×

NMB BANK
NIC ASIA

क्रिकेटरलाई सफाइ

म्याच फिक्सिङको अभियोग लागेका क्रिकेटर मेहबुब र आदिललाई सफाइ

काठमाडाैं | चैत १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलगायतका क्रिकेटरले म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपबाट उन्मुक्ति पाएका छन् ।

Muktinath Bank

जिल्ला अदालत काठमाडौंले अभियोग दाबी नपुगेको भन्दै उनीहरूलाई सोमवार सफाइ दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आलम र अन्सारीसहित ५ जनालाई निर्दोष ठहर गरेको छ । 


Advertisment
Nabil box
Kumari

सफाइ पाउने अन्यमा ३ जनामा नीतेश साह गुप्ता, नवीन कँडेल र रवि माझी छन् । उनीहरूविरुद्ध गत वर्षको फागुन ५ गते मुद्दा दायर भएको थियो ।

Vianet communication
Laxmi Bank

उनीहरूमाथि गत वर्षको ९ पुसदेखि २७ सम्म कीर्तिपुर मैदानमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । 

नेपाली राष्ट्रिय टोलीका सदस्य अन्सारी, पूर्वसदस्य आलम र नीतेश गुप्ता यसपछि माघमा पक्राउ परेका थिए । त्यसको तीन महिनापछि जनही तीन लाख रुपैयाँ धरौटीमा छुटेका उनीहरूले सोमवार फैसला आउँदा सफाइ पाएका हुन् । आलमले आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव गरेको अभियोग पत्रमा दाबी गरिएको थियो ।

आलम विश्वकीर्तिमानी खेलाडी हुन् । उनले गिनिज बुकमा नाम लेखाएका छन् । सन् २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १० विकेट लिँदै उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी बनेका हुन् ।

अर्कोतिर आदिल पनि सम्भावना बोकेका खेलाडी थिए । तर फिक्सिङमा परेसँगै करिअर धरापमा परेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x