×

NMB BANK
NIC ASIA

शब्द, संगीत र गायनसँगै मोडलिङ

एकपछि अर्को गीतबाट मन जितिरहेका अर्जुन [भिडियो]

‘दर्शकमा कस्तो छापले चिनिने भन्ने कुरा ख्याल गर्नुपर्छ’

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

लोक गायक अर्जुन सापकोटाले गाएका थुप्रै गीत हिट छन् । ‘बनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’ जस्ता गीत युट्युबमा ‘करोड क्लबमा’ पुगिसकेका छन् । ‘पिरती नलाम मयाँ’, ‘डाँडैको टुनी’, ‘पानी परेको’जस्ता गीतलाई ५० लाखभन्दा बढीले हेरिसकेका छन् । अर्जुनले एकपछि अर्को गीतबाट स्रोता–दर्शकको माया पाइरहेका छन् । 

Muktinath Bank

एक महिनाअघि सार्वजनिक ‘नसोध पिर के को ?’ गीतले पनि १३ लाख हाराहारी भ्युज पाएको छ । जुन भ्युजलाई लिएर उनी खुशी छन् । ‘अहिले धेरै गीतलाई भ्युजको खडेरी देखिएको छ । कलाकारहरू पनि आफ्नो गीतको भ्युज राम्रो नजाँदा गुनासो गर्नुहुन्छ,’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘यस्तो अवस्थामा मेरो गीतले उक्त भ्युज पाउनु सन्तुष्टिको कुरा हो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्जुन पश्चिमका धेरै जिल्लामा सांगीतिक प्रस्तुति दिएर केही दिनअघि मात्रै काठमाडौं आएका हुन् । यसबीचमा उनले केही नयाँ गीतको तयारी गरिरहेका छन् । लगत्तै उनी फेरि महोत्सवतिर पुगेस्रोता–दर्शकलाई झुमाउँदैछन् । 


Advertisment
Nabil box
Kumari

उनलाई कार्यक्रममा पुगेर गीत गाउँदा छुट्टै आनन्द आउँछ । दर्शक–स्रोतासँग प्रत्यक्ष भेट हुन पाउँदाको खुशी त छँदैछ आफ्नो गीत कति चलेको छ भन्ने कुरा पनि मेला–महोत्सवमा पुग्दा महसुस हुने उनी बताउँछन् । 

Vianet communication

null

जब स्टेजमा चढेर भाका हाल्छन्, दर्शकहरू पनि सँगसँगै गुनगुनाउन थाल्छन् । तब आफूले गाएका गीतहरू मन पराइएको रहेछ भनेर छुट्टै खुशी लाग्ने अर्जुन बताउँछन् । उनी स्टुडियोलाई मेहनत गर्ने ठाउँ ठान्छन् र स्टेजलाई मेहनतको फल महसुस गर्ने ठाउँमा रूपमा समेत लिने गरेको सुनाउँछन् । 

स्याङजामा जन्मिएका, नवलपुरमा हुर्किएका अर्जुनले सानैदेखि गाउन थालेका हुन् । पारिवारिक माहोलका कारण आफ्नो संगीततर्फ रुचि बढेको उनी बताउँछन् । ‘हजुरबुवाले पनि गीत गाउनुहुन्थ्यो । बाबा, अंकलहरूले पनि गीत गाउनुहुन्छ । परिवारमा पहिल्यैदेखि सांगीतिक माहोल भएकाले सबैले गाउन प्रेरित गर्नुहुन्थ्यो,’ उनले भने । 

२/३ पढ्दादेखि गाउन थालेका उनले विस्तारै टोल–छिमेकका कार्यक्रमहरूमा गाउन थाले । मेला–महोत्सवको स्टेज चढ्न थाले । उनले एसएलसीपछि जिल्लामा केही वर्ष रेडियोमा प्रस्तोता भएरसमेत काम गरे । त्यसअघि उनले काठमाडौं आएर पहिलो गीत रेकर्ड गराएका थिए । त्यो गीत धेरै नचले पनि त्यसको केही वर्षपछि देवी घर्तीसँगको यूगल स्वरमा सार्वजनिक ‘वनकी चरी’ले अर्जुनलाई स्रोता–दर्शकमाझ चिनायो । 

