×

NMB BANK
NIC ASIA

वर्ल्ड ह्यापिएस्ट रिपोर्ट

फिनल्याण्ड फेरि विश्वकै खुसी राष्ट्र: भारत-पाकिस्तानभन्दा नेपालअगाडि, अफगानिस्तान पुछारमा

काठमाडाैं | चैत ७, २०८०

NTC
Carefree Finns chilling in a Helsinki park, Source: Depositphotos
Premier Steels

आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरू गरिएको हो । 

Muktinath Bank

सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएका थिए । त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच फिनल्याण्ड फेरि विश्वको सबैभन्दा खुसी राष्ट्र बनेको छ । ग्यालप, अक्सफोर्ड वेलबिङ रिसर्च सेन्टर, संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क र सम्पादकीय बोर्डको साझेदारीमा तयार पारिएको वर्ल्ड ह्यापिएस्ट रिर्पोटअनुसार फिनल्याण्ड विश्वकै खुसी राष्ट्रको सूचीमा एक नम्बरमा परेको हो । 


Advertisment
Nabil box
Kumari

फिनल्याण्डका नर्डिक छिमेकीहरू पनि शीर्ष खुसी देशहरूमा परेका छन् । डेनमार्क (२), आइसल्याण्ड (३) र स्वीडेन (नम्बर ४) शीर्ष पाँच खुसी देशमा परेका हुन् । पाँचौमा इजरायल छ भने नेदरल्याण्ड्स छैठौमा परेको छ । यस्तै, नर्बे खुसी राष्ट्रहरूको सूचीमा सातौ नम्बरमा छ । लग्जम्बर आठौ, स्वीजरल्याण्ड नौऔं र अस्ट्रेलिया दशौं नम्बरमा परेका छन् । 

Vianet communication

न्यूजिल्याण्ड, कोस्टारिका, कुवैत, अस्ट्रिया, क्यानडा, बेल्जियम, आयरल्याण्ड, चेसिया, लिथुनिया र यूएसए क्रमश: एघारौंदेखि विश्वका बिसौं खुसी राष्ट्रमा परेका छन् ।

सिंगापुर ३० औ नम्बरमा छ भने जापान ५१ औं नम्बरमा छ । थाइल्याण्ड ५८, मलेसिया ५९ र चीन ६० औं नम्बरमा छ । 

१४३ देशहरूको सूचीमा नेपाल ९३ औं स्थानमा छ । नेपालभन्दा भारत धेरै पछि छ । भारत खुसी राष्ट्रको सूचीमा १२६औं स्थानमा छ भने पाकिस्तान भारतभन्दा पनि अगाडि छ । पाकिस्तान १०८औं नम्बरमा छ । श्रीलंका १२८ औं नम्बरमा छ । 

सबैभन्दा पुछारमा अफगानिस्तान छ । अफगानिस्तानपछि सबैभन्दा कम खुसी हुने राष्ट्रको सूचीमा लेबनान दोस्रोमा छ ।

हेर्नुहोस् खुसी देशहरूको सूची

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x