानी गर्न पाउँदैनन् । गत वर्ष माछापुच्छ्रे गाउँपालिकाले आफूसँग उपलब्ध स्रोतसाधन प्रयोग गर्दै नदीजन्य सामाग्री उत्खनन्का लागि ठेक्का लगायो ।

बाझिने कानूनका कारण गाउँपालिकाविरुद्ध मुद्दा पर्‍यो । त्यो मुद्दा अदालतमा विचाराधीन छ । कानूनीरूपमा अघि बढेर वातावरणीय प्रभाव मूल्यांकन गर्दै स्थानीय तहले नदीजन्य सामाग्री उत्खनन् गर्न समेत पाउँदैनन् । तर, विचौलियाले यसको फाइदा उठाइरहेको सुनाउँछन्, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ । ऐन बाझिँदा यताबाट समेत राजश्व चुहावट भइरहेको छ । 

‘सबैभन्दा ठूलो समस्याचाहिँ ढुंगा, गिटी बालुवाकै हो । अब एक्याप क्षेत्रभित्र अहिलेसम्म हामीले उत्खनन गरेका छैनौं । तर समस्या के भयो भने हामीले उत्खनन गर्न नपाउने टेण्डर लगाउन नपाउने उहाँहरूले पनि नगर्ने । त्यो भएको भएर जति छ त्यहाँको चिजहरू सबै विचौलियाको भइरहेको छ । न एक्यापको कोषमा गएको छ, न स्थानीय तह, राज्यका कोषमा गएको छ,’ उनले भने । 

नदीजन्य सामग्रीका विषयमा सबै पालिकाको एकै मत छ । हिमालपारिको जिल्ला मुस्ताङका पालिका पनि त्यस्तै गुनासो पोख्छन् । समयमा नदीजन्य सामाग्री उत्खनन् नगर्दा बस्तीको सतहसम्म जोखिम हुने गरी थुप्रिएको लो–घोकर गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले दाबी गरे । यसमा नीति बनाउनुपर्ने उनको भनाइ छ । ‘नदीजन्य सामग्री उत्खनन् नगर्दा  बस्तीको सतहसम्म आउन लागेको छ। यसले जोखिम बढाएको छ,’ उनले भने । 

नदीजन्य सामग्रीबाहेक अन्य प्राकृतिक स्रोधसाधन उपलब्ध गर्न पाउँदैनन्, पालिकाहरू । वनमा ढलेका रुख कुहिएर गएको उनले सुनाए ।

संरक्षणको भूमिका निभाइरहेको एक्यापका कारण स्थानीय सरकारले चुनौती भोग्दै आएका छन् ।

मुस्ताङमा रहेको थासाङ गाउँपालिका वडा ३ मा अस्पताल निर्माण गर्न समस्या भयो भने चामे गाउँपालिकाले भवन बनाउन समेत पाएन । एक्यापको शुरूआत कास्कीको घान्द्रुकबाट परीक्षणका रूपमा भएको थियो । सो आयोजना परीक्षण सफल भएपछि क्षेत्र विस्तार भयो ।

तत्कालीन समयमा लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका १९ वटा गाविसमा यसको क्षेत्रफल विस्तार भएको थियो । २०४९ सालमा सरकारले संरक्षण क्षेत्रको चारकिल्ला तोक्यो । ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एक्याप समुदायमा नै हस्तान्तरण गर्ने योजना थियो । तर, ३७ वर्ष बितिसक्दा समेत एक्याप स्थानीयको हातमा आउन सकेको छैन । यसका कारण स्थानीय आफ्नो अधिकार प्रयोग गर्नबाट वन्चित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x