×

NMB BANK
NIC ASIA

रामबहादुरले कान्छी ल्याएपछि कान्छीपेम्बा क्रुद्धः ‘सुपारी’ दिएर साथीबाटै गराइन् हत्या

पाेखरा | चैत ९, २०८०

NTC
Premier Steels

कास्कीको माछापुच्छ्रे गाउँपालिका सिक्लेसमा ६ दिनअघि भीरमा लडिरहेको अवस्थामा शव भेटियो । चैत ३ गते निर्माणधीन रहेको हाइड्रोपावर जाने बाटोको कच्ची सडकखण्डभन्दा ३० मिटर तल शव देखिएपछि वडाध्यक्षले कास्की प्रहरीमा खबर पठाए । पोखराबाट नेपाल प्रहरीको वडा प्रहरी कार्यालय रामबजार खटियो । शव हेर्दा हत्या भएको आशंकापछि प्रहरी अनुसन्धानमा जुट्यो ।

Muktinath Bank

तत्काल शवको पहिचान नखुलेपनि पछि प्रहरीको अनुसन्धानमा मृतक सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं ३ का ३६ वर्षीय रामबहादुर तामाङ रहेको खुल्न आयो । अनुसन्धानका क्रममा कास्की प्रहरीले हत्या योजना बनाउने रामबहादुरकै श्रीमती कान्छीपेम्बा लामा रहेको खुलाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामबहादुर गत फागुनमा मात्र सिक्लेसमा निर्माणधीन रहेको हाइड्रोपावरमा काम गर्नका लागि आएका थिए ।परिवारलाई सिन्धुपाल्चोकमा रहेको हाइड्रोपावरमा काम गर्छु भनेर हिँडेका उनी फागुन ३० गते राति आफ्ना अन्य साथीहरूसँग काठमाडौंबाट रात्रि बस चढी सिक्लेस आएका हुन् । 


Advertisment
Nabil box
Kumari

रामबहादुरको सँगै आएका साथीसँग चैत १ गते झगडा भएको थियो । उनी र हत्या आरोपी धन लामाबीच पुरानो रिसइबी रहेको कास्की प्रहरीले जनाएको छ । हाइड्रोपावरको काममा जाने समयमा रामबहादुर, धन गरी चारजना रक्सी खाएर सँगै हिँडिरहेका थिए । रामबहादुरले आफूलाई गाली गरेपछि धनले मार्ने उद्देश्यले उनलाई पछाडिबाट ढुंगा प्रहार गरेका हुन् । 

Vianet communication

अनुसन्धानका क्रममा प्रहरीले चिप्ली गाउँको रेस्टुरेन्टमा रहेको सीसीटीभी फुटेज हेर्दा चैत १ गते मृतक रामबहादुरसहित अन्य तीनजना व्यक्ति घटनास्थलतर्फ जाँदै गरेको फेला पार्यो । अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले धन लामा, फुर्वा लामा, अजित तामाङ, रामबहादुरकी श्रीमती कान्छीपेम्बालाई पक्राउ गर्यो । 

साथीसँगको रिसिइबी र श्रीमतीको हत्या योजना 

पाँच वर्षअघि सिन्धुपाल्चोकको हाइड्रोपावरमा रामबहादुर तामाङ र धन लामासँगै काम गर्थे । सो समय स्काभेटरको सहचालकको रुपमा काम गर्ने धनलाई रामबहादुरले ढुंगा प्रहार गरी टाउकोमा चोट पुर्याएका थिए । प्रहरीको अनुसन्धानका क्रममा रामबहादुरको हत्या योजना उनकी श्रीमती बनाएकी र त्यसलाई पूरा धनले गरेको खुलेको हो । 

रामबहादुर र उनकी श्रीमती कान्छीपेम्बाबीच पाँच वर्षदेखि सम्बन्धमा मनमुटाव थियो । मनमुटावपछि बेग्लै बस्दै आएका श्रीमान्ले दुई वर्षअगाडि दोस्रो विवाद गरे । जेठी श्रीमती रहेकी कान्छीपेम्बाले उनीविरुद्ध अदालतमा बहुविवाहको मुद्दा हालिन् । त्यसपछि रामबहादुर ६ महिना कारागार बसेका थिए । कारागारबाट छुटेपछि उनी र जेठी श्रीमतीबीच झगडा हुने गरेको प्रहरीले बताएको छ । 

कान्छीपेम्बाले श्रीमान्लाई ‘पन्छाउनु’ भन्दै धनलाई पैसा दिने वचन गरेकी थिइन् । उनले धनलाई सुपारीको रुपमा ९० हजार रुपैयाँ पठाएको पाइएको छ । त्यसमध्ये घटनामा संलग्न दुईजनाले २०–२० हजार र धनले ५० हजार रुपैयाँ राखेको खुलेको छ ।

कास्की प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकका अनुसार अपराधमा संलग्न धन लामा, फुर्वा लामा, अजित तामाङ र कान्छीपेम्बा लामालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x