साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडाैं | बैशाख १०, २०८१
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मंगलवार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
कतारी राजा थानी नेतृत्वको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्नेछ । सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।
कतारका राजा नेपालमा पहिलोपल्ट आउन लागेका हुन् ।
निजी जहाजमा नेपाल आउन लागेका राजा थानीसँगै ६ जनाभन्दा बढी मन्त्रीहरू पनि सहभागी हुनेछन् । उनी सोल्टी होटलमा बस्ने तय भएको उच्च स्रोतले बतायो ।
उनले मंगलवार राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् ।
उनी विमानस्थलमा ओर्लिएदेखि भीभीआईपी भेटवार्ता हुँदै होटल तथा सवारी रुटसम्म सेनाले सुरक्षाको व्यवस्थापन गर्नेछ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार विभिन्न सेक्टरमा सुरक्षा प्रबन्ध मिलाउन उपसमितिहरू गठन भएका छन् ।
कतारी राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने बुधवार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।
उनी बुधवारै साँझ स्वदेश फर्कने छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हाइप्वाइन्ट ड्युटीसँगै हेलिकप्टरबाट समेत गस्ती गर्ने सेनाको तयारी छ ।
सेनाले सुरक्षाको नेतृत्व लिए पनि ‘ब्याकअप’मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू रहने छन् । सवारी रुटमा व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
राजकीय भ्रमण भएकाले सवारी अवधिभर सडक खाली गराइने एआईजी दीपक थापाले जानकारी दिए । ‘राजकीय भ्रमण हुँदा सेनाले नै सुरक्षाको नेतृत्व लिने चलन छ, हामीले सवारी रुटमा सेनासँगै समन्वयात्मक रूपमा सुरक्षाकर्मी खटाउँछौं’, उनले भने ।
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...