×

NMB BANK
NIC ASIA

इलामबाट स्थलगत

इलाम-२ उपनिर्वाचनः ‘मिसन ०८४’ हेरिरहेका दललाई आफ्नै शक्ति जाँच्ने अवसर

इलाम | बैशाख ९, २०८१

NTC
Premier Steels

इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको प्रचारप्रसारमा शीर्ष नेताहरूको खटाइ देख्दा लाग्छ उनीहरू आउँदाे २०८४ मा गठबन्धन नगरी एक्लै चुनाव लड्ने सन्देश दिइरहेका छन् । यस निर्वाचनमा आफ्नो दललाई जिताएर उनीहरू ‘मिसन–८४’ को शुरूवात गरिरहेको लख काट्न गाह्रो छैन ।  

Muktinath Bank

छोटो समयमा ह्वात्तै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि नेकपा (एमाले)सम्मले यसअघि नै मिसन–८४ घोषणा गरिसकेका थिए । गठबन्धन टुटेपछि नेपाली कांग्रेसलाई पनि अब मिसन– ८४ को मुद्दा बोक्नुको विकल्प छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यतः इलाम–२ मा ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार बनेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

इलामको चुनाव जिते मिसन–८४ मा सफल हुने उद्देश्यका साथ प्रमुख दलहरूका शीर्ष नेता इलाम–२ मा खटिएको आफूले महशुस गरेको इलाम बहुमुखी क्याम्पसका सहप्राध्यापक दीपेन्द्र दुलाल बताउँछन् । 

Vianet communication

इलाम–२ विगतमा एमालेले जित्दै आएको क्षेत्र हो । यस क्षेत्रमा पुनः चुनाव जितेर आफ्ना स्वर्गीय उपाध्यक्ष सुवास नेम्वाङको  ‘ब्रान्ड’लाई कायम राख्ने रणनीतिमा एमाले छ । अर्कोतिर कांग्रेस पनि यसपटक जसरी भएपनि एमालेको वर्चश्व तोड्ने मनस्थितिमा देखिन्छ ।

null

यसअघि माओवादीसहितको गठबन्धनबाट चुनाव लडेको कांग्रेस यो पटक इलाम–२ को उपनिर्वाचनमा एक्लै चुनाव जित्न सकिने सन्देश दिनका लागि खटेको छ । उसले मत सर्वेक्षण गर्नेदेखि लिएर अन्य गतिविधिका लागि आफ्ना सबै जनशक्ति परिचालन गरिरहेको छ । हिजो गठबन्धनको विरोध गर्दै आएका इतर समूहका नेताहरू अहिले संस्थापन पक्षबाट उम्मेदवार बनेका डम्बर खड्कालाई जिताउन लागिपरेका छन् । डा शेखर कोइराला, गगन थापा लगायतका नेताहरू सक्रिय रहेका हुन् । 

खड्कालाई चुनाव जिताएर उनीहरू एक्लै पनि कांग्रेस सक्षम छ भनेर देखाउन चाहन्छन् ।

null 

एमालेले पनि आफ्नो विरासत धान्न इलाम–२ मा जसरी भएपनि जित्ने र मिसन–८४ को आधार तयार गर्ने योजनामा देखिन्छ । यसका लागि उसले स्व नेता नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार अघि सारेको छ । उनलाई माओवादी केन्द्रले पनि साथ दिएको छ । 

इलाम गएर एमाले अध्यक्ष केपी शर्मा ओलीले ८४ मा एकल बहुमत ल्याउने दाबीसमेत गरेका थिए । 

अर्कोतिर रास्वपा पनि इलाम–२ को उपनिर्वाचन जितेर मिसन–८४ मा ठूला दललाई चुनौती दिनसक्ने सन्देश दिन चाहिरहेको छ । रास्वपा तनहुँमा जस्तै यस क्षेत्रमा पनि ‘सरप्राइज’ दिने लक्ष्यमा छ । यसका लागि उसले युवा उम्मेदवार मिलन लिम्बूलाई अघि सारेको छ । अहिले इलाममा रास्वपाले केन्द्रको सबै शक्ति लगाइरहेको छ । सभापति रवि लामिछानेले चुनावी कार्यक्रमलाई सम्बोधन नगरिसकेका छन् भने रास्वपाका सबै सांसद तथा केन्द्रीय नेताहरू यही क्षेत्रमा डेरा जमाएर बसिरहेका छन् ।

null 

 कोशी प्रदेशको नामकरणपछि असन्तुष्ट बनेर आन्दोलनरत रहेको पहिचान पक्षधरले पनि आफ्नो छुट्टै उम्मेदवार उठाएका छन् । मुढा चुनाव चिन्ह लिएर ४१ वटा घटकको साझा उम्मेदवार बनेका थेगिम पहिचानको मुद्दा बलियो बनाउन जित्दै पर्ने दबाबमा छन् । 

सबैको ध्यान खिचेको इलाम–२ ले कस्तो परिणाम ल्याउला भनेर पर्खन अब १ हप्ता पर्खनु पर्नेछ । यही वैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ ।  यो उपनिर्वाचन पुराना र नयाँ दलहरूबीचको प्रतिस्पर्धासमेत बनेको छ ।  

के छ विगतको अवस्था ?  

गत निर्वाचनमा इलाम–२ मा मुख्य दुई दलबीच प्रतिस्पर्धा भएको थियो । २०७९ मा भएको निर्वाचनमा ३० हजार २० मत ल्याएर एमालेका सुवास नेम्वाङले विजयी भएका थिए  । कांग्रेसका डम्बर खड्काले भने २९ हजार ६ मत ल्याएका थिए । उनी नेम्वाङसँग ११४ मतले मात्र पराजित भएका थिए । यसर्थ कांग्रेस यो पटक नजिजन उल्टिनेमा आशावादी देखिन्छ । तर त्यसबेला खड्कालाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लगायत गठबन्धन दलले सहयोग गरेका थिए । अहिले दुवै दल कांग्रेसको साथमा छैनन् । यस्तोमा कांग्रेसलाई सहज भने छैन ।

यसअघि यस क्षेत्रमा एमालेको समानुपातिक मत २६ हजार ५६२ रहेको छ भने कांग्रेसको २२ हजार ३३३ रहेको छ । माओवादी केन्द्रको मत ५ हजार १५३ छ । यस्तै एकीकृत समाजवादीले ५८६ मत ल्याएको थियो  । यसपटक उसका आफ्नै उम्मेदवार छन् । 

इलाम–२ मा चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम गाउँपालिका तथा देउमाई, इलामका १–९, ११ र १२ र माई नगरपालिकाका ३ वटा वडा समेटिएका छन् ।     

इलाम–२ मा पुरुष ५८ हजार ७८४ जना, महिला ५६ हजार ५५६ जना  र अन्य २ जना गरी गरी १ लाख १५ हजार ३४२ जना मतदाता छन् । मतदानका लागि १४९ वटा मतदान केन्द्र र ७९ वटा मतदानस्थल रहने आयोगले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x