
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको नदिन ह्वीप जारी गरेको छ ।
मुख्यमन्त्री सोडारीले शुक्रबार साँझ ५ बजे विश्वासको मत लिने तयारी गरिरहेका बेला रेशम चौधरी पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले यस्तो ह्वीप जारी गरेको हो ।
प्रमुख सचेतक खुशीराम डगौरा थारूले जारी गरेको ह्वीपमा भनिएको छ- मिति २०८१/०१/२१ गते दिउँसो ५:०० बजे बस्ने सुदूरपश्चिम प्रदेश सभा बैठकमा माननीय मुख्यमन्त्री दीर्घबहादुर सोडारीज्यूले आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान नगर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरिन्छ ।'
सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ सांसद छन् । त्यसमध्ये २ जना पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र बाँकी ५ जना रेशम चौधरीको पक्षमा देखिएका छन् ।
मुख्यमन्त्री सोडारी नेकपा (एकीकृत समाजवादी)का हुन् ।
हेर्नुहोस्, ह्वीप जारी गरिएको पत्र :
