२२ असार २०८३, सोमबार

एकल महिलालाई करणी गरेपछि भिडियो बनाएर 'ब्ल्याकमेल', एक जना पक्राउ

बैशाख २२, २०८१
बुटवल
एकल महिलालाई करणी गरेपछि भिडियो बनाएर 'ब्ल्याकमेल', एक जना पक्राउ

रूपन्देहीमा एक एकल महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी ती महिलाको घरमै गएर जबरजस्ती करणीगरी भिडियो खिचेर आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिने धम्की दिने बुटवल उपमहानगरपालिका-११ का सिद्धार्थ गुरुङलाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख रञ्जीत सिंह राठौरले गुरुङलाई जबरजस्ती करणीको मुद्दा दर्ता भएर अनुसन्धान अघि बढेको लोकान्तरलाई बताए । ‘पीडित महिलाले दिएको उजुरीउपर अनुसन्धान चल्दैछ, अनुसन्धान सकेर मुद्दा अदालतमा जान्छ ।’ पीडित महिलाले पैसाको आडमा मुद्दालाई प्रभावित पार्न खोजेकोसमेत आरोप लगाएकी छिन् । 

पटक पटक करणी गरी आफ्नो ५ करोडको सम्पत्तिसमेत लगेको ती महिलाले दाबी गरेकी छन् ।

पक्राउ परेको गुरुङ प्रहरी हिरासतमा नभई सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् । गुरुङको अप्रेशन भएका कारण चिकित्सकको सिफारिसअनुसार उनी अस्पताल भर्ना भएको एसपी राठौरले बताए । 

निर्माण व्यवसायी गुरुङले सुरुमा ती महिलालाई दिदीको नाता लगाएर नजिकिएका थिए । प्रहरीले अनुसन्धानका लागि भन्दै तीन पटक गरेर १९ दिन म्याद थप गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्