अर्जुन गीत लेख्छन् पनि । संगीत पनि भर्छन् । अनि म्युजिक भिडियोमा मोडलिङसमेत गर्छन् । पछिल्लो समय त उनी व्यवसायिक मोडलका रूपमा समेत रोजाइमा पर्न थालेका छन् । मोडलिङमा पनि उनको विशेष रुचि हो ? अर्जुनको रक्षात्मक जवाफ छ – ‘एउटा विद्यार्थी भइसकेपछि उसले घोक्न पनि पर्दोरहेछ । उसले सार्न पनि पर्ने हुनसक्छ । कहिले आफैंले जान्न पनि पर्छ । त्यस्तै सांगीतिक क्षेत्रमा भएपछि भिडियोमा देखिन पनि पर्दोरहेछ ।’ 

null

गायकले स्टेजमा 'पफर्म' गर्दा नृत्य पनि जान्दा सजिलो हुने उनको अनुभव छ । सुरुसुरुमा सिकाइको रूपमा आफ्ना गीतमा उनले नृत्य गरेका थिए । पछि अरुले पनि मोडलिङका लागि अफर गर्न थाले । ‘अलिअलि पहिल्यैबाट नाच्थेँ । विस्तारै आफ्नै गीतमा देखिँदै जाँदा अरुहरूले मेरो गीतमा पनि नाचिदिए हुन्थ्यो भन्न थाल्नुभयो,’ अर्जुनले भने, ‘कतिपयले यो गीत गाउनुभएको भन्दा यो गीतमा देखेको थिएँ भन्नुहुन्छ । अहिले जे धेरै पर्दामा आउँछ त्यो मान्छेले धेरै सम्झन्छ । यसलाई समयको माग पनि हो भन्छु ।’ 

अर्जुन सांगीतिक क्षेत्रमा सबैको नजरमा परेको धेरै वर्ष भएको छैन । कतिपयले उनलाई छोटो समयमै प्रगति गरेको गायक समेत भन्ने गर्छन् । तर, उनी दर्शकले केही हदसम्म रुचाउनुभन्दा अगाडिको संघर्ष पनि धेरै रहेको बताउँछन् । 

सांगीतिक क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । ‘सबैभन्दा मुख्य कुरा स्रोता–दर्शकहरूलाई कस्तो सिर्जना चाहिने हो ? उहाँहरूलाई कस्तो सिर्जना मन पर्छ भनेर पढ्न अझै बाँकी छ,’ अर्जुनले भने, ‘गीत नोटिस गराउन गाह्रो छैन जस्तो लाग्छ । अहिलेको समय यस्तो छ कि अलिकति थोरै ‘बाङ्गो’ गरेपछि गीत चलेको पनि देखिन्छ । तर स्रोता–दर्शकमाझ कस्तो छाप राख्ने भन्ने कुरा आफ्नो हातमा हुन्छ । नजान्दा बरु सजिलो लाग्दो रहेछ । केही ज्ञान भए पनि साह्रो गाह्रो हुने रहेछ ।’ 

सांगीतिक क्षेत्रमा लाग्दै गर्दा कसैले गाउन लगाए गाइहाल्ने गरेको स्मरण गर्दै अर्जुनले थपे, ‘त्यो बेला बरु डर लाग्दैनथ्यो । अहिले बिग्रिने हो कि भनेर डर लाग्छ ।’ 

सोसल मिडियामा समेत राम्रो फ्यान फ्लोइङ कमाएका अर्जुनले प्रेमदेखि आफ्नो खर्चसम्मका विषयमा समेत लोकान्तरसँग खुलेर कुरा गरेका छन् । 

उनीसँगको पूरै कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

तस्वीर/भिडियो: प्रकाश बुढाथोकी/लोकान्तर

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x