चैत ६, २०८०
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
बुटवल | बैशाख ६, २०८१
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । २०८० चैत १ गतेबाट रिक्त पदमा खुला प्रतिस्पर्धाबाट छनोट गर्न दरखास्त आह्वान गरिएको थियो । पेस भएका ९ वटा आवेदनमध्ये ७ वटाको अन्तिम मूल्याङ्कन हुने विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ ।
कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति गर्दा खुला प्रतिस्पर्धाबाट गर्ने बताउँदै आएका छन् ।
अन्य विश्वविद्यालयमा पनि खुला रुपमा दरखास्त आह्वान गरी पदाधिकारी नियुक्तिको अभ्यास थालिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले पनि सोही प्रक्रिया पछ्याउँदै रजिस्ट्रार सिफारिसका लागि खुला रुपमा दरखास्त आह्वान गरेका थिए । विश्वविद्यालय ऐनले रजिस्ट्रार सिफारिस गर्ने एकल अधिकार उपकुलपतिलाई दिएको छ ।
रजिस्ट्रार छनोटको मापदण्ड निर्माण तथा दरखास्त आह्वानका लागि उपकुलपति बज्राचार्यको नेतृत्वमा मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. हरिशरण चखुँ र अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिले मापदण्ड पुगेका ७ जनाको नाम मूल्याङ्कनका लागि छनोट गरेको छ ।
दरखास्तका लागि प्रकाशित सूचनामा रजिस्ट्रार पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण, पाँच वर्ष प्राज्ञिक संस्थाको नेतृत्व गरेको अनुभव र सहप्राध्यापक वा सोभन्दा माथिको पदीय हैसियतलाई न्यूनतम मापदण्ड तथा बौद्ध अध्ययन गरेकालाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।
कार्यअनुभवमा क्याम्पस प्रमुख, केन्द्रीय विभाग प्रमुख, सहायक डीन, डीन वा सोभन्दा माथिल्लो पदमा विभिन्न समयमा गरी कम्तीमा ५ वर्ष कार्य गरेकाले आवेदन दिन सक्ने व्यवस्था राखिएको उपकुलपति कार्यालयले जनाएको छ । दरखास्तसहित उम्मेदवारहरूले विश्वविद्यालयको कार्ययोजना र दीर्घकालीन योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
उपकुलपति बज्राचार्यले पहिलो चरणको दरखास्तको मूल्यांकनबाट ७ जनाको नाम छनोट भएको जानकारी दिए ।
उनीहरूको प्रस्तुतीकरण, योजनाको मूल्यांकन तथा अन्तर्वार्ताका लागि शिक्षा क्षेत्रमा ख्याति प्राप्त विज्ञहरू सम्मिलित तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ । सो समितिले आवेदनको अन्तिम मूल्यांकन गरी प्राप्ताङ्क उपकुलपतिलाई प्रदान गर्नेछ ।
रजिस्ट्रारका लागि दरखास्त दिएकामध्ये बर्दघाट नवलपरासीका डा घनश्याम न्यौपाने, तनहुँका प्राडा काजिराम अधिकारी, ललितपुरका डा गणेशप्रसाद घिमिरे, अर्घाखाँचीका प्राडा लालमणि पाण्डे, इलामका प्राडा नरेन्द्र कटुवाल, चितवनका इन्द्रप्रसाद काफ्ले र अर्घाखाँचीका डा तिलकराम आचार्यको आवेदन स्वीकृत भएको छ ।
काठमाडौंका डा गजेन्द्रबहादुर सिंह र कपिलवस्तुका मेघराज आचार्यको आवेदन भने मापदण्डभित्र नपरेको उपकुलपति कार्यालयले जनाएको छ ।
उम्मेदवारहरूको २०८१ वैशाख ८ गते अन्तिम मूल्यांकनका लागि प्रस्तुतीकरण हुने उपकुलपति बज्राचार्यले जानकारी दिए ।
मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने उम्मेदवारलाई रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरिने उनले बताए ।
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...