कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
विराटनगर | बैशाख ११, २०८१
इलाम–२ मा वैशाख १५ गते हुने उपचुनावमा पहिचानवादी समूहका उम्मेदवार डकेन्द्रसिंह थेगिम ठूला दललाई चुनौती बन्ने देखिएको छ । कोशी नामकरणविरुद्ध आन्दोलित पहिचान पक्षधरहरू एकै ठाउँमा उभिएपछि प्रमुख दलका उम्मेदवारलाई चुनौती बढेको हो । पहिचानवादी ४१ वटा घटकको समर्थन पाएका थेगिम मुढा चुनाव चिह्न लिएर गाउँ गाउँमा गइरहेका छन् । २०७८ फागुन १७ गते एमाले माओवादी, कांग्रेस र राप्रपाका २ तिहाइभन्दा बढी सांसदको समर्थनमा १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो ।
इलामको उप निर्वाचनमा १२ दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । मैदानमा १९ उम्मेदवार भए पनि तीन दल र एक स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान छ । इलाम–२ विगत २५ वर्षदेखि एमालेका सुवास नेम्वाङले एकलौटी चुनाव जितेको क्षेत्र हो । एक छत्र चुनाव जितेका सुवासको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको छ ।
कोशी प्रदेश नामकरणपछि स्थापना भएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजकसमेत रहेका थेगिमले प्रचारलाई तीव्र बनाएका छन् । उनलाई जनता समाजवादी (जसपा), नेपाल समाजवादी (नेसपा), जनमुक्ति, संघीय लिम्बुवानले पनि समर्थन गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत थेगिमको प्रचारप्रसार गरिरहेका छन् । हर्क साम्पाङकै शैलीमा थेगिमले चुनावी प्रचार गरिरहेका छन् । उनी चुनाव चिह्न मुढा लिएर हिँड्ने गरेका छन् । आफ्नो चुनाव चिह्न मुढालाई ‘ब्रान्डिङ’ गर्ने गरेका छन् । यसअघि गत स्थानीय चुनावमा धरानमा हर्क साम्पाङ लौरो बोकेरै मतदाताको घरघर पुग्ने गरेका थिए । उनले चुनाव जिते पनि ।
पुराना दल कांग्रेस–एमालेलाई मात्रै होइन नयाँ दल रास्वपालाई पनि उनले चुनौती दिएका छन् । थेगिमले मत सर्वेक्षणका लागि पनि आफ्ना समर्थकहरूलाई परिचालन गरेका छन् । इलामको माईनगरपालिका–७ शुक्रवारेमा भेटिएका भवीराज लिम्बूले थेगिमको उम्मेदवारीले १४ हजार मत तलमाथि हुने बताए । ‘१४ हजार मतको जग हल्लिएको छ,’ उनले भने ‘अब थोरै मेहनत गर्दा चुनाव जितिन्छ होला ।’
इलाममा माओवादी केन्द्रको उम्मेदवार छैन । माओवादीले औपचारिकरूपमा एमालेलाई सघाउने निर्णय गरेर नेताहरू सुहाङको चुनावी प्रचारमा छन् । तर, केही कार्यकर्ता भने प्रचण्डले जे भन्यो त्यो नमान्ने भन्दै थेगिमको पक्षमा लागेका छन् । माओवादीले पहिचानको एजेन्डा बोक्न छाडेकाले मुढाको पक्षमा लागेको भीमकुमार समाम्फेले बताए । उनी पूर्व माओवादीका वडाका इन्चार्जसमेत हुन् । नामकरण पछाडि भने आफूले माओवादी छाडेको उनले बताए । ‘सुवाससँग हामीले पुल, बाटो बनाउन भन्यौं,’ उनले भने, ‘भाइहरूले भनेको गर्दिहाल्छौं नि भनेर बाटो कालोपत्रे पनि बनाई दियो । खोलामा पुल पनि बनाई दियो । छोरा सुहाङले पनि काका भनेर आएर घरमै भोट माग्यो तर, एमाले अध्यक्ष केपी ओलीले पहिचानवादीलाई गाली गरेपछि मन र मत परिवर्तन गर्ने मोडमा पुगें ।’
गत निर्वाचनमा पहिचानवादी दलमा आबद्ध उम्मेदवारहरूले झन्डै चार हजार मत ल्याएका थिए । मगोल नेशनल अर्गानाइजेशनका मनिबहादुर लिम्बुले १३६३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय जनमुक्तिका खडकप्रसाद पालुवाले १२७२ मत प्राप्त गरेका थिए । जसपाका यामप्रसाद लिम्बुले ७२४ मत प्राप्त गरेका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्द सिंह लिम्बूले ६८४ मत प्राप्त गरेका थिए । मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बू अहिले पनि उम्मेदवार छन् । अन्य दलको भने थेगिमलाई समर्थन छ ।
इलाम–२ मा जनजातिहरूको बाहुल्यता छ । किरात याक्थुङ चुम्लुङले थेगिमलाई सघाउने जनाइसकेको छ । पहिचान आन्दोलनका लागि भनेर तयार गरिएका युवा दस्ताको मार्चपास दैनिक गर्ने गरिएको छ । यो क्षेत्रमा ४२ वटा वडा रहेका छन् । सबै वडामा ‘पहिचानका लागि युवा’ भन्ने टी-शर्ट (भेस्ट) लगाएका युवाहरू परिचालन गरिएका छन् । मतदाताले मत परिवर्तन गर्नेमा उनी ढुक्कजस्तै देखिन्छन् । माई नगरपालिकाको ७ नम्बर वडामा घर दैलोमा भेटिएका थेगिमले केही मतदाताले पहिचानलाई जातीय राजनीतिको रूपमा बुझ्नु चुनौती रहेको बताए । ‘पहिचानलाई जातीय भनेर भन्ने गरिएको छ,’ उनले भने, ‘समय अभाव भएकाले मैले चिर्न सकिरहेको छैन । साथीहरू टोल टोलमा खटिनुभएको छ । उहाँहरूले बुझाउँदै हुनुहुन्छ ।’
भाषणमा थेगिम नरम तर, समर्थक छुच्चा
थेगिमको कोण सभाहरूमा बाहिरका समर्थकहरूलाई पनि प्रयोग गर्ने गरिएको छ । उनलाई सहयोग गर्न स्वागत नेपाललगायत वक्ताहरूलाई लाने गरिएको छ । तर, उनीहरूले गरेको भाषणले मतदातामा असर परिरहेको उनी सँगै हिड्नेहरू बताउँछन् । ‘हाम्रो पनि समर्थन छ भनेर आउनुहुन्छ,’ उनीसँगै चुनावी अभियानमा हिँडेका एक समर्थकले भने, ‘तर भाषण गर्दा केही छुच्चोपन देखाइदिनु हुन्छ । यसले केही असर गरेको छ ।’
थेगिमले रास्वपासहित एमाले र कांग्रेस आफ्नो प्रतिस्पर्धी भएको बताए । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको समर्थन रहेको बताउने उनका लागि लिङदेन भने केही बोलेका छैनन् । माङ्सेबुङ गाउँपालिका–५ को लारुम्बामा धर्मगुरुको इसारामा मत परिवर्तन हुने गरेको जानकारहरू बताउँछन् । पहिला सुवास नेम्वाङले पनि धर्मगुरुलाई भेट्ने गरेका थिए । गत चुनावमा यस वडामा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राईले ८३७ मत प्राप्त गरेका थिए । गाउँपालिकाको उपाध्यक्ष पनि जसपाका विनोदकुमार नेम्वाङले चुनाव जितेका थिए । नेम्वाङले ३ हजार ७२९ मत ल्याएका थिए । दुवै दलको समर्थन अहिले थेगिमलाई छ । धर्मगुरु भने अहिलेसम्म थेगिमको पक्षमा खुलिसकेका छैनन् । तथापि पहिचान पक्षलाई सघाउने मनसाय राखेको उनी निकटकाहरू बताउँछन् । तर, थेगिम भने नरम भाषण गर्छन् ।
थेगिम एमालेका पूर्व नेतासमेत हुन् । उनले एमालेको मत बढी काट्ने अनुमान गरिएको छ । एमाले आफ्नो मत रोक्न बल गरिरहेको छ । रास्वपाले बजार क्षेत्रमा अस्थिर देखिएको मत काटे मात्रै चुनाव जित्न सहज हुने अनुमान एमालेको छ । यस्तै कांग्रेसका खड्काले जातीय मत विभाजन हुँदा आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूलाई उनकै पार्टीका सभापति रवि लामिछाने जोडिएको सहकारी प्रकरण भारी पर्ने देखिएको छ ।
यी पनि पढ्नुहोस् :
इलाम-२ उपचुनाव: सहकारीका प्रश्नले घेरिन्छन् वाग्ले, तर्कीतर्की हिँड्छन् लामिछाने
इलामको चुनावी मैदानमा फरक देखिएका सुहाङ– बुवाकै शैली, मतदाता रिझाउने मिजास !
इलाम-२ उपनिर्वाचनः ‘मिसन ०८४’ हेरिरहेका दललाई आफ्नै शक्ति जाँच्ने अवसर
इलाम-२ उपचुनाव: प्रचारमा केन्द्रीय नेताको लर्को, नयाँ मतदाता अझै अन्योलमा
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